पत्रकार महासंघ सुनसरीको आफ्नै भवन

धरान । संस्था गठनको लामो इतिहास भएपनि आफ्नै भवन अभावमा भाडामा सञ्चालन हुदै आाएको नेपाल पत्रकार महासंघ सुनसरीले अब भने आफ्नै भवन(कार्यालय)बाट कार्य सम्पादन गर्न पाउने भएको छ ।
धरान १२ चतरालाइनको पब्लिक उच्च माविको भवनमा कोठा भाडामा लिएर काम गर्दे आएको महासंघलाई धरान उपमहानगरपालिकाले धरान १३ अमरहाटमा रहेको १५ धुर जग्गासहित तीनकोठे घर उपलब्ध गराएको छ । भवन प्राप्त गरेपछि आइतबार बिहान विधिवतरुपमा महासंघको कार्यालय अमरहाट सरेको छ । तत्कालीन पञ्चायत व्यवस्थाका ठूला ओहादामा रहेका अफिसर्सहरुले गठन गरेको अफिसर्स क्लवको नाममा भवन र जग्गा थियो । पछिल्लो समय धरान उपमहानरको स्वामित्वमा थियो । त्यहाँ अस्थायी प्रहरी विट रहदै आएको थियो ।
अमरसेवा समाज, वडा नागरिक मञ्च, धरान उपमहानगरपालिकाको प्रयासमा महासंघ सुनसरीले सो भवन र जग्गा पाएको हो । यसअघि, धरान १० मा रहेको नारी शिल्पकला केन्द्रको खाली जग्गामा भवन बनाउने तयारी गरिए पनि खाली जग्गामा विवाद आए पछि योजना अघि बढ्न सकेको थिएन । नेपाल पत्रकार महासंघ सुनसरीका सभापति केशव घिमिरेले पूर्वाञ्चलकै प्रतिनिधि गर्ने सुनसरीका पत्रकारहरुका लागि यो महत्वपूर्ण योगदान रहने बताए । चाडै डिजाइन गरेर तालिम कक्ष र सञ्चार केन्द्र स्थापना गरिने पनि उनले खुलाए । अमरसेवा समाजका अध्यक्ष हरि बहादुर लिम्बुले पत्रकार महासंघलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय समस्याहरु उजागर हुने अपेक्षा बताए । उपमहानगरका कार्यकारी अधिकृत टिकादत्त राईले धरानको विकासको सवालमा महासंघसँग सहकार्य जारी राख्ने बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे