बक्सिङको सेमीफाइनल खेल सकियो(फोटोफिचर)


धरान । पुर्वाञ्चलस्तरीय क्षेत्रीय बक्सिङ्ग प्रतियोगिताको विभिन्न तौल समुहबाट एघार खेलाडी फाइनल पुगेका छन् । शुक्रबार धरानको भानुचोकमा सम्पन्न सेमीफाइनल खेलमा जित हात पार्दै सुनसरीका मात्रै ७ जना खेलाडी फाइनल पुगेका छन् ।
सुनसरीका ४९ केजी तौलबाट सुलभ तुलाधार, ५२ केजीबाट सन्तोष राई, ५६ केजीबाट महेश आलेमगर, ६४ केजीबाट विराज राई, ६४ केजीबाट निर्मल लामा, ६९ केजीबाट सौरभ लामा र ७५ केजीबाट गणेश श्रेष्ठ फाइनल पुगेका हुन् । ४९ केजी तौल समुहमा सुनसरीका सुलभले धनकुटाका दिलु राईलाई हराए भने ५२ केजीका सन्तोषले झापाका अनिल राई, ५६ केजीका महेशले उदयपुरका मिलन श्रेष्ठ, ६४ केजीका निर्मलले इलामका विक्रम भुजेललाई हराएका थिए । ६४ केजीका विराजले वाकओभर पाए भने ६९ केजीमा सौरभले धनकुटाका चन्द्रप्रसाद लिम्बु र ७५ केजीमा गणेशले मोरङका चिराज अरोरालाई पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरे ।
यसैगरि, इलामका अनु राईलाई हराउदै ४९ केजी तौलबाट उदयपुरका नारायण भुजेल पनि फाइनल पुगेका छन् भने मोरङका उपेन्द्र राजवंशीलाई हराउदै ५२ केजी तौल समुहबाट धनकुटाका नविन राई पनि फाइनल पुगेका छन् । धनकुटाका रोजन श्रेष्ठलाई हराउदै ५६ केजी तौल समुहबाट इलामका सुरेन्द्र राई र ६४ केजी समुहमा वाक ओभर पाएर इलामकै वर्जेल टुडु पनि फाइनल पुगेका छन ।
बिहिबारदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेलहरु शनिबार हुने आयोजक पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा पुर्वाञ्चलका सुनसरी, झापा, मोरङ्ग, इलाम, धनकुटा, उदयपुर र खोटङ गरी ७ जिल्लाका ३८ खेलाडीहरुले सहभागिता जनाएका छन् ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे