ताप्लेजुङ सुनसरी सरोकार समाजको भव्य भवन(फोटोफिचर)

धरान । सुदुर पुर्वी उत्तर जिल्ला ताप्लेजुङबाट बसाई सरेर सुनसरी आएकाहरुको संस्था ताप्लेजुङ सुनसरी सरोकार समाजले धरान ८, देउबहादुर मार्ग(श्रीटोल)मा भव्य भवन निर्माण गरेको छ । एक करोड बढीको लागतमा निर्माण गरेको भवनको कार्तिक २१ गते जग्गादाता एवं नेपाली सेनाका पुर्वरथी फत्तेबहादुर मेन्याङ्बोबाट हुदैछ ।
भवन निर्माणको लागि मेन्याङ्बोले एक कट्ठा सात धुर जग्गा समाजलाई निःशुल्क दिएका थिए । जसको मुल्य मात्र अहिले एक करोड माथि छ । समाजको भवन चार तलाको छ । ‘करिब २० महिना समय लगाएर भवन तयार भएको छ, ताप्लेजुङ जन्मेर पनि धरान सुनसरी कर्मथलो भएकाहरुले बनाएकोले पनि भवनको पृथक र बिशेष महत्व छ’–समाजका अध्यक्ष एवं धरानका पुर्वमेयर मनोज मेन्याङ्बोले भने ।
नवनिर्मित भवन नीजि नभई सार्वजनिक भएकोले स्थानीयसँगै सुनसरीबासीहरुले नै धेरै लाभ लिन सक्नेछन् । भवनमा सुविधा सम्पन्न ८ वटा गेष्ट रुम छ भने गोष्ठी, सेमिनार, पार्टी आयोजना गर्न हलको पनि सुविधा छ । गेष्ट रुमको सञ्चालन एवं व्यावस्थापन होटल कञ्चनजंघाले गर्नेछ र त्यसवापत मासिक शुल्क समाजलाई तिर्नेछ । सोही भवनको दोस्रो तलामा पिण्डेश्वर सहकारी र समाजको कार्यालय सञ्चालनमा रहनेछ ।
हल, गेष्ट रुमलगायतको नाम ताप्लेजुङको ऐतिहासिक थातथलो झल्कने गरि राखिएको छ । सबैभन्दा माथिल्लो तलाबाट धरानलाई चारैतिर नियाल्न सकिन्छ । ‘यहाँ प्रवेश गरेपछि ताप्लेजुङ जिल्ला आभास दिने गरि नाम राखिएको छ । सेमिनार हलको नाम कञ्चनजंघा, कोठाहरुको नाम फावा खोला थुम कक्ष, याङरुप थुम कक्षजस्ता राखिएको छ’–अध्यक्ष मेन्याङ्बोले भने–‘यहाँको सेवा उपभोग गर्दा भवन निर्माणमा सहयोग गरेर सिलामा नाम लेखाएकाहरुलाई २० प्रतिशत र साधारण सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गर्नेछांै ।’ स्थानीयबासीलाई पनि साधारण सदस्यकोरुपमा समेट्ने उनले बताए । भवनबाट भएको आम्दानीबाट कार्यालय सञ्चालन, व्यवस्थापनबाहेक बाँकी रकम सबै समाजसेवामा खर्च गरिने उनले खुलाए ।
भवन निर्माणमा कुल खर्च एक करोड १८ लाख रुपैया भएको समाजले जनाएको छ । भवन निर्माणमा ५ हजार रुपैयादेखि १२ लाख ५० हजार रुपैयासम्म आर्थिक सहयोग भएको थियो । वचन दान ९९ लाख ९६ हजार ८ सय १४ रुपैया गरेमध्येबाट ८८ लाख २४ हजार ९ सय ९७ रुपैया प्राप्त भइसकेको समाजले जनाएको छ । हालसम्म १ करोड २६ हजार ८ सय ६७ रुपैया खर्च भइसकेको छ भने तिर्न बाकी रकम १८ लाख ५३ हजार ५ सय ६९ रुपैया रहेको समाजले जानकारी दिएको छ । यस्तै, बैकमा ७८ हजा ५ सय ७० रुपैया मौज्दात रहेको छ भने उठ्न बाँकी ११ लाख ७१ ह्जार ८ सय १७ रुपैया रहेको समाजे जनाएको छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे