बालबालिका प्रहरी कार्यालय पुग्दा(फोटोफिचर)

धरान । धरान १७, साउने बस्तीका १० बर्षीय राजन लकान्द्री रेल्वेस्थित पञ्चकन्या माविमा पढ्न जादा चोकमा दिनहुँजसो अस्थायी प्रहरी विटमा पुलिस देख्थे । पुलिस देखेपछि त्यसैपनि केटाकेटीहरु डराउछन् । उनलाई पनि पुलिसले पक्रेर लैजान्छ भनेर डर लाग्थ्यो । त्यसैले रेल्वे चोकमा फटाफट हिड्थे ।
कक्षा ४ मा अध्ययनरत तिनै राजन शनिबार बिहान भने एक हुल बालबालिकाहरुसँग इलाका प्रहरी कार्यालय धरानमा छिरे । मन भित्र अलिअलि डर थियो । केहीबेरको छलफल पछि डिएसपी सुदमकुमार सिजापतिले सबै बालबालिकाहरुलाई प्रहरी कार्यालय घुमाउन लगे । राजनलाई त डिएसपी सिजापतिले काँधमा हात राखेर हिडाए । उनको मन ढक्क फुल्यो, र एक छिन अघिको डर गायब भयो । ‘डिएसपी सरले मेरो काँधमा हात राखेर घुमाउन लैजानुभयो, शुरुमा त डर लागेको थियो, तर पछि हरायो’–प्रहरी कार्यालय घुमिसकेपछि राजनले भने–‘अब पुलिससँग डर लाग्दैन, गल्ती नगरी डराउनु नपर्ने रैछ ।’
इस्र्टन एजुकेस्नल एकेडेमीमा कक्षा ३ मा पढ्ने योयल गौतम पनि प्रहरीले लाठी, गन बोकेको देखेर डराउथे रे । राजनसँगै प्रहरी कार्यालय घुमेका उनको पनि मनबाट डर हट्यो । ‘पहिला पुलिसको लाठी र गन देखेर डर लाग्थ्यो, आज पुलिस अफिसमा डिएसपी सरहरुसँगै घुम्यौं, हामी डराउनु पदैन रैछ’–गौतमले पनि भने ।
राजन र योयल मात्रै होइन, शनिबार धरानका विभिन्न २१ वटा वाल समुहका सय भन्दा बढी प्रतिनिधिहरु प्रहरी कार्यालय गएका थिए । २६ आंै अन्र्तराष्ट्रिय वाल दिवस(शुक्रबार)को सन्दर्भ पारेर युवा सञ्जाल धरानले बाल समुहका प्रनितिधिहरुलाई प्रहरी कार्यालय लगेको हो । प्रहरी देख्दा बालबालिकाहरु डराउने भएकोले वालमैत्री प्रहरीको अवधारणा विकास गराउन भ्रमण गराइएको युवा सञ्जालका अध्यक्ष प्रकाश कार्कीले बताए । ‘पुलिससँग बालबालिका डराउने होइन, बालमैत्री हुनुपर्छ भनेर उनीहरुलाई यहाँ ल्याएका हौं’–कार्कीले भने–‘बालबालिकाको केस हुदा कसरी आउने, कसलाई सम्पर्क गर्ने र उजुरी गर्ने भनेर उनीहरुलाई सजिलो हुन्छ ।’
आफ्नो कार्यालय भ्रमणमा आएका बालबालिकाहरुलाई डिएसपी सिजापतिले पनि मन खोलेर स्वागत गरे । उनले कार्यालय प्रवेश गेटदेखि सम्पर्क व्यक्ति, उजुरी गर्ने तरिका, कार्यालय प्रमुखको कक्ष, महिला तथा बालबालिका सेल, थुनुवा कक्षा, मुद्दा फाँटलगायत सबै इकाई अवलोकन गराए भने उजुरी दिन र न्याय पाउने प्रक्रियाबारे पनि बेलिविस्तार लगाए । ‘प्रहरी कार्यालयमा के के काम हुन्छ, महिला र बालबालिकालाई कसरी हेरिन्छ, कसले काम गर्छ, को बस्छ भनेर जानकारी दिएको छुँ । प्रहरी देखेर बच्चाहरु भाग्न नपरोस्, डरले होइन विश्वासले काम गर्नुपर्छ’–डिएसपी सिजापतिले भने–‘यहाँ बालबालिकाको छुट्टै डेस्क छ, बालबालिकाको केस कसरी हेछांै भनेर पनि जानकारी दिए, यो भ्रमणले हामीप्रति सकरात्मक बनाउछ भन्ने आशा छ ।’

सृर्जनशील उत्कृष्ट बाल समुह

धरानभरिका बाल समुहमध्ये धरान ११, गैरी गाउँस्थित सृर्जनशील बाल समुहले उत्कृष्ट बाल समुहको पुरस्कार पाएको छ । समुहको बर्षभरिको गतिविधिको लेखाजोखा तथा मुल्यांकनमा सृर्जनशील उत्कृष्ट ठहरिएको हो । शनिबार इलाका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सृर्जनशीलले यो पुरस्कार थापेको हो ।
युवा सञ्जालका अध्यक्ष प्रकाश कार्कीका अनुसार समुहको नियमित बैठक, माइन्युट, वचत र समुदायमा गरेको क्रियाकलापको आधारमा सृर्जनशीललाई उत्कृष्ट बाल समुहकोे पुरस्कार दिइएको हो ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे