लिग प्रतियोगिता शुरु गरिने


धरान । गत असोज १३ देखि २३ गतेसम्म पुर्वाञ्चलस्तरीय प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले आगामी माघ अन्तिम साता धरानमा लिग फुटबल सञ्चालन गर्ने जनाएको छ ।
क्लबका अनुसार पुषमा सञ्चालन हुने अन्तर वडा गोधुली कपको उत्कृष्ट ८ वटा टिमलाई सहभागी गराइ लिग प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । यसको लागि गोधुली क्लबसँग सहकार्य र समन्वय भइरहेको भेट्रान क्लबका अध्यक्ष रोमी मोक्तानले जानकारी दिए । ‘पुषमा गोधुली कप सकिन्छ, त्यो प्रतियोगिताको क्वार्टरफाइनल पुगेको उत्कष्ट ८ टिम समावेश गरेर लिग खेल आयोजना गर्ने तयारीमा छौं’–उनले थपे–‘हामी फुटबलको विकास होस् भन्ने चाहेर क्लब गठन गरेका हौं, त्यसैले पनि गतिविधि गरिरहनेछौ ।’ गोधुली कप धरानको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो । यो प्रतियोगितामा धरानका विभिन्न वडा समितिले टिम तयार गरेर सहभागीता जनाउने गर्दछ ।

भेट्रान प्रतियोगिताबाट नाफा

पुर्वाञ्चलस्तरीय प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको आयोजकले पौने चार लाखरुपैया नाफा कमाएको छ । आयोजक धरान भेट्रान फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबाट ३ लाख ८४ हजार ९ सय ७४ रुपैया कुल नाफा भएको जानकारी दिएको हो । प्रतियोगिता गत असोज १३ देखि २३ गतेसम्म धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको थियो । प्रतियोगिताको उपाधि आयोजक क्लबले नै जितेको थियो ।
प्रतियोगिताको लागि देश, विदेशमा रहेका पुर्व खेलाडी, खेलप्रेमी धराने र संस्थाहरुबाट गरि कुल ८ लाख २५ हजार ७४ रुपैया आय भएको थियो भने विभिन्न शिर्षकमा ४ लाख ४० हजार सय रुपैया खर्च भएको आयोजकले जनाएको छ । सोही पत्रकार सम्मेलनमा विजेता टिमका १६ खेलाडी र २ अफिसियल गरि कुल १८ जनालाई नगद एक हजार र एक थान टि सर्टसहित प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको थियो ।

एन्फालाई मिलेर अघि बढाउन पुर्वखेलाडीहरुको आग्रह

एन्फाको विवाद, खेलाडीको म्याच फिक्सिङ प्रकरण र फिफाद्धारा गणेश थापामाथि गरेको कारबाहीले नेपाली फुटबल झनै ओरालो लागेकोप्रति चिन्ता जनाउदै यहाँका पुर्व फुटबलर एवं खेलप्रेमीहरुले एन्फाको दुवै पक्षलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् ।
शनिबार भेट्रान प्रतियोगिताको आय व्यायबारे धरान भेट्रान फुटबल क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व खेलाडी एवं फुटबल प्रेमीहरुले एन्फालाई यस्तो आग्रह गरेका हुन् । हठ र इगोले नेपाली फुटबल झनै तहसनहस हुने भन्दै भेट्रान क्लबका अध्यक्ष रोमी मोक्तानले एन्फाको संस्थापन र विद्रोही टिम मिलेर अघि बढ्न सुझाए । ‘हिजो पक्ष र विपक्ष थियो, अहिले फरक परिस्थिति बनेको छ । अब दुवै पक्ष मिलेर एन्फालाई परदर्शीरुपमा अघि बढाउनुपर्छ’–उनले भने–‘नत्र भने नेपाली फुटबल अघि बढ्न सक्दैन, झनै तहसनहस हुन्छ ।’
क्लबका सल्लाहकार एवं फुटबलप्रेमी घनश्याम बुढाथोकीले पनि असन्तुष्ट पक्षले एएफसिको प्रतिनिधि आएर गर्ने निर्णय मान्य हुने भनिसकेको अवस्थामा विवाद साम्य गरेर एन्फा नेतृत्व अघि बढ्नुपर्ने बताए । त्यसो नगरी एन्फामा विवाद र अन्यौल रहीरहेमा नेपाली फुटबल विकास नभई विनाश हुने उनले बताए । ‘एन्फाको विवाद, म्याच फिक्सिङलगायतले हामी सबै स्तब्ध छौं, लोकप्रियता पनि खस्कदो छ । अब पनि नेतृत्वले मिलेर नजाने हो भने फुटबल सकिन्छ । केही समस्या अझै छ भने विधानमा प्रष्ट हुदै अघि बढ्नुपर्छ’–उनले थपे ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे