एसओएसले जित्यो डिपो कपको उपाधि

डिपो स्कुलद्धारा आयोजित प्रतियोगिताको फाइनल खेलमा एसओएसको तर्फ वाट सन्देश थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले ट्रफीसगै नगद ७ हजार, प्रमाणपत्र र मेडल थापे भने दोस्रो टिम पुर्वक्षेत्रीय प्रहरीले नगद ५ हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल थाप्यो । यस्तै, प्रतियोगितामा तेस्रो हुदै आयोजक डिपोले ३ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल हात पार्यो ।
प्रतियोगिताका उत्कृट खेलाडी एसओएसका आभुसन लम्साल, हाइ स्कोरर एसओएसकै सन्देस थापा, वेस्ट गोेलकिपर आयोजक डिपोका निरज सारु मगर, वेस्ट डिफेन्स प्रहरीका आयुस उप्रेती घोषित भए भने उदयीमान खेलाडीको पुरस्कार डिपोका विवस श्रेष्ठ र फाइनल खेलको म्यान अफ दि म्याच पुर्व क्षेत्रिय प्रहरीका सुजन राई घोषित भए । विजेता, उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि डिपो स्कुलका पुर्व व्यवस्थापन समितीका अध्यक्ष अम्वरवहादुर लिम्वु, स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्वु, प्रतियोगिता संयोजक भिमराज तुम्वा, प्राचार्य राजकुमार राई लगायतले पुस्कार वितरण गरेका थिए ।
यसैगरि, अघिल्लो दिनै सम्पन्न भएको प्लेट चयाम्पियनतर्फ धरानको भिक्टोरी स्कुल च्याम्पियन बन्यो भने मेरिल्याण्ड स्कुल उपविजेता बनेको थियो । प्लेट च्याम्पियन विजेत तथा उपविजेताले क्रमश नगद ३ हजार, २ हजार , ट्रफि, मेडल र प्रमाणपत्र थापेका थिए ।
Comments
Post a Comment