प्रतापले जिते एमेच्योर गल्फको उपाधि(फोटोफिचर)


धरान । चौथो सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि स्थानीय प्रताप लिम्बुले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा आइतबार सम्पन्न प्रतियोगितामा नेट ५ अण्डर ६५ स्कोर गर्दै लिम्बुलले उपाधि जितेका हुन् ।

स्ट्रोक प्लेको आधारमा खेलाइएको स्पर्धामा उनले कुल ६ ओभर ७६ को कार्ड बनाएका थिए । उनले फ्रण्ट नाइन २ ओभर ३७ र ब्याक नाइन ४ ओभर ३९ खेलेका थिए । उनी एघार ह्याण्डीक्याप खेलाडी हुन् । उनी धरान १९ का बासिन्दा भएपनि सन् १९९७ देखि भने हङकङ बसोबास गरिरहेका छन् । हङकङको डिस्कभरी वे गल्फ कोर्षमा अभ्यास गर्ने लिम्बु विदामा घर आएको समयमा यहाँ हुने प्रतियोगिताहरुमा भाग लिने गर्छन् । उनी यसअघि सन् २०१३ को सुर्य नेपाल इष्टर्न ओपनअन्र्तगत प्रो एम स्पर्धामा गु्रप विजेता बनेका थिए । जितसँगै लिम्बुले च्याम्पियन ट्रफी र नगद ७ हजार बराबरको गिफ्ट भौचर हात पारे । च्याम्पियन बनेसँगै उनको एक ह्याण्डीक्याप घटेर दश कायम भएको छ ।
यसैगरि, प्रतियोगितामा नेट लेभल पार ७० स्कोर गरेका शेखर लिम्बु दोस्रो भए । शेखरले फ्रन्ट नाइन ६ ओभर ४१ र ब्याक नाइन ३ ओभर ३८ खेल्दै कुल १० ओभर ८० स्कोर खेलेका थिए । उनी दश ह्याण्डीक्याप खेलाडी हुन् । उनीसँगै नेट लेभलपार ७० स्कोर खेलेपनि ब्याक काउण्टको आधार सन्तोष कार्की तेस्रो भए । उनले फ्रन्ट नाईन १३ ओभर ४८ र ब्याक नाईन ७ ओभर ४२ कार्ड बनाउदै कुल २० ओभर ९० स्कोर खेलेका थिए । उनी २० ह्याण्डीक्याप खेलाडी हुन् । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ट्रफीसहित नगद ४ हजार र ३ हजारको गिफट भौचर पाए । प्रतियोगितामा ११ बर्षीय स्वीकार कार्कीले जुनियरतर्फको विजेता घोषित भए ।

प्रतियोगितामा ८ ओभर खेलेका इन्द्र राईले बेष्ट ग्रोसको उपाधि जिते । उनी ७ ह्याण्डीक्याप खेलाडी हुन् । यस्तै, नियरेष्ट टु दि पिनको पुरस्कार रविन राई, लङ्गेष्ट ड्राइभको पुरस्कार गजेन्द्र लिम्बु, मष्ट बर्डीको पुरस्कार रामबहादुर तामाङ र वेष्ट स्पोर्टस्मेनसिप पुरस्कार राजु राईले हात पारे । वेष्ट ग्रोसले नगद ४ हजार र अन्यले नगद पन्ध्र सयसहित ट्रफी थापे । विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, प्रमुख अतिथि एवं कालीबक्स गण फुस्रेका प्रमुख सेनानी वसन्त खड्का, प्रायोजक सुनसरी टेक्निकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बा, नेपाल गल्फ एशोसिएशनका केन्द्रीय सदस्य एम.बि.लिम्बु, जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.राईलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कुल २८ खेलाडी सहभागी थिए ।
प्रतियोगिता सञ्चालनको लागि धरान गल्फ क्लबलाई सुनसरी टेक्निकल कलेजले प्रायोजन गर्दै आएको छ । दुवै संस्थाबीच पाँच बर्षसम्म प्रतियोगिता सञ्चालन गर्न कलेजले बर्षेनी ५० हजार रुपैया उपलब्ध गराउने सम्झौता भएको थियो । अर्को बर्ष प्रतियोगिता भएपछि सम्झौता अवधि सकिनेछ । कलेजका अध्यक्ष सुब्बाले गल्फ खेलको विकास एवं कोर्षको संरक्षणको लागि सम्झौता नवीकरण गर्न सकिने बताएका छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे