धरानमा एमालेको निर्वाचन परिचालन कमिटि गठन

धरान । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) धरान उपमहानगर कमिटिले ३ हजार बढीको निर्वाचन परिचालन कमिटि गठन गरेको छ । एमाले धरानको सोमबार बसेको बैठकले जिल्ला कमिटि सदस्य तथा १ नम्बर क्षेत्रीय इञ्चार्ज प्रकाश राईको संयोजकत्वमा ३ हजार १ सय ८ सदस्यीय निर्बाचन परिचालन कमिटि गठन गरेको जानकारी दिएको हो ।
एमालेका नगर सदस्य एवं प्रचार विभागका कार्यबाहक प्रमुख योगेश काफ्लेका अनुसार कमिटिको सह संयोजकमा एमाले सुनसरीका सचिबालय सदस्य तथा धरान उपमहानगर इन्चार्ज प्रदिप भण्डारी र सचिबमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्रबहादुर राई रहेका छन् । ‘बैठकले निर्वाचन परिचालन कमिटिको मातहतमा रहने गरी विभिन्न उपसमितिहरु पनि गठन गरेको छ, स्थानीय निर्वाचनमा एमालेलाई जिताउन संस्थागत र सांगठनिकरुपमा नै नेता, कार्यकर्ताहरु परिचालन हुनेछ’–काफ्लेले भने ।
औपचारिकरुपमा सोमबार मात्र निर्वाचन परिचालन कमिटि गठन गरेपनि नेताहरु आफ्ना कार्यकर्ता र मतदाता भेटघाटमा निक्कै अघिदेखि सक्रिय छन् । बैठकले निर्बाचनको प्रचार प्रसार उपकमिटिको संयोजकमा राजमणी निरौलालाई जिम्मेवारी दिएको छ भने आर्थिक बिभाग संयोजकमा प्रदिप भण्डारी र सह संयोजकमा मिन सुब्बालाई तोकेको छ । यस्तै, स्वयमसेवक परिचालन उपसमितिमा पदमप्रसाद लिम्बु संयोजक र रमेश लिम्बु सह संयोजकको जिम्मेवारी दिइएको एमाले अध्यक्ष तारा सुब्बाले जानकारी दिए ।
उनका अनुसार जनपरिचालन उप समितिको संयोजकमा जयकुमार राई र सहसंयोजकमा भिम राई,कानुनी परामर्श तथा समन्वय उपसमितिको संयोजकमा बिरेन्द्र बस्नेत र सह संयोजकमा अबइन्द्र निरौलालाई जिम्मेवारी दिइएको छ भने संघ संस्था तथा समन्वय उप समितीको संयोजकमा रेवतीरमण राई, घोषणा पत्र मस्यौदा उपसमितिको संयोजकमा मुरारी सुबेदी र सहसंयोजकमा भुवन मोक्तानलाई जिम्मेवारी दिइएको छ । बैठकले जेष्ठ नागरिक समन्वय उपसमितिको संयोजकमा बेणु काफ्ले र सहसंयोजकमा नरमाया परियार तोकिएका छन् भने खेलकुद समन्वय उपसमिति संयोजकमा धनप्रसाद राई र सहसंयोजकमा हिमाल लिम्बु तोकिएको छ ।
पेशा व्यबासाय उपसमिति संयोजकमा खम्बसिंह गुरुङ र तिर्थ मास्के, बुद्धिजीबी परिचालन समन्वय उपसमिति संयोजकमा मुरारी सुबेदी र डा. भोला पोख्रेल, संस्कृती कला साहित्य उपसमितीको संयोजकमा नारायणप्रसाद सुबेदी, युवा परिचालन समन्वय उपसमिति संयोजकमा ज्ञानदिप लिम्बु र सहसंयोजकमा रतन लिम्बु छन् । सुचना,प्रबिधी÷प्रशासन सुरक्षा समन्वय उपसमितिमा गिरिराज अधिकारी संयोजक छन् भने सुझाब तथा गुनासो संकलन उपसमिति संयोजकमा मणीराम राई र सहसंयोजक मञ्जु भण्डारी रहेका छन् । बैठकले एमाले प्रदेश कमिटिका सबै सदस्य र सल्लाहकार,जिल्ला कमिटिका सबै सदस्य र सल्लाहाकार, सांसद,क्षेत्रीय कमिटिका पदाधिकारी, सदस्य तथा सल्लाहाकारहरु पनि निर्बाचन परिचालन मुल कमिटिको सदस्य रहने निर्णय गरेको अध्यक्ष सुब्बाले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे