धराने एमेच्योर खेलाडी शिवकुमार शीर्षस्थानमा

धरान । एमेच्योर खेलाडी शिवकुमार माझीले सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा दोस्रो दिनको खेल सकिदा कुल ४ अण्डर १३६ स्कोरका साथ शीर्षस्थानमा उक्लिएका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा माझीले पहिलो दिन झै दोस्रो दिन पनि २ अण्डर ६८ को कार्ड बनाए ।
बिहिबार दोस्रो स्थानबाट खेल शुरु गरेका माझीले फ्रन्ट नाईनमा ३ अण्डर ३३ स्कोर खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो र छैटौं होलमा वर्डी गर्दै स्ट्रोक जोगाए भने दोस्रो होलमा बुगी खेलेका थिए । यस्तै, ब्याक नाइनमा एक ओभर ३६ स्को खेल्ने क्रममा १२ औं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाए पनि १३ र १७ आंै होलमा बुगी खेल्दै स्ट्रोक खेर फाले । नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ कुल २ अण्डर १३८ स्कोरका साथ दोस्रो स्थान छन् । उनी व्यावसायिक खेलाडीतर्फ भने अगाडि छन् ।
शिवरामले पनि पहिलो दिन झै एक अण्डर ६९ स्कोर खेलेका थिए । फ्रन्ट नाईन २ अण्डर ३३ खेल्ने क्रममा उनले पहिलो, दोस्रो, तेस्रो र पाँचौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि पार ३ को चौथो होलमा डबल बुगी खेपेका थिए । यस्तै, ब्याक नाईन एक ओभर ३६ खेल्ने क्रममा उनले १४ आंै र १६ औं होलमा बर्डी खेले भने १ औं, १५ औं र १७ औं होलमा बुगी खेपेका थिए ।
दोस्रो दिन लेभर पार ७० स्कोर गरेका भुवन नगरकोटी कुल एक अण्डर १३९ स्कोरका साथ छन् । उनले फ्रन्ट नाईनमा एक ओभर ३६ खेल्ने क्रममा तेस्रो र पाँचौं होलमा बर्डी खेले भने दोस्रो, सातौं र आठौं होलमा बुगी खेपे । यस्तै, ब्याक नाईन एक अण्डर ३४ खेल्ने क्रममा उनले १३ औं, १४ औं र १८ औं होलमा बुर्डी खेल्दै स्ट्रोक जोगाए भने १० औं र १७ औं होलमा बुगी खेलेका थिए । उनले पहिलो दिन १ अण्डर ६९ स्कोर खेलेका थिए ।
पहिलो दिन शीर्ष स्थानमा रहेका साविक विजेता सञ्जय लामा दोस्रो दिन ३ ओभर ७३ को खराब प्रर्दशन गर्दै कुल लेभल पार १४० स्कोरसहित चौथो स्थानमा झरेका छन् । फ्रन्ट नाईनमा ३ ओभर ३८ को कार्ड बनाउने क्रममा उनले पार ४ को पहिलो होलमा नै ३ बुगी खेपे । तेस्रो, सातौं र नवौं होलमा पनि बुगी खेपेका उनले दोस्रो, पाँचौं र छैटौं होलमा भने वर्डी गरेका थिए । यस्तै, ब्याक नाइन लेभर पार ३५ कार्ड बनाउने क्रममा पार ४ को १४ औं होलमा इगल र १८ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए भने १०औं, ११ औ र १३औं होलमा बुगी खेलेका थिए ।
पहिलो दिन दोस्रो स्थानमा रहेका स्थानीय बलभद्र राई(मणी) दोस्रो दिन खराब प्रर्दशन गर्दै कुल एक ओभर १४१ स्कोरका साथ पाँचौं स्थानमा पुगे । पहिलो दिन २ अण्डर ६८ स्कोर गरेका उनले बिहिबार ३ ओभर ७३ को कार्ड बनाए । यसैगरी, कुल २ ओभर १४२ समान स्कोरका साथ थामबहादुर राई, धनबहादुर थापा र पुर्ण शर्मा संयुक्तरुपमा छैटौं स्थानमा छन् भने कुल ७ ओभर १४७ समान स्कोरसहित रामे मगर र रमेश अधिकारी संयुक्तरुपमा नवौं स्थानमा छन् । एमेच्योरतर्फ कुल ३ ओभर १४३ स्कोरका साथ स्थानीय शुक्रबहादुर राई दोस्रो स्थानमा छन् । दोस्रो दिनको खेल सकिदा शिर्ष २१ स्थानमा रहेका २८ खेलाडी तेस्रो तथा अन्तिम दिनको लागि छनौट भएका छन् । तीमध्ये ६ जना एमेच्योर खेलाडी छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे