क्षेत्रीय बक्सिङमा सुनसरी टिम च्याम्पियन(फोटोफिचर)

धरान । पुर्वाञ्चलस्तरीय क्षेत्रीय बक्सिङ्ग प्रतियोगितामा सुनसरी जिल्ला टिम च्याम्पियन बनेको छ । तीन दिनदेखि धरानको भानुचौकमा जारी प्रतियोगिता शनिबार सकिदा ७ स्वर्ण र एक रजत पदकसहित सुनसरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा २ स्वर्ण, ३ रजत र एक काँस्य पदकसहित झापा दोस्रो बन्यो भने एक स्वर्ण र एक रजत पदकसहित उदयपुर तेस्रो भयो ।
टिम च्याम्पियन बनेको सुनसरीलाई ४९ केजी तौल समुहमा सुलभराज तुलाधार, ५२ केजी तौलमा सन्तोष राई, ५६ केजीमा महेश आले मगर, ६० केजी तौल समुहमा विराज राईले स्वर्ण दिलाएका थिए । त्यसैगरि, ६९ केजीमा सौरभ लामा, ७५ केजीमा गणेश श्रेष्ठ र ८१ केजीमा अरुण सुब्बाले पनि सुनसरीलाई स्वर्ण दिलायो भने ६४ केजीमा निर्मल इजमले एक रजत पदक दिलाएका थिए ।
यसैगरि, प्रतियोगितामा दोस्रो बनेको झापालाई ६४ केजीमा वजैल टुडु र ९१ क्ेजी माथिको तौल समुहबाट दिनेश अधिकारीले स्वर्ण पदक दिलाए भने ५२ केजीमा अनिल राईले कास्य दिलाए । यस्तै, तेस्रो बनेको उदयपुरलाई ९१ केजी तौल समुहबाट सरोज श्रेष्ठले स्वर्ण पदक दिलाए भने ४९ केजी तौल समुहबाट नारायण भुजेलले रजत पदक दिलाए । धनकुटाका नविन लिम्बुले ५२ केजीबाट र दिलिप लिम्बुले ९१ केजी माथिको समुहबाट रजत पदक दिलाएका थिए ।
विजेता खेलाडीहरुलाई पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, प्रमुख अतिथि एवं पुर्व समान्य प्रशासन मन्त्री लालबाबु पण्डित, क्षेत्रीय बक्सिङ संघका अध्यक्ष नरेन्द्र पोमोलगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । बिहिबारदेखि शुरु भएको प्रतियोगितामा पुर्वाञ्चलका सुनसरी, झापा, मोरङ्ग, इलाम, धनकुटा, उदयपुर र खोटङ गरी ७ जिल्लाका ३८ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

....................................

                                   पुर्व बक्सिङ खेलाडीलाई सम्मान


खेलाडी र प्रशिक्षककोरुपमा बक्सिङ खेलको विकासमा महत्वपुर्ण योगदान पुर्याएका पुर्व अन्र्तराष्ट्रिय खेलाडी ओमकुमार मास्के सम्मानित भएका छन् । धरानमा शनिबार सम्पन्न पुर्वाञ्चल क्षेत्रीय बक्सिङ प्रतियोगिताको समापन समारोहमा मास्केलाई पुर्वाञ्चल क्षेत्रीय बक्सिङ संघले सम्मान गरेको हो ।
संघको तर्फबाट मास्केलाई क्षेत्रीय अध्यक्ष नरेन्द्र पोमो, पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले खादा, सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । २०२३ सालमा मोरङको हरैचामा जन्मिएका मास्केले ०४० सालदेखि बक्सिङ खेलाडीकोरुपमा विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा थुप्रै पदक जितेका थिए । उनले ०४८ सालबाट प्रशिक्षकको लागि भारतको पटियालामा ९ महिना एनआइएस डिप्लोमा तालिम गरेर थ्री स्टार कोच हासिल गरेका थिए । उनी ०६९ देखि नेपालको बक्सिङ प्रमुख प्रशिक्षककोरुपमा छन् ।
























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे