खम्बुवानका हजार नेता, कार्यकर्ताको राजिनामा

धरान । संसदमा एक सिट रहेको खम्बुवान राष्ट्रिय मोर्चाका ८ केन्द्रीय सदस्यसहित हजार भन्दा बढी कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट सामुहिक राजिनामा दिएको घोषणा गरेका छन् । पार्टीका अध्यक्ष एवं संसद रामकुमार (आर.के.) खम्बुले एकलौटी ढंगबाट पार्टी चलाएको, आर्थिक पारदर्शीता नभएको जस्ता आरोप लगाउदै केन्द्रीय सदस्यसहित कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् ।
धरानमा पत्रकार सम्मेलन गर्दै मोर्चाका केन्द्रीय सदस्यहरु नेपालधन राई, खड्ग खम्बु, कृष्ण खम्बु, लोकेन्द्र खम्बु, विजय खम्बु, रुपलाल खम्बु र राम साम्पाङ्ग खम्बुसहित एक हजार ७ जनाले पार्टी परित्याग गरेको जनाएका हुन् । धनकुटा जिल्ला कार्य समितिका अध्यक्षसमेत रहेका नेपालधन राईसहित सबै पदाधिकारी, सदस्यले पार्टी परित्याग गरेपछि धनकुटा जिल्ला मोर्चाको संगठनविहिन अवस्थामा पुगेको छ । स्थानीय तहको निर्वाचनको मुखैमा नेता एवं कार्यकर्ताहरुले पार्टी परित्याग गरेपछि मोर्चा संकटमा परेको आँकलन गरिएको छ ।
पुर्वमा खम्बुवान राज्यको माग गर्दै आएको मोर्चाले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेको थिएन भने समानुपातिकतर्फ एक मात्र सिट पाएको थियो । उक्त सिटमा मोर्चाका केन्द्रीय अध्यक्ष रामकुमार(आर.के.) खम्बु आफै सभासद बनेका थिए । त्यसबेलादेखि नै पार्टीमा असन्तुष्टी र विवाद चुलिएको थियो । मोर्चाका अन्य पदाधिकारीहरुले अध्यक्षमा पदलोलुपता भएको, मनोमानीपुर्णढंगले चलेको भन्दै त्यसैबेला पनि विरोध जनाएका थिए । हस्ताक्षरसहित पार्टी परित्याग गरेको घोषणा कार्यक्रममा केन्द्रीय सदस्य एवं धनकुटा जिल्ला अध्यक्ष नेपालधन राईले भने–‘विवादको बीचमा पनि हामीले साथ सहयोग गरेर अध्यक्षलाई सभासद बनायौं, तर उनको रवैया फेरिएन । पार्टीमा एकल नेतृत्व र मनोमानीढंगले चलाउने काम भयो ।’
उनका अनुसार जिल्लाबाट नेता, कार्यकर्ताहरुले फोन गर्दा केन्द्रीय अध्यक्षले रिसिभ नै गर्न छोडेका छन् भने पार्टी संगठनको बिषयमा जानकारी लिने वा कुनै निर्देशन पनि दिने काम भएको छैन । जसले गर्दा जिल्लामा नेता, कार्यकर्ताहरु अन्यौल र निराशको स्थितिमा छन् भने पार्टी एवं संगठनमा पनि त्यसको असर परेको छ । ‘कार्यकर्ताहरुको फोनै उठाउन छोडे, मैले नै गर्दा पनि रिसिभ हुदैन । जिल्लामा पार्टी संगठन के भइरहेको छ भनेर जानकारी लिने र केही निदेशन दिनुपर्ने कामहरु पनि छैन’–उनले भने–‘यस्तो पार्टीमा बस्न ठिक छैन भनेर हामी हजारभन्दा बढीले राजिनामा दिएका हौं ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे