बक्सिङको पुर्वाञ्चलस्रीय प्रतियोगिता शुरु(फोटोफिचर)


शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाली सेनाको पुर्वी हेडक्वार्टरका प्रमुख सहायक रथी भरत मल्लले गरेका थिए । प्रतियोगितामा पुर्वाञ्चलका ७ जिल्लाका ३८ खेलाडीहरुले सहभागिता जनाएको आयोजक पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा सुनसरी, झापा, मोरङ्ग, इलाम, धनकुटा, उदयपुर र खोटङ जिल्ला सहभागी छ । प्रतियोगितमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथीको तौल समुह गरि कुल १० वटा तौल समुहमा स्पर्धा हुनेछ । शुक्रबार प्रतियोगिताको ११ वटा सेमीफाइनल खेल हुने नेपाल बक्सिङ्ग संघका टेक्निकल कमिटि अध्यक्ष अनुप लामाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा गायक विशाल राईले गीत गाएर मनोरञ्जन पनि दिलाएका थिए । क्षेत्रीय प्रतियोगिता सातौं राष्ट्रिय खेलकुदको लागि खेलाडी छनौट प्रतियोगिता हो । प्रत्येक तौलa समुहबाट विजेता खेलाडी राष्ट्रिय खेलकुदको लागि चयन हुने र बन्द प्रशिक्षण पनि गराइनेछ आयोजक समितिका अध्यक्ष रविन नगरकोटीले बताए । राष्ट्रिय प्रतियोगिता सातौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङ्ग झापामा आयोजना हुदैछ ।
Comments
Post a Comment