दोस्रो युनिभर्सल आइकन हुने

धरान । विद्यालय परीक्षा दिएपछि फुर्सदमा बसेका विद्यार्थीहरुको समय सदुपयोगसँगै नृत्य, गायन प्रतिभा र व्यक्तित्व विकास गराउने उद्देश्यले बैशाख पहिलो सातादेखि युनिर्भसल आइकोनको दोस्रो सँस्करण शुरु हुने भएको छ ।
टप युनिभर्सल एकेडेमीले मंगलबार होटल नवयुगमा पत्रकार सम्मेलन गर्दै गत बर्षदेखि शुरुवात गरेको युनिर्भसल आइकोनको दोस्रो सँस्करण आगामी बैशाख ५ गतेदेखि शुरु गर्ने जानकारी दिएको छ । एकेडेमीका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार यो बर्ष कार्यक्रम विस्तार गरेर वृहतरुपमा हुन लागेको छ । बैशाख ५ गतेदेखि पुर्वका विभिन्न स्थानहरुमा अडिशन गरेर प्रतियोगीहरुको छनौट गरिने र जेठ १३ गते ग्राण्ड फाइनल हुने अध्यक्ष लकान्द्रीले बताए । प्रतियोगितामा एसइई परीक्षा दिएकाहरुले भाग लिन पाउनेछन् । ‘यो पटक झापा, इटहरी र धरानमा अडिशन हुनेछ । अडिशन पछि छानिएका प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकासका तालिम र कार्यक्रम, समाजिक एवं जनचेतनामुलक गतिविधिहरुमा सहभागी गराइनेछ’–अध्यक्ष लकान्द्रीले भने ।
आयोजकका अनुसार अडिशनबाट गायन र नृत्य विधातर्फ १५ जनाको दरले ३० जना प्रतियोगीहरु छनौट हुनेछन् । उनीहरुलाई धरानमा रहेका डान्स सेन्टर र संगीत विद्यालयहरुमा वन्द प्रशिक्षणमा पनि राखिनेछ । नृत्यको लागि हाम्रो डान्स सेन्टर, युनाईटेड डान्स एकेडेमी, माई वे डान्स सेन्टर र सिद्धार्थ क्रिउले प्रशिक्षण दिनेछ भने गायनतर्फ नाद सरगम संगीत विद्यालयले प्रशिक्षण दिनेछ । तीन चरणको छनौट प्रतियोगिताबाट उत्कृष्ट ५ जनाका दरले गायन र नृत्य विद्याका प्रतिष्पर्धीहरु फाइनलमा प्रवेश गर्नेछन् ।
आयोजकका अनुसार यो पटक दुवै विधामा पुरस्कार राशी वृद्धि गरिएको छ । गायन र नृत्यतर्फका विजेताले जनही नगद ५० हजारसहित ट्रफी पाउनेछ । गायन र नृत्यमा पुर्वमै यो ठुलो धनरासी पुरस्कार हो । सहभागीहरुलाई ट्राफिक सचेतना, आत्मरक्षा तालिम, पर्यटन प्रवद्र्धनका लागि विभिन्न स्थानको अवलोकन, व्यक्तित्व विकास तालिम, ¥याम्प वर्क तालिमहरु पनि प्रदान गरिने संयोजक शिशिर राईले जानकारी दिए । उनका अनुसार सहभागीहरुले फारम शुल्क १ सय रुपैया र छनौट भएपछि तालिमका लागि मात्र ५ हजार १ सय रुपैया शुल्क बुझाउनु पर्नेछ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे