राष्ट्रपतिलाई अपमान गर्नेमाथि कारबाहीको माग

धरान । राष्ट्रपति विद्या भण्डारीले जानकी मन्दिरमा पाइला टेकेको भन्दै गंगाजल छर्केर अपमानजनक व्यावहार गर्नेलाई कडा कारबाही गर्न यहाँका महिला अधिकारकर्मीहरुले माग गरेका छन् ।
धरानका महिला अधिकारकर्मीहरुले विधवा भएकै कारण राष्ट्रप्रमुखजस्तो गरिमामय पदमा रहेकी महिलामाथि असभ्यता र दुव्र्यवहारको पराकाष्ठ प्रर्दशन गरेको भन्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका हुन् । एकल महिला समुहको नेतृत्वमा महिला सञ्जाल धरानलगायत अधिकारवादी संघसंगठनहरुले बुधबार इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउदै कारबाहीका माग गरेका हुन् । उनीहरुले घटनाको छानबिन गर्न गठन गरेको समितिमा एक जना पनि महिला सहभागी नगराएकोमा रोष प्रकट गरेका छन् ।
 यही पुष १ गते रामजानकी विवाह महोत्सवमा सहभागी हुने क्रममा राष्ट्रिपति भण्डारीमाथि आक्रमणको प्रयास भएको थियो भने भोलीपल्ट मधेशी मोर्चाका कार्यकर्ताहरुले गंगाजल छर्केर मन्दिर शुद्धि गरेका थिए । यो घटनाको सर्वत्र चर्को विरोध भइरहेको छ ।
अधिकारकर्मीहरुले राष्ट्रपति भण्डारीमाथि गरेको दुव्र्यवहार मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल राज्यको संविधान २०७२ ले सबै बर्ग, तह तप्काको स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारको खिल्ली उडाएको बताएका छन् । ‘राष्ट्रप्रमुख जस्तो गरिमामय पदमा पहिला आसिन हुदा हामी सबै खुशी थियौं, तर जनकपुरमा भएको घटना ज्यादै निन्दनीय छ । त्यो घटनाले सबै महिलाहरुलाई अपमानित गरेको छ, दोषीहरुलाई सरकारले कडा कारबाही गर्नुपर्छ नत्र महिलाहरुले आन्दोलन गर्नेछ’–महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले भनिन् ।
नेपालको संविधानले सबै प्रकारका विभेदलाई संवैधानिक रुपले अन्त्य गरेको तथा महिला विरुद्धको भेदभाव उन्मुलन समबन्धी महासन्धीको धारा १ मा वैवाहिकताको विरुद्धमा भेदभाव अन्त्य पर्ने व्यवस्था भएपनि एकल महिलाको सामाजिक सांस्कृतिक तथा धार्मिक अधिकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको अधिकारकर्मी एवं एकल महिला समुहकी कार्यक्रम अधिकृत इन्द्रकला राईले बताइन् । समुहकी सदस्य उर्मिला प्रधानले पनि राष्ट्रप्रमुखमाथि भएको घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरिन् । ज्ञापनपत्र बुझाउनु अघि नेपाल पत्रकार महासंघको भवनमा राष्ट्रपति भण्डारीलाई जनकपुरमा गरिएको अपमानको विषयमा छलफल भएको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे