चैत २९ र ३० गते मिस्टर कोशी हुने

धरान । युवाहरुमाझ लोकप्रिय खेल शारीरिक सुगठन प्रतियोगितााअन्र्तगत चौथो मिस्टर कोशी यही चैत अन्तिम साता धरानमा आयोजना हुने भएको छ । आयोजक एलाइनेट जिम धरान १५ ले पत्रकार सम्मेलन गर्दै यही चैत २९ र ३० गते धरान सभागृहमा हुने जानकारी दिएको हो ।
खेलकुदको माध्यामबाट युवाहरुलाई विकृतिविसंगतिबाट टाढै राख्ने मुख्य उद्देश्य लिएर कार्यक्रम गर्न लागेको एलाइनेटका अध्यक्ष बिक्रम लिम्बुले बताए । उनका अनुसार मिस्टर कोशी चौथो सँस्करण भए पनि समग्रमा एलाइनेटले आयोजना गरेको प्रतियोगिताहरुमा भने यो १४ औं प्रस्तुती हो । ‘हामीले थुप्रै प्रतियोगिताहरु गरेका छौं, त्यसैले समग्रमा १४ औं प्रस्तुती भएपनि मिस्टर कोशीको भने यो चौथो सँस्करण हो’–अध्यक्ष लिम्बुले भने–‘स्वस्थ्य रहन युवाहरुले जिम गर्दा उनीहरु विकृतिबाट टाढै रहन्छन्, र यस्तो प्रतियोगिताहरुले उनीहरुलाई सही बाटोमा हिडाउन थप प्रोत्साहन गर्छ ।’
प्रतियोगितामा कोशी अञ्चलभित्रका जिम क्लबबाट ४० जना खेलाडीहरु सहभागी हुने आयोजकको भनाई छ । पहिलो दिन छनौट चरण हुनेछ भने दोस्रो दिन फाइनल स्पर्धा हुनेछ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौलसमहबाट ५÷५ जना गरी २० जना खेलाडीहरु फाइनलको लागि छानिनेछन् । फाइनलमा प्रत्येक तौल समुहबाट प्रथम हुने खेलाडीले उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । ओभरअल राउन्डमा प्रथम हुने खेलाडीलाई ‘मिस्टर कोशी’को उपाधि दिइनेछ अध्यक्ष लिम्बुले बताए ।
ओभरअल राउण्डमा प्रथम हुनेले नगद ५० हजारसहित मिस्टर कोशीको उपाधि हात पर्नेछन् भने द्वितीय हुने खेलाडीले २५ हजार, तृतीय हुनेले १५ हजार पाउनेछन् भने चौथो हुनेले नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ४ लाख ९० हजार खर्च हुने अनुमान गरिएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे