धराने युवा चीनमा गल्फ खेल्न जाने


धरान । निर्वाणा गल्फ कोर्षमा क्याडी बोई बन्दा उनी आठ बर्षका मात्र थिए । क्याडी मास्टर शुक्र राईको घरमा बस्थे । उनैको पछि लागेर ८ बर्षीय शिवराज(शिवकुमार) माझी सन् २००३ मा गल्फ कोर्ष छिरेका थिए ।
कोर्षमा शिवराज करिब ९ बर्ष क्याडी बोइमा सिमित रहे । बेला बेला अभ्यास भने गर्थे । बिहान ७ बजेदेखि ९ बजेसम्म क्याडी गर्थे । त्यसपछि स्कल जाने उनी पुनः दिउँसो ३ बजेतिर कोर्षमा आइपुग्थे । सन् २०१२ मा मात्रै उनले एमेच्योर खेलाडीकोरुपमा १८ ह्याण्डीक्याप लिएर स्पर्धाहरुमा सहभागी हुन थाले । धरानमा हुने प्रतियोगिताहरुमा भाग लिदा उनको मनमा काठमाण्डौंसम्म खेल्न जाने रहर असाध्यै पलाउथ्यो । बीस बर्षीय तिनै शिवराजले काठमाण्डांैको गल्फ कोर्षमात्रै टेकेनन्, आफ्नो खेल कौशल प्रर्दशन गर्दै अन्र्तराष्ट्रिय प्रतियोगितामा जाने सुनौलो अवसर पनि पाएका छन् ।
शिवराज गत सेप्टेम्बर २१, २१ र २३ मा गोकर्ण फरेष्ट एण्ड गल्फ रिसोर्टमा सम्पन्न सर निक फाल्डो सिरिज नेपाल च्याम्पियन २०१५ मा यु २१ मा च्याम्पियन बने । यो जितले उनलाई सन् २०१६ को मार्चमा चीनको संघाईस्थित मिशन हिल गल्फ कोर्षमा हुने सर निक फाल्डो सिरिजको विश्व च्याम्पियनसिपमा सहभागी हुने ढोका खुल्यो । त्यसैको लागि उनी अहिले घरेलु गल्फ कोर्षमा निरन्तर अभ्यासमा छन् । ‘पहिला काठमाण्डौंमा खेल्न जाने खुब रहर हुन्थ्यो, अहिले विदेशमा मौका पाएको छुँ, त्यसैले तयारी राम्रो गर्नुपर्ने छ’–अभ्यासको क्रममा कोर्षमा भेटिएका २० बर्षीय शिवराजलले भने–‘दिउँसो १ बजेदेखि ९ होल खेल्छु, त्यसपछि २ घण्टाजति वल हान्छु । बेलुकी ५ बजेसम्म अभ्यासमा हुन्छु ।’

त्यसो त सर निक फाल्डो सिरिजमा विदेश जान उनले यसअघि नै मौका पाएका थिए । सन् २०१३ को छनौट प्रतियोगितमा उनी रनरअप भएका थिए । त्यसबेला उनलाई मलेसिया जाने अवसर थियो । तर, पासपोर्ट नभएर उनी रोकिए । सानैदेखि गल्फ खेल रमाउन पुगेका शिवराजको ध्यान अन्य खेलतिर गएन । प्रतियोगिता खेल्न थालेको छोटो समयमा नै उनले आफुलाई सम्भावना बोकेको उदयीमान् खेलाडीकोरुपमा उभ्याईसकेका छन् । प्रतियोगिता खेल्न शुरु गरकै बर्ष उनी यु २० इष्र्टन रिजन जुनियर च्याम्पियन २०१२ र २०१३ को च्याम्पियन बनेका थिए भने २०१४ मा रनरअप बने । पुनः २०१५ मा च्याम्पियन भए । क्याडीहरुबीचको प्रतियोगिता हुदा उनी ३ पटकसम्म ग्रस विजेता बने । सन् २०१३ मा यु १८ सिएमएस कप पनि उनले जितेका थिए । 
ह्याण्डीक्याप १८ बाट शुन्यमा झारिसकेका छन् । अर्को बर्ष पि.क्यु.(प्रोफेस्नल क्वालिफाइ रेकी) खेलेर प्रो.टर्न हुने उनको योजना छ । स्थानीय व्यावसायिक खेलाडी सुमन राई र सविन सापकोटाको क्याडी भएर पनि उनले धेरै खेल कौशल बटुले । रिकी फोलर उनका मनपर्ने विदेशी खेलाडी हुन् भने नेपालका सञ्जय लामा हुन् । व्यावसायिक प्रतियोगिता नहुदा उनी अझै पनि क्याडी गर्छन् । पहिला ९ होलको ३५ र १८ होलको ७० रुपैया थाप्थे । अहिले क्रमशः २ सय र ४ सय ५० पाउछन् । धरान गफ क्लबले धेरै सहयोग गरेको उनी सुनाउछन् । हाल बेलायतमा रहेकी धराने महिला गल्फर शुसिला राईले खेल सामग्री पठाइदिने गरेको उनको भनाई छ । ‘तत्काल चीनमा राम्रो खेल्ने लक्ष्य छ । भविष्यमा पनि गल्फ नै खेल्दै जाने हो । व्यावसायिक खेलाडी बन्ने सोच छ’–उनी भन्छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे