भारतीय सीमा सुरक्षा वलले गोली चलाउदा ४ नेपाली घाइते

धरान,मंसिर ९ । सुनसरीको हरिपुर ७, भण्टावारीमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानहरुले नेपाली भुमीमा आएर गोली चलाउदा चार नेपाली घाइते भएका छन् । दशजगा क्षेत्रमा मल ल्याउने व्यक्तिसँग भएको विवादमा गोली चले पनि घाइतेहरुले आफुहरु निर्दोष भएको बताएका छन् ।
बिहान करिब ६ बजे घरअघि आगो तापेर बसिरहदा एक्कासी एसएसबीका जवानहरु आएर गोली बर्साएको घाइतेहरुको भनाई छ । घाइतेहरुका अनुसार घटनास्थल सिमा क्षेत्र भन्दा करिब ५ सय मिटर उत्तरतर्फ नेपाली भुमीमा भएको हो ।
दाहिने खुट्टामा गोलीको छर्रा लागेर सामान्य घाइते ३० बर्षीय सरोज यादवका अनुसार ४ जना छिमेकीहरु उनको घरअघि बिहानै आगो तापेर बसिरहेका थिए । त्यसैबेला ६ जना एसएसबीका जवानहरु कसैलाई खेदाउदै त्यहाँ आइपुगेका थिए । एसएसबीले ‘मल वाला खै’ भनेर सोध्दा उनीहरुले थाह नभएको जवाफ दिएका थिए । एसएसबी घरभित्र पसेर खानतलासी गर्न थालेपछि तनाव भयो । ‘मल ल्याएर आउने को थियो, हामीले देखेनांै । थाह छैन भन्दा एसएसबीले कुट्न खोजे । हामी पनि झोक्कीयौं, एकैचोटी ४ जनाले फयर गरे’–सरोजले भने ।
एसएसबीले फायरिङ खोलेपछि सरोजको दाहिने खुट्टामा सामान्य चोट लाग्यो । तर, उनको भाई १८ बर्षीय नरेशको दाहिने कम्मरमा गोली लाग्यो भने अर्का छिमेकी २८ बर्षी अशोक यादवको दाहिने कोखामा गोली लागेको छ । गम्भीर अवस्थाका अशोकको अप्रेशन पछि स्वास्थ्यमा सुधार आएको छ । अर्का, छिमेकी मनोज यादवका खुट्टामा सामान्य गोली लाग्यो । घाइते मनोज बाहेक तीन जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि ल्याइएको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे