जंगलमा फेशन शो (फोटोफिचर)

धरान,पुष ८ । धरान ८ स्थित यलम्बर सामुदायिक वन क्षेत्र, जसलाई यलम्बर पार्क पनि भनिन्छ । यो वन पुर्वमा गठन भएको पहिलो सामुदायिक वन मात्र होइन, पर्या पर्यटन(इको टुरिज्म) अभ्यास गर्ने पनि पहिलो सामुदायिक वन हो ।
अलेच यलम्बर पार्क भनेर परिचित यही वन क्षेत्रमा शुक्रबार राती अनौठो दृष्य देखियो । पार्कमा दिउसो मान्छे आउनु जानु त सामान्य हो, तर शुक्रबार राती धरानका सेलिब्रेटी, समाजसेवी, व्यापारी, युवा तथा बालबालिकाहरु जंगलमा भेला भए । यसको कारण थियो, जंगलमा पहिलो पटक हिपस्टर फेशन शो आयोजना हुदै थियो । अधिकांश जंगलमा कस्तो फेशन शो हुन्छ ! ? भन्ने आफ्नो जिज्ञासा मेट्न राती भएपनि यलम्बर पार्कमा आएका थिए । कार्यक्रमको प्रमुख अतिथि थिइन्, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी ।
फेशन शो भन्ने बित्तिकै भव्य होटल वा हलमा बनाइएको स्टेज(र्याम)मा मोडलहरु वक गरेको देखिन्छ । आयोजक पर्पकर्न इन्टरटेनमेन्टले भने जंगल क्षेत्रलाई नै आफ्नो कार्यक्रमस्थल बनाएको थियो । जंगलमा फेशन शो आयोजना गर्नुको उद्देश्य ग्लोबल वार्मिङको असरलाई न्युनीकारण गर्न युवा पुस्तामा जनचेतना फैलाउनु थियो । सेभ इन्भारमेन्ट(वातावरण जोगाउ) फेशन शो को नारा थियो । वरीपरी रुख, बीचमा दक्षिणबाट उत्तर फर्किएको स्टेज र र्याम । लाइट पुगेको ठाउँबाहेक अन्यत्र निष्पट अध्यारो । खुला आकाशमुनिको प्रकृत्रिमैत्री कार्यक्रमस्थल प्रवेश गर्दा नै अनौठो लाग्ने । प्रमुख अतिथि भण्डारीले उद्घाटन गरेपछि साना बालबालिकाहरुको र्याम्प वकबाट कार्यक्रमको शुरुवात भयो । धरान मन्टेश्वरीका बच्चाहरुले साँस्कृतिक, क्याजुल पहिरनमा मोडल भैm र्याम्प वक गरे ।
शोमा बच्चाहरुको र्यामवकपछि गल्र्स मोडलहरु क्याजुल विन्टर पहिरनमा र्यामवकमा उत्रिए । त्यसपछि, स्पोर्टस थिमको पहिरनमा मोडलहरुको र्यामवक भयो । यति बेलासम्म कार्यक्रमस्थलबाहेक नयाँपन आउन सकेको थिएन । तर, अन्तिम प्रस्तुतीकोरुपमा फरेष्ट थिममा मोडलहरु र्याम्पमा उत्रिए, तब सहभागी दर्शकहरु स्तब्ध बने । मोडलहरु मानव उत्पति, ढुंगे युग, कृर्षि युग झल्काउने पहिरनमा रयाम्पमा उत्रिदा स्टेजमा जडान गरिएको एलइडीमा पनि ठिक त्यस्तै युगहरु झल्कन दृष्यहरु प्रशारण हुदै गयो । औद्योगिकीकरण, आधुनिक समय र वर्तमान विश्वले विकास, आधुनिकताको नाममा भोगीरहेको समयले निम्त्याएको जटिल समस्यालाई पनि मोडलहरुले विना कुनै शब्द र्याम्पमा प्रस्तुत गरे ।
विकास, आधुनिकताको नाममा प्रकृति, जंगललाई मानिसले विनाश गर्दैछ । त्यसको परिणाम धुवाधुलो, अस्वस्थ्य हावाबाट जोगिन अनेकखालको मास्क प्रयोग गर्नुपरिरहेको छ । ग्लोबल वार्मिङको समस्यासँग विश्व जुध्नु परिरहेको र मानिसले अकालमा मृत्यु अंगाल्नु परेको छ । अन्तःमा एक जोडी मोडलले हातमा विरुवा लिएर र्यामवक गर्छन्, जसले वातावरण जोगाउन, रुखविरुवा रोपेर प्रकृति, पृथ्वीलाई संरक्षण गर्न सन्देश दिन्छन् । करिब ७ मिनेटको यो फरेष्ट थिमको प्रस्तुती भइञ्जेल सहभागीहरु सबै स्तब्ध बनेका थिए । ‘फेशन शो भनेपछि छोटो लुगा लगाउने भन्ने मात्र बुझाई छ, तर त्यस्तो मात्र नहुदो रहेछ । फेशन शोबाट पनि राम्रो सन्देश दिनसकिन्छ भन्ने कुरा मैले बुझे,’दर्शक बनेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले भने,‘विश्वकै चुनौती बनेको ग्लोबल वार्मिङले हामीलाई कसरी असर पुगिरहेको छ, अब के गर्नुपर्छ भनेर सन्देश थियो । हामी त सबै स्तब्ध भयौं, फेशन शो यति सन्देशमुलक पनि हुदो रहेछ ।’
दर्शकलाई प्रभावित पार्न सकेकोमा आयोजक एवं अध्यक्ष सुमिन आचार्जुले सन्तुष्टी व्यक्त गरे । शोबाट नाफा लिनु भन्दा पनि समाजमा सन्देश दिने उद्देश्यले गरिएको उनको भनाई छ । कार्यक्रममा मुख्य आकर्षण शो स्टपरको रुपमा पुर्व मिस नेपाल २०१४ सुविन लिम्बूले पनि र्यामवक गरेकी थिइन् भने मिस प्लस टु २०१७ विजेता सिमनर तुलाधर, मिस प्लस टु फष्ट रनरअप विलम राई, मिस एसइइ २०१७ निसम लिम्बू, फष्ट रनअप अलिना क्षेत्री, मिस पुर्वाञ्चल फष्ट रनरअप सिमरन श्रेष्ठसहित १० जना जेन्स र १० जना लेडिज मोडलले र्यामवक गरेका थिए । मिस्टर धरान २०१७ समेत रहेका सुमिन आचार्जुले कोरियोग्राफ गरेका थिए भने देवाङ फेसन हाउसका प्रोपाइटर तथा डिजाइनर विलप राईले ड्रेस डिजाइन गरेका थिए । कार्यक्रममा धरान फिटनेश क्लबले जुम्बा, यलम्बर राईले गीत पनि प्रस्तुत गरेका थिए ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे