बास्केटवलको उपाधि स्ट्यागलाई(फोटोफिचर)

रोमाञ्चक फाइनल खेलमा स्ट्यागले उपाधि दाबेदार मानिएको होराइजनलाई ४०–३७ स्कोरको झिनो अन्तरले हरायो । स्ट्यागले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः ११, ६, १२ र ११ स्कोर गरेको थियो भने होराइजनले क्रमशः ७, ८, ७ र १५ स्कोर गरेको थियो । फाइनल खेलको पहिलो क्वार्टरमा स्ट्यागले ११–७ स्कोर गर्दै अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा होराइजनले ८–६ स्कोर गर्दै स्ट्यागसँगको अन्तर घटाउने प्रयास गरेपनि तेस्रो क्वार्टरमा पुनः स्ट्यागले १२ –७ स्कोर गर्दै अंक फराकिलो बनायो । अन्तिम क्वार्टरमा होराइजनले १५ – ११ स्कोर गर्दै अग्रता कायम राखेपनि स्ट्यागलाई उपाधि विजेता हुनबाट रोक्न सकेन ।
विजेता टिमले नगद १५ हजार, च्याम्पियन ट्रफी र प्रमाणपत्र हात पार्यो भने उपविजेताले नगद ८ हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित हुदै स्ट्यागका विवेकमणी श्रेष्ठले नगद १ हजार ५ सयसहित ट्रफी हात पारे भने आयोजक सप्तरंगी बास्केटवल क्लबका खेलाडी विधान राईले उदयीमान खेलाडी घोषित हुदै नगद १ हजार र ट्रफी थापे । विजेता, उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि एवं सांसद कृष्णकुमार राई, बिशेष अतिथि एवं बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, सुलभ बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन श्रेष्ठ, सेपाक टेक्रो संघका अध्यक्ष वीरेन्द्र लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए । जेठ २७ देखि आयोजित प्रतियोगितामा धरान, इटहरी(तरहरा) र इलामका दर्जन बढी टिमले भाग लिएको थियो । धरानबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्य लिइएको प्रतियोगिता हरेक बर्ष निरन्तर आयोजना गरिने आयोजकले जनाएको छ ।
Comments
Post a Comment