जलवायु परिवर्तनको असरः धरानमा तापक्रम वृद्धि र बर्षामा फेरवदल, जलाधार र पानीको स्रोत संरक्षण गर्न सुझाव
धरान । जलवायु परिवर्तनले धरानको तापक्रममा वृद्धि र बर्षामा फेरवदल हुन थालिसकेको एक अध्ययनले देखाएको छ । यसले पानीको स्रोतसँगै कृर्षि, स्वास्थ्य, वन र जैविक विविधतामा असर पुग्ने भन्दै विज्ञहरुले समग्र धरानको पर्यावयरण र पानीको स्रोतको दिगो संरक्षणमा जोडदिएका छन् ।
खुल्ला बहस कार्यक्रम ‘धरान पानी चौतारी’को दोस्रो श्रृंखलामा शुक्रबार जलवायु विज्ञ ङमिन्द्र दाहाल तथा कौस्तुभ राज न्यौपानेले धरानको तापक्रम वृद्धि र बर्षामा फेरवदल हुन थालिसकेको अध्ययनको निष्कर्ष प्रस्तुत गरेका थिए । त्यतिमात्र होइन, जलवायु परिवर्तनकै कारण धरानमा बर्षाको मात्रा पनि घट्दो रहेको तथ्य पनि विज्ञहरुले प्रस्तुत गरे । ‘धरानको शहरीकरण र जलवायु परिवर्तनको सन्दर्भमा खानेपानीको भविष्यः समस्या र प्रस्ताव’ बिषयमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै विज्ञ एवं साउथ एसिया इन्ष्टिच्युट अफ एडभान्स स्टडिज(सियास)का कार्यकारी निर्देशक दाहालले भने–‘धरानको तापक्रम वृद्धि प्रतिबर्ष तरहराको भन्दा बढी छ भने बर्षा घट्दो अवस्था अध्ययनबाट देखिएको छ ।’
विज्ञ दाहालका अनुसार धरानको तापमान वृद्धि प्रतिबर्ष ०.०४९४ डिग्रिसेल्यिसले भइरहेको छ । जुन दक्षिणी बजार तरहरा(हाल इटहरी उपमानगर)को भन्दा अत्यधिक हो । तरहराको तापमान वृद्धि प्रतिबर्ष ०.००५ डिग्रिसेल्सियस मात्र रहेको छ । तापमान वृद्धिको यो तथ्यांक सन् १९८५ देखि २०१५ सम्मको अध्ययनबाट निकालिएको निष्कर्ष हो । यही अवस्था रहेमा एक सय बर्षमा धरानको औसत तापमान वृद्धि करिब ५ डिग्रि सेल्सियस(४.९४ डिग्रिसेल्सियस) हुन्छ । त्यही सय बर्षमा नेपालको औसत तापमान वृद्धि भने ६ डिग्रिसेल्सियस हुने दाहालले बताए । उनका अनुसार तराई क्षेत्र भन्दा जति उकालो (हिमालय क्षेत्र)तिर चढ्दै गयो, उति नै तापक्रम बढीरहेको छ ।
सन् १९७० यता २०१२ सम्मको अवस्थालाई हेर्दा जलवायु परिवर्तनकै कारण धरानमा बर्षा घट्दो क्रममा रहेको अध्ययनले खुलाएको छ । स्न ७० तिर प्रतिबर्ष धरानमा २ हजार ५ सय मिलिलिटर बर्षा हुने गरेको थियो । तर, सन् २०१२ सम्म आइपुग्दा घटेर २ हजार मिलिलिटरको हाराहारीमा मात्रै बर्षा हुने गरेको अध्ययनबाट देखिएको छ । विज्ञ दाहालका अनुसार बर्षाको मात्रा धेरै घटेको नदेखिए पनि बर्ष हुने दिनहरु भने घटेको छ । यसले महिना दिनमा हुनुपर्ने बर्षा थोरै दिनमा अत्यधिक मात्रामा भएर बाढीपहिरोको प्रकोप निम्तिएको पनि उनले बताए । ‘यो राम्रो संकेत होइन । तापमान वृद्धिको पहिलो मार पानीलाई पर्छ । तापमान वदलिनासाथ बर्षा वदलिन्छ, बर्षा वदलिदा पानीलाई असर पर्छ र यसले पानीको स्रोत, कृर्षि, स्वास्थ्य, वन र जैविक विधितामा असर पुग्छ’–उनले भने–‘तसर्थ, स्थिति बिग्रनु अगावै उपाय निकाल्नुपर्छ ।’
सियासको धरान कोअर्डिनेटरसमेत रहेका कौस्तुभ राज न्यौपानेले तीब्र शहरीकरण र जलवायु परिवर्तनले पानीको संकट बढ्दो अवस्थामा रहेको बताए । उनका अनुसार दक्षिण एसियाको अधिक ठाउँमा आधा बर्ष पानी अभाव हुने गरेको छ । अध्ययनको क्रममा ७० प्रतिशत धरानबासीले पानीको स्रोत सुकेको अनुभव व्यक्त गरेको न्यौपानेले बताए । सियासले धरानको सर्दु जलाधारमा भु परिर्वतनले पानीको गुणस्तर पर्ने प्रभाव, धरानमा रहेको साना पानीको मुलहरुको नक्सांकन, पानीको कमीको आँकलन र यसले लैंगिक भुमिकामा पार्ने असरलगायत बिषयहरुमा अध्ययनसँगै समाधानको प्रयास शुरु गरिएको न्यौपानेले जानकारी दिए ।
........................................................................
धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठले धरानमा भुमिगत पानीको स्रोतमा निर्भर हुनुपर्ने अवस्था आइसकेको भन्दै भुमिगत स्रोतको भण्डारलाई जोगाउनतर्फ पनि ध्यान केन्द्रीत हुनुपर्ने बताए । तीब्र शहरीकरणले कंक्रिटको घरहरु ठडिदै गएको र बर्षाको पानी ड्रेन हुदै सिधै खोलामा पुग्ने भएकोले जमिन मुनि पानी सोसिन नपाइरहेको श्रेष्ठको भनाई थियो । ‘अब घर बनाउदा नै बाँकी जमिनलाई ढलाई गर्न नदिने नीति बनाए मात्र बर्षाको पानी जमिन मुनि भण्डारण हुनसक्छ’–उनले भने । धरानमा एडिबिको ऋण तथा अनुदान सहयोगमा भुमिगत स्रोतको पानी वितरण गर्ने आयोजना चलिरहदा जमिन मुनिको स्रोत जोगाउन रि–चार्ज हुने अवस्था सृर्जना गर्नुपर्ने धारणा व्यक्त हुदै आइरहेको छ ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक डा. दिलकमार लिम्बुले पनि जमिनमुनिको पानीको स्रोत बचाउन बर्षाको पानी त्यहाँसम्म पुग्ने अवस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सर्दु जलाधार क्षेत्र संरक्षणमा जोडदिए । ‘पानीको भुमिगत स्रोत जोगाउने हो भने त्यहाँसम्म बर्षाको पानी पुग्नुपर्छ । जलाधार क्षेत्रको मुहान जोगाउन र वनजंगल संरक्षण ग¥यौं भने मात्र स्रोत जोगिन्छ’–उनले भने । सर्दु जलाधार वन उपभोक्ता महासंघका अध्यक्ष सम्फर तामाङले माथिल्लो क्षेत्रका बासिन्दाहरुले जलाधार संरक्षण गरिरहेकै कारण धरानेहरुले पानी पिइरहेपनि तल्लो क्षेत्रका बासिन्दा र बिषेश गरी धरान उपमहानगरपालिकाले संरक्षणमा चासो नदिएकोप्रति असन्तुष्टी जनाए । होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले वन,जंगल र पानीको स्रोत बचाउन अभियानै चलाउनुपर्ने धारणा राखे । कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, सदस्य मञ्जु भण्डारी, माओवादी केन्द्रका नेता अशोक राई, साविक विष्णुपादुका गाविसका पुर्वअध्यक्ष मणिराम राई, सुनसरी उद्योग वाणिज्य संघका सदस्य मानबहादुर विश्वकर्मालगायतले पनि जलाधार एवं पानीको स्रोत संरक्षणमा जोडदिएका थिए ।
...........................................................................................................
खुल्ला बहस कार्यक्रम ‘धरान पानी चौतारी’को दोस्रो श्रृंखलामा शुक्रबार जलवायु विज्ञ ङमिन्द्र दाहाल तथा कौस्तुभ राज न्यौपानेले धरानको तापक्रम वृद्धि र बर्षामा फेरवदल हुन थालिसकेको अध्ययनको निष्कर्ष प्रस्तुत गरेका थिए । त्यतिमात्र होइन, जलवायु परिवर्तनकै कारण धरानमा बर्षाको मात्रा पनि घट्दो रहेको तथ्य पनि विज्ञहरुले प्रस्तुत गरे । ‘धरानको शहरीकरण र जलवायु परिवर्तनको सन्दर्भमा खानेपानीको भविष्यः समस्या र प्रस्ताव’ बिषयमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै विज्ञ एवं साउथ एसिया इन्ष्टिच्युट अफ एडभान्स स्टडिज(सियास)का कार्यकारी निर्देशक दाहालले भने–‘धरानको तापक्रम वृद्धि प्रतिबर्ष तरहराको भन्दा बढी छ भने बर्षा घट्दो अवस्था अध्ययनबाट देखिएको छ ।’
विज्ञ दाहालका अनुसार धरानको तापमान वृद्धि प्रतिबर्ष ०.०४९४ डिग्रिसेल्यिसले भइरहेको छ । जुन दक्षिणी बजार तरहरा(हाल इटहरी उपमानगर)को भन्दा अत्यधिक हो । तरहराको तापमान वृद्धि प्रतिबर्ष ०.००५ डिग्रिसेल्सियस मात्र रहेको छ । तापमान वृद्धिको यो तथ्यांक सन् १९८५ देखि २०१५ सम्मको अध्ययनबाट निकालिएको निष्कर्ष हो । यही अवस्था रहेमा एक सय बर्षमा धरानको औसत तापमान वृद्धि करिब ५ डिग्रि सेल्सियस(४.९४ डिग्रिसेल्सियस) हुन्छ । त्यही सय बर्षमा नेपालको औसत तापमान वृद्धि भने ६ डिग्रिसेल्सियस हुने दाहालले बताए । उनका अनुसार तराई क्षेत्र भन्दा जति उकालो (हिमालय क्षेत्र)तिर चढ्दै गयो, उति नै तापक्रम बढीरहेको छ ।
सन् १९७० यता २०१२ सम्मको अवस्थालाई हेर्दा जलवायु परिवर्तनकै कारण धरानमा बर्षा घट्दो क्रममा रहेको अध्ययनले खुलाएको छ । स्न ७० तिर प्रतिबर्ष धरानमा २ हजार ५ सय मिलिलिटर बर्षा हुने गरेको थियो । तर, सन् २०१२ सम्म आइपुग्दा घटेर २ हजार मिलिलिटरको हाराहारीमा मात्रै बर्षा हुने गरेको अध्ययनबाट देखिएको छ । विज्ञ दाहालका अनुसार बर्षाको मात्रा धेरै घटेको नदेखिए पनि बर्ष हुने दिनहरु भने घटेको छ । यसले महिना दिनमा हुनुपर्ने बर्षा थोरै दिनमा अत्यधिक मात्रामा भएर बाढीपहिरोको प्रकोप निम्तिएको पनि उनले बताए । ‘यो राम्रो संकेत होइन । तापमान वृद्धिको पहिलो मार पानीलाई पर्छ । तापमान वदलिनासाथ बर्षा वदलिन्छ, बर्षा वदलिदा पानीलाई असर पर्छ र यसले पानीको स्रोत, कृर्षि, स्वास्थ्य, वन र जैविक विधितामा असर पुग्छ’–उनले भने–‘तसर्थ, स्थिति बिग्रनु अगावै उपाय निकाल्नुपर्छ ।’
सियासको धरान कोअर्डिनेटरसमेत रहेका कौस्तुभ राज न्यौपानेले तीब्र शहरीकरण र जलवायु परिवर्तनले पानीको संकट बढ्दो अवस्थामा रहेको बताए । उनका अनुसार दक्षिण एसियाको अधिक ठाउँमा आधा बर्ष पानी अभाव हुने गरेको छ । अध्ययनको क्रममा ७० प्रतिशत धरानबासीले पानीको स्रोत सुकेको अनुभव व्यक्त गरेको न्यौपानेले बताए । सियासले धरानको सर्दु जलाधारमा भु परिर्वतनले पानीको गुणस्तर पर्ने प्रभाव, धरानमा रहेको साना पानीको मुलहरुको नक्सांकन, पानीको कमीको आँकलन र यसले लैंगिक भुमिकामा पार्ने असरलगायत बिषयहरुमा अध्ययनसँगै समाधानको प्रयास शुरु गरिएको न्यौपानेले जानकारी दिए ।
........................................................................
जलाधार क्षेत्र संरक्षणमा जोड
धरान पानी चौतरीमा अधिकांश वक्ताहरुले धरानको पानीको स्रोत सर्दु जलाधार क्षेत्रको संरक्षणसँगै वृक्षारोपण गरेर अझै हरियाली बढाउनुपर्नेमा जोडदिएका थिए ।धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठले धरानमा भुमिगत पानीको स्रोतमा निर्भर हुनुपर्ने अवस्था आइसकेको भन्दै भुमिगत स्रोतको भण्डारलाई जोगाउनतर्फ पनि ध्यान केन्द्रीत हुनुपर्ने बताए । तीब्र शहरीकरणले कंक्रिटको घरहरु ठडिदै गएको र बर्षाको पानी ड्रेन हुदै सिधै खोलामा पुग्ने भएकोले जमिन मुनि पानी सोसिन नपाइरहेको श्रेष्ठको भनाई थियो । ‘अब घर बनाउदा नै बाँकी जमिनलाई ढलाई गर्न नदिने नीति बनाए मात्र बर्षाको पानी जमिन मुनि भण्डारण हुनसक्छ’–उनले भने । धरानमा एडिबिको ऋण तथा अनुदान सहयोगमा भुमिगत स्रोतको पानी वितरण गर्ने आयोजना चलिरहदा जमिन मुनिको स्रोत जोगाउन रि–चार्ज हुने अवस्था सृर्जना गर्नुपर्ने धारणा व्यक्त हुदै आइरहेको छ ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक डा. दिलकमार लिम्बुले पनि जमिनमुनिको पानीको स्रोत बचाउन बर्षाको पानी त्यहाँसम्म पुग्ने अवस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सर्दु जलाधार क्षेत्र संरक्षणमा जोडदिए । ‘पानीको भुमिगत स्रोत जोगाउने हो भने त्यहाँसम्म बर्षाको पानी पुग्नुपर्छ । जलाधार क्षेत्रको मुहान जोगाउन र वनजंगल संरक्षण ग¥यौं भने मात्र स्रोत जोगिन्छ’–उनले भने । सर्दु जलाधार वन उपभोक्ता महासंघका अध्यक्ष सम्फर तामाङले माथिल्लो क्षेत्रका बासिन्दाहरुले जलाधार संरक्षण गरिरहेकै कारण धरानेहरुले पानी पिइरहेपनि तल्लो क्षेत्रका बासिन्दा र बिषेश गरी धरान उपमहानगरपालिकाले संरक्षणमा चासो नदिएकोप्रति असन्तुष्टी जनाए । होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले वन,जंगल र पानीको स्रोत बचाउन अभियानै चलाउनुपर्ने धारणा राखे । कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, सदस्य मञ्जु भण्डारी, माओवादी केन्द्रका नेता अशोक राई, साविक विष्णुपादुका गाविसका पुर्वअध्यक्ष मणिराम राई, सुनसरी उद्योग वाणिज्य संघका सदस्य मानबहादुर विश्वकर्मालगायतले पनि जलाधार एवं पानीको स्रोत संरक्षणमा जोडदिएका थिए ।
...........................................................................................................
Comments
Post a Comment