राजेन्द्र महतोको बीपी(धरान)मा उपचार
धरान । शनिबार विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बस्दा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका नेता महतो आइतबार मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएका थिए । मध्यरातमा आइसियुमा भर्ना गरेर उपचार गरिएका महतोको सोमबार बिहानदेखि पेइङ वार्डमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री हुदा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका महतोलाई प्रतिष्ठानका पदाधिकारीले उपचारको लागि धरान ल्याएको चर्चा चले पनि पदाधिकारीले भने नकारेका छन् ।
महतोको टाउको र हात, खुट्टामा चोटपटक लागेकोले न्युरो सर्जन र अर्थोपेडिक चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । हाडजोर्नी विभागका सह प्राध्यापक एवं प्रतिष्ठानका डेपुटी निर्देशक पशुपति चौधरीको नेतृत्वमा उनको उपचार भइरहेको छ । चिकित्सक चौधरीका अनुसार महतोको स्वास्थ्यमा सुधार भइरहेको छ, र उनी खतरामुक्त छन् । उपचारको क्रममा महतोले चिकित्सकलाई रिगटा लागेको पनि बताएका थिए । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, जीवन खतरा छैन’–चौधरीले भने–‘टाउकोसँगै हात र खुट्टामा चोट भएको र ब्लड प्रेसर, सुगरको मात्रा बढी देखिएकोले केही दिन अब्जरवेशनमा राख्नुपरेको हो ।’ महतोले सुगरको औषधी सेवन गरिरहेको भएपनि अहिले मात्रा बढेको देखिएको हो ।
चिकित्सक चौधरीका अनुसार महतोको टाउकोको छाला(स्काइभ)मा चोट लागेर रगत जमेको भएपनि भित्र ब्रेनमा चोट देखिएको छैन । यस्तै, देब्रे हातको साहिली औला थोरै क्र्याक देखिएको छ भने दाहिने खुट्टाको तीघ्रामा स सानो २ वटा घाउ छ । देब्रे खुट्टामा ४ सेन्टिमिटर जति घाउ छ । शरीरमा भएको चोट(घाउ)को ड्रेसिङ गरिरहनु पर्ने र सुगर, प्रेसरलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने अवस्था भएकोले चिकित्सकको निगरानीमा उपचार गरिएको चौधरीले बताए । ‘हामीले व्यक्ति बिशेषलाई भर्ना गरेर राखेको होइनौं, यहाँ आउने जो कोही विरामीलाई उपचार गर्नुपर्ने हाम्रो कर्तव्य हो, उहाँको लागि पनि त्यही गरिरहेका छौं’–उनले भने–‘प्रेसर र सुगर बढी छ, टाउकोमा चोट लागेकोबेला बिशेष ख्याल गर्नुपर्छ ।’ प्रतिष्ठानका उपकुलपति डाक्टर बीपी दासले बाहिर हल्ला चलेजस्तो प्रतिष्ठानले गाडी पठाएर ल्याएको नभई घाइते महतो विराटनगरबाट आफै एम्बुलेन्समा आएको बताए । उनका अनुसार करिब राती १२ बजे महतो प्रतिष्ठानमा उपचारको लागि भर्ना भएका थिए । ‘उहाँ आफै एम्बुलेन्समा आउनु भएको हो, हामीले ल्याएका होइनौं’–उनले भने ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका नेता महतो आइतबार मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएका थिए । मध्यरातमा आइसियुमा भर्ना गरेर उपचार गरिएका महतोको सोमबार बिहानदेखि पेइङ वार्डमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री हुदा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका महतोलाई प्रतिष्ठानका पदाधिकारीले उपचारको लागि धरान ल्याएको चर्चा चले पनि पदाधिकारीले भने नकारेका छन् ।
महतोको टाउको र हात, खुट्टामा चोटपटक लागेकोले न्युरो सर्जन र अर्थोपेडिक चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । हाडजोर्नी विभागका सह प्राध्यापक एवं प्रतिष्ठानका डेपुटी निर्देशक पशुपति चौधरीको नेतृत्वमा उनको उपचार भइरहेको छ । चिकित्सक चौधरीका अनुसार महतोको स्वास्थ्यमा सुधार भइरहेको छ, र उनी खतरामुक्त छन् । उपचारको क्रममा महतोले चिकित्सकलाई रिगटा लागेको पनि बताएका थिए । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, जीवन खतरा छैन’–चौधरीले भने–‘टाउकोसँगै हात र खुट्टामा चोट भएको र ब्लड प्रेसर, सुगरको मात्रा बढी देखिएकोले केही दिन अब्जरवेशनमा राख्नुपरेको हो ।’ महतोले सुगरको औषधी सेवन गरिरहेको भएपनि अहिले मात्रा बढेको देखिएको हो ।चिकित्सक चौधरीका अनुसार महतोको टाउकोको छाला(स्काइभ)मा चोट लागेर रगत जमेको भएपनि भित्र ब्रेनमा चोट देखिएको छैन । यस्तै, देब्रे हातको साहिली औला थोरै क्र्याक देखिएको छ भने दाहिने खुट्टाको तीघ्रामा स सानो २ वटा घाउ छ । देब्रे खुट्टामा ४ सेन्टिमिटर जति घाउ छ । शरीरमा भएको चोट(घाउ)को ड्रेसिङ गरिरहनु पर्ने र सुगर, प्रेसरलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने अवस्था भएकोले चिकित्सकको निगरानीमा उपचार गरिएको चौधरीले बताए । ‘हामीले व्यक्ति बिशेषलाई भर्ना गरेर राखेको होइनौं, यहाँ आउने जो कोही विरामीलाई उपचार गर्नुपर्ने हाम्रो कर्तव्य हो, उहाँको लागि पनि त्यही गरिरहेका छौं’–उनले भने–‘प्रेसर र सुगर बढी छ, टाउकोमा चोट लागेकोबेला बिशेष ख्याल गर्नुपर्छ ।’ प्रतिष्ठानका उपकुलपति डाक्टर बीपी दासले बाहिर हल्ला चलेजस्तो प्रतिष्ठानले गाडी पठाएर ल्याएको नभई घाइते महतो विराटनगरबाट आफै एम्बुलेन्समा आएको बताए । उनका अनुसार करिब राती १२ बजे महतो प्रतिष्ठानमा उपचारको लागि भर्ना भएका थिए । ‘उहाँ आफै एम्बुलेन्समा आउनु भएको हो, हामीले ल्याएका होइनौं’–उनले भने ।


Comments
Post a Comment