राष्ट्रिय साइक्लिङ संघ गठन


धरान । साहसिक खेलप्रेमी युवाहरुको एक भेलाले राष्ट्रिय साइक्लिङ संघको सुनसरी शाखा गठन भएको छ । आइतबार धरानमा भएको भेलाले श्याम तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा युवराज राई रहेका छन् भने सदस्यहरुमा सुमन राई, सुजन खत्री, सुजन चौधरी, आर्यन भट्टराई, राजन राई, अरुण चापागाई, अशोक राई र प्रेम थापा रहेका छन् । होटल ड्रिमल्याण्डमा आयोजित भेलाले संघको पहिलो जिल्ला शाखा गठन गरेको जनाइएको छ । जिल्लामा रहेका साइक्लिष्टहरुबीचमा एकता ल्याउदै धरानलाई साइकल सिटि बनाउने उद्दश्यले संघ गठन भएको तदर्थ समितिका अध्यक्ष तामाङले बताए ।
सोही भेलामा एमालेका धरान अध्यक्ष एवं मेयरका उम्मेद्वार तारा सुब्बाले साइक्लिष्टहरुसँग अन्र्तक्रिया गर्दै सुझावहरु पनि संकलन गरेका थिए । साथै, सुब्बाले धरानलाई साइकल सिटिको लागि आवश्यक भौतिक पुर्वाधार तयार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संघका केन्द्रीय अध्यक्ष जीवन राईको प्रमुख आतिथ्यमा आयोजित भेला नवराज राईको अध्यक्षतामा भएको थियो । भेलामा करिब तीन दर्जन साइक्लिष्टहरु भेला भएका थिए ।
..............................................................

एमालेको स्पोर्टस सिटी धरान अवधारणा

खेलकुद क्षेत्रको बिकास गर्न अधिकार सम्पन्न खेलकुद विकास समिती गठन गर्ने र धरानलाई स्पोर्टस सिटि बनाउने अवधारणा एमालेले अघि सारेको छ ।
खेलकुद क्षेत्रमा धरानको बिशिष्ट पहिचान भएको र यसलाई यथार्थमा वदल्न स्पोर्टस् सिटिको रुपमा विकास गर्ने बिशेष योजनाहरु तयारी भइरहेको अध्यक्ष तारा सुब्बाले बताए । जिल्ला खेलकुद बिकास समिति सुनसरीले आइतबार आयोजना गरेको अन्र्तक्रियामा अध्यक्ष सुब्बाले खेलाडीहरु राष्ट्रको गहना भएकोले हरेक खेलाडीलाई ब्यावसायिक बनाउन बिषेश योजनाहरु ल्याउने खुलाए ।
बक्सिङका प्रशिक्षक किशोर सम्बाहाम्फेले खेलाडीहरुको सम्मान र ब्यावसायिक बिकासका लागि प्रभावकारी भुमिका खेल्नुपर्ने सुझाव दिए । वरिष्ठ बक्सिङ प्रशिक्षक अनुप लामाले खेलाडी र खेल क्षेत्रका बारेमा अवस्था र गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी गराएका थिए । यस्तै, करातेका प्रशिक्षक किरण लामा, मनोज शाक्य, उसुका प्रशिक्षक राजेन्द्र राई र बिक्की श्रेष्ठ, तेक्वान्दोका प्रशिक्षक नबिन राई, मदन राई र गोपाल राईलगायतले पनि सुझाव दिएका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे