सञ्जयको टिमलाई प्रो एम उपाधि

धरान । सुर्य नेपाल इष्टर्न ओपनअन्र्तगत शनिबार सम्पन्न प्रो–एम स्पर्धामा व्यावसायिक खेलाडी सञ्जय लामाको टिमले उपाधि जितेको छ । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा स्टेवल फोर्डको आधारमा भएको खेलमा कुल १३६ अंकका साथ लामाको टिम विजेता बनेको हो । उनको टिममा एमेच्योर खेलाडीहरु सन्तोष कार्की, शेखर लिम्बु र एसएसपी राजेन्द्र श्रेष्ठ थिए । स्पर्धामा व्यावसायिक खेलाडी लामाले ३४, सन्तोषले ४४, शेखरले ३१ र एसएसपी श्रेष्ठले ३७ अंक बटुलेका थिए ।
समान अंक १३६ भएपनि ब्याक काउण्टको आधारमा नम्वर वान व्यावसायिक खेलाडी शिवराम श्रेष्ठको टिम उपविजेता बन्यो । उनको टिममा एमेच्योरहरु सुमोद बास्तकोटी, उत्तम राई र अरुण राई थिए । खेलमा शिवरामले ३६, सुमोदले ३२, उत्तमले ३५ र अरुणले ३३ अंक पाएका थिए । यस्तै, व्यावसायिक खेलाडी भुवन नगरकोटीको टिम तेस्रो भएको थियो । उनको टिममा एमेच्योर खेलाडीहरु रितेश तामाङ, विरेन लिम्बु र रोहित आचार्य थिए । भुवनले ४४, रितेशले ३२, विरेनले ३३ र रोहितले ३६ अंक बटुलेका थिए । विजेता व्यावसायिक खेलाडीहरुले नगद पुरस्कार पाए भने एमेच्योरहरुले ट्रफी थापे ।
स्पर्धामा क्लोजेट टु दि पिनको पुरस्कार मेजर निश्चयजंग रायमाझीले पाए भने लङ्गेष्ट ड्राइभको पुरस्कार सुन्दर राईले हात पारे । स्पर्धामा ३७ स्कोर गरेका एसएसपी राजेन्द्र श्रेक्ष् र महिलातर्फ २८ स्कोर गरेका विना सापकोटाले व्यक्तिगत उत्कृष्ट खेलाडीको पुरस्कार हात पारे । मुख्य स्पर्धाको पहिलो दिन होल इन वान(८ औं होल) गरेका रामे मगर र रमेश अधिकारी(९ औं होल)ले पनि नगद पुरस्कार थापे । खेलाडीहरुलाई निर्वाण कन्ट्री क्लब एण्ड गल्फ रिसोर्टका सञ्चालक शशीराम भण्डारी, नेपाल गल्फ एशोसिएशनका उपाध्यक्ष पुर्णबहादुर राई, सुर्य नेपालका प्रनिनिधि रजत थापा, जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.राईलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको तीन दिनसम्म चलेको मुख्य स्पर्धाको उपाधि भने शुक्रबार भुवन नगरकोटीले जितेका थिए । उनले च्याम्पियन ट्रफीसँगै नगद एक लाख हात पारेका थिए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे