सुर्य नेपाल इष्र्टन ओपनः सञ्जय लामा अग्रस्थानमा(फोटोफिचर)

धरान । सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा पहिलो दिन १८ होलको खेल सकिदा साविक विजेता सञ्जय लामा ३ अण्डर ६७ स्कोर गर्दै अग्रस्थानमा छन् । पार ७० को निर्वाण कन्ट्री क्लबको गल्फ कोर्षमा बुधबार स्थानीय व्यावसायिक गल्फर बलभद्र राई(मणि)लाई एक स्ट्रोकले पछि छन् । नेपालका नम्बर २ व्यावसायिक गल्फर लामाले फ्रण्ट नाइनमा ५ अण्डर ३० को उत्कृट कार्ड बनाउने क्रममा होल ३ र ६ मा इगल खेले थिए भने ८ औं होलमा बर्डी खेलेका थिए । ब्याक नाइनमा भने २ ओभर ३७ को कार्ड बनाउने क्रममा उनले ११ औं र १८ औं होलमा बुगी खेपेका थिए ।
एक स्ट्रोकले पछि परेका स्थानीय गल्फर बलभद्र(मणी) राईले २ अण्डर ६८ स्कोर गर्दै पहिलो दिन दोस्रो स्थानमा रहे । उनले फ्रन्ट नाइनमा ३ ओभर ३८ कार्ड बनाउने क्रममा छैटौं होलमा मात्र बर्डी खेले भने दोस्रो, पाँचांै, सातौं र नवौं होलमा बुगी खेलेका थिए । ब्याक नाइनमा लयमा फर्कर्दै उनले १२ औं, १३ औं र १८ औं होलमा बर्डी गरे भने पार ४ को १४ औं होलमा इगल खेले ।
अग्रस्थानमा रहेका लामाले बर्डी खेल्न नसकेपनि दुई होलमा इगल खेल्दा राम्रो भएको बताए । ढाड दुखेर खेल प्रभावित भएपनि दोस्रो सटले साथ दिएको उनले बताए । ‘होल ३ र ६ को इगलले राम्रो भयो, आज सेकेण्ड सटले पनि साथ दियो । साविक विजेता पनि भएकोले भोली पनि राम्रो नै खेल्छु’–उनले भने । यो बर्ष टुरको पहिलो स्पर्धा सुर्य नेपाल च्यालेञ्जको उपाधि पनि उनले जितेकाले आत्मवल वलियो भएको बताए ।
यसैगरि, समान एक अण्डर ६९ स्कोर खेल्र्दै नेपालका नम्बर १ गल्फर शिवराम श्रेष्ठ र भुवन नगरकोटी(उमेश) संयुक्तरुपमा तेस्रो स्थानमा छन् । शिवरामले फ्रन्ट नाइनमा लेभर पार ३५ कार्ड बनाउने क्रममा पाँचौं र छैटौं होलमा बर्डी गरे भने चौथो र आठौं होलमा बुगी खेपेका थिए । यस्तै, ब्याक नाइनमा १५ औं, १७ औं र १८ औं होलमा बर्डी खेले भने पार ६ को १४ औं होलमा डबल बुगी खेपेका थिए । उनीसँगै तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाईन एक अण्डर ३४ खेल्ने क्रममा पाँचांै, छैटौं र नवौं होलमा बर्डी गरे भने पहिलो र तेस्रो होलमा बुगी खेपेका थिए । ब्याक नाईन लेभर पार ३५ कार्ड बनाउन उनले १० आंै, १४ औं र १५ औं होलमा बर्डी गरे भने ११ औं, १६ औं र १७ औं होलमा बुगी खेपेका थिए ।
प्रतियोगितामा लेभर पार ७० स्कोर गर्दै पहिलो दिन धनबहादुर थापा र थामबहादुर राई संयुक्तरुपमा पाँचौं स्थानमा छन् । एक ओभर ७१ स्कोर गर्दै पुर्ण शर्मा र रवि खड्का संयुक्तरुपमा सातौं स्थानमा छन् भने २ ओभर ७२ स्कोर गर्दै रामे मगर नवौं स्थानमा रहेका छन् । यस्तै, ३ ओभर ७३ स्कोरसहित धराने गल्फर सुमन राई दशौं स्थानमा छन् ।
एमेच्योरतर्फ पहिलो दिनको खेल सकिदा २ अण्डर ६८ स्कोरसहित स्थानीय शिवकुमार माझी पहिलो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा लेभर पार ३५ र ब्याक नाईनमा २ अण्डर ३३ को कार्ड बनाए । अर्का, स्थानीय एमेच्योर शुक्रबहादुर राई एक अण्डर ६९ स्कोरसहित दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाईनमा २ अण्डर ३३ र ब्याक नाइनमा एक ओभर ३६ को कार्ड बनाए । एमेच्योरतर्फ ३ ओभर ७३ स्कोर गर्दै रामबहादुर तामाङ तेस्रो स्थानमा छन् ।
  सुर्य नेपाल गल्फ टुरका इतिहासमै एकै दिन बुधबार दुई खेलाडीले होल इन वान खेलेर रेडर्क बनाएका छन् । पार ३ को ८ आंै होलमा रामे मगरले होल इन वान गरे भने पार ३ कै नवौं होलमा रमेश अधिकारीले होल इन वान खेले । दुवै खेलाडी जनही नगद ५ हजारको हकदार पनि बनेका छन् । नेपाल गल्फर्स एशोसिएनद्धारा आयोजित सुर्य नेपाल टुर अन्र्तगतको तेस्रो स्पर्धामा २७ व्यावसायिक गल्फरसहित ५० खेलाडी सहभागी छन् । तीन दिनसम्म हुने स्पर्धामा दोस्रो दिनको खेल सकिदा शीर्ष २१ खेलाडी कट हुदै अन्तिम दिन खेल्न पाउनेछन् । विजेताले नगद १ लाख र उपविजेताले ६३ हजार पाउनेछ भने शीर्ष २१ खेलाडीले पनि नगद पाउनेछ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे