माओवादीबाट धरानको मेयरमा बेघा, उपमा ४ जना महिलाको नाम सिफारिश(२० वडाध्यक्षको नामसहित)

धरान । बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले धरान उपमहानगरपालिकामा अइन्द्रबिक्रम बेघालाई प्रमुख(मेयर) पदमा उम्मेद्वार उठाउने भएको छ । माओवादी केन्द्रको धरान उपमहानगर समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मेयर पदमा बेघाको नाम मात्र सर्वसम्मतिमा सिफारिश गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
उपमेयर पदमा भने सर्वसम्मति हुन नसकेपछि ४ जना महिला नेतृको नाम सिफारिश गरेको केन्द्रले जनाएको छ । यस्तै, धरानको २० वटा वडाको वडाध्यक्ष पदको उम्मेद्वारको नाम पनि केन्द्रले जिल्ला कमिटिलाई सिफारिश गरेको नगर संयोजक फोक्वाहाङ सुब्बा(चोत्लुङ)ले बताए । ‘मेयर पदको लागि नेता अइन्द्रबिक्रम बेघाको नाम सर्वसम्मतिले जिल्ला कमिटिमा सिफारिश गरेका छौं, उपमेयर पदमा भने सबैको सशक्त दाबेदारी परेकोले जिल्ला कमिटिमा चारै जनाको नाम पठाएका छौं’–उनले भने ।
मेयरमा सिफारिश भएका नेता बेघा विद्यार्थी राजनीतिबाट आएका युवा हुन् । जिल्ला नेतृत्वमा रहेर काम गरेका उनी अहिले पनि पार्टीको नगर इञ्चार्ज छन् । मेयर र २० जना वडाध्यक्षमा सर्वसम्मतिले उम्मेद्वार चयन भएपनि केन्द्रलाई उपमेयरमा भने उम्मेद्वार चयन गर्न निक्कै सकस भएको छ । उपमेयरमा चारै जना महिला आकांक्षी हुन् । सिफारिश भएहरुमा क्रमशः चेतना श्रेङ(कमला अधिकारी), कमला राई, लक्ष्मी प्रधान र गंगा वराल पौडेल छिन् । चारमध्ये श्रेङको नाम अनुमोदन हुनसक्ने प्रवल सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । पार्टीमा सक्रिय रहेकी उनी महिला सञ्जाल धरानकी सचिव पनि हुन् ।
यसैगरि, केन्द्रले वडा १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा क्रमशः चन्द्रप्रसाद(सिपि) बजगाई, रमेश राई, सर्वजित राई, चन्द्रबहादुर कुलुङ राई, धनकुमार राई, धनबहादुर तामाङ, धनकुमार कन्दङ्वा झमक मगर, विजय पौडेल र नरबहादुर लिम्बुलाई वडाध्यक्षमा सिफारिश गरेको छ । यस्तै, वडा ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० मा क्रमशः कमला राई, भुवन हाङगाम, लेखराज श्रेष्ठ, सुरेन्द्र गौतम, दिलबहादुर रामदाम, हिमाल कार्की, सुर्यबहादुर भट्टराई(मनोज), मानबहादुर राई, सन्त तेम्बे र सम्फर तामाङलाई वडाध्यक्षमा नाम सिफारिश गरेको छ । वडाध्यक्षमा नाम सिफारिश भएका उम्मेद्वारहरुलाई बैशाख ७ गते जिल्ला कमिटि वैठकले अनुमोदन गर्ने पोलिटब्युरो सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक मुक्साहाङ मेन्याङ्बोले बताए । यस्तै, मेयर र उपमेयरको नाम पनि अनुमोदन गर्दै प्रदेश कमिटिमा सिफारिश गर्ने उनले खुलाए । ‘बैशाख ९ गते यहाँको मात्र होइन, पार्टीले सबैतिरको उम्मेद्वारको नाम फाइनल गरिसक्छ’–उनले भने ।
....................................................................................‘‘

२९ बुँदे घोषणा पत्रको सार सार्वजनिक

धरानको उम्मेद्वारको नाम सिफारिश गरेको जानकारीसँग माओवादी केन्द्रले आगामी चुनावको लागि विकासे नाराहरु समेटेको संक्षिप्त २९ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । केन्द्रले प्रदेश नं १ को राजधानी धरानमा बनाउन अभियान थाल्नेदेखि सबै परिवारलाई मासिक १० हजार लिटर पानी र १० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने, जोगमुनीबाट धरानसम्म रेल्वे ल्याउने, पुर्वपश्चिम रेल्वे धरानबाट लान पहल गर्ने पनि घोषणा गरेको छ । यस्तै, खानेपानी आयोजना चाडै सम्पन्न गर्ने, खानेपानी बोर्डलाई नगर सरकारको मातहत ल्याउने र नगर विकास कोषको ऋण मिनाह गर्न पहल गर्ने केन्द्रले जनाएको छ । ‘एकीकृत सम्पत्ति करको अव्यावहारिक र अवैज्ञानिक बुँदा खारेज गरेर जनमतअनुसार वैज्ञानिक कर लागु गरिनेछ, सकुम्बासी तथा अव्यवस्थित बसोबासलाई दीर्घकालीन समाधान गर्न धनीपुर्जा वितरण गर्न अधिकारसम्पन्न आयोग गठन गरिनेछ । धरान बसपार्क निर्माण गरिनेछ, तीनकुनेको जग्गा विकास आयोजना समस्या न्यायपुर्णढंगले समाधान गरिनेछ र विवादित जग्गा व्यक्तिको नामको अधिग्रहण गरिनेछ’–उम्मेद्वार बेघाले घोषणा पत्रको सारबारे भने–‘सेउती, सर्दु, खहरे, सेरा, पटनाली, अधेरी, कोकाह, पखेरालगायत नदीमा तटबन्ध, सडक र पक्की पुल बनाइनेछ ।’
वृद्ध, एकल, अपाङ्गता आदि सामाजिक सुरक्षा भत्तालाई मासिक ५ हजार बनाउन नगरसभाबाट निर्णय गरेर केन्द्रमा पठाउने तथा भ्रष्टचारी, महंगी नियन्त्रण, सुशासन कायम गर्न र नगर सरकारको काम अनुगमन गर्न शक्तिशाली नागरिक संयन्त्र गठन गरेर जनपालको व्यवस्थ ागर्ने, कला एकेडमी बनाउने, प्रविधियुक्त स्मार्ट सिटीकोरुपमा विकास गर्नेलगायत योजनाहरु सार्वजनिक गरेको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे