खानेपानी आयोजना विवाद उत्कर्षमा:२ अर्बको आयोजनाको म्याद गुज्रियो,तर काकाकुल धरान
धरान,चैत १० । एडिबिको ऋण तथा अनुदानमा सञ्चालित धरान खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सिस्टमको रिजर्ब वेयर(पानीटंकी) बनाउन धरान उपमहानगरपालिकाले ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा जेसिबि लगाएर खन्न थालेपछि पाँच दिनदेखि आयोजना विवाद चर्केर उत्कर्षमा पुगेको छ ।
युवा कार्यकर्ताहरुसहित मेयर, उपमेयर विवादित दरबार क्षेत्रमा टंकी खन्न पुगेको दुई दिनपछि चैत ७ गते विरोधी पक्षले जेसिबिमा आक्रमण गरेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । चार किराती संस्थासँग १८ बुँदे सहमति भएपनि लिम्बुवानको एजेण्डा बोक्ने राजनीतिक दलसहितका संस्थाहरु भने सहमतिको विपक्षमा छन् । असन्तुष्ट पक्षलाई वार्तामा बोलाउनुको सट्टा युवा कार्यकर्ताको आडमा ऐतिहासिकस्थल मास्न अग्रसर भएको भन्दै सामाजिक सञ्जालहरुमा मेयर तारा सुब्बाको चर्को आलोचना भइरहेको छ ।
लिम्बूवानसहितको एक पक्ष ऐतिहासिक दरबार क्षेत्रमा नभई अन्यत्र पानीटंकी बनाउनुपर्ने माग गरिरहेको छ भने स्थानीय सरकार, उसको समर्थक र आयोजना कार्यान्वयन इकाई(आइयुडिपि)त्यही ठाउँबाहेक अन्यत्र टंकी बनाउन नसकिने अडानमा छ । झडप भएपछि भने खन्ने काम स्थगित गरेर उपमहानगरपालिकाले असन्तुष्ट पक्षलाई वार्ताको आह्वान गरेका छन् । गत बर्ष टंकी बनाउन दरबार क्षेत्रको एक सय १७ वटा रुखहरु काटिएदेखि नै आयोजना विवादमा फसेको थियो । एउटा पानीटंकीको बिषयले धरान विभाजित बनिरहेको ठिक यही बेला घरको धारामा नियमित खानेपानी नआएर धरानबासीहरु काकाकुल अवस्थामा छन् ।
.....................................................................
पानीको चरम अभाव हुनुमा सुख्खा याम मात्र कारण भने होइन । विगत ३ बर्षदेखि धरानमा खानेपानी आयोजना शुरु भएपछि संस्थाले पानी स्रोत वा उत्पादन बढाउन चासो दिएको छैन । तर, यही समयमा उसले ५ हजारभन्दा बढी नयाँ धाराहरु भने जडान गरिसकेको छ । पानी उत्पादनमा वृद्धि नहुने तर उपभोक्ताको संख्या बृद्धि भएपछि चरम संकट हुन पुगेको संस्थान स्रोतको भनाई छ ।संस्थानका प्रमुख श्रेष्ठ पनि यो कुरा स्वीकार गर्छन् । ‘एडिबिको आयोजना आएपछि तीन बर्षदेखि केन्द्रीय कार्यालयले पानी उत्पादन बढाउन बजेट दिएको छैन, हामीले ३ बर्षअघिकै स्रोतबाट काम चलाइरहेका छौं तर ग्राहक संख्या भने बृद्धि भएको छ,’उनी भन्छन्,‘उपभोक्ताहरुलाई धारा नदिएर खानेपानीबाट बञ्चित गर्न पनि त सक्दैनौं ।’ उनका अनुसार हाल संस्थानको ग्राहक संख्या १९ हजार २ सय नाघी सकेको छ ।
.............................................................
आयोजनाको पञ्चकन्या सिस्टमको रिजर्ब वेयर निर्माण हुन नसकेपनि अन्य सिस्टमहरुमा भने कुनै अवरोध पुगेको छैन । ती सिस्टमको काम सम्पन्न गरेर आयोजनाले खानेपानी वितरण गर्ने वा संस्थानको सिस्टममा जोडेर पानी दिने हो भने अहिलेको संकटबाट नगरबासीले मुक्ति पाउने संस्थानको भनाई छ । अहिले धरानमा देखिएको खानेपानी संकटसँग विजयपुरको टंकी बन्नु र नबन्नुको सरोकार नभएको संस्थान स्रोतको भनाई छ । ‘आइयुडिपिले काम सकेको सिस्टमबाट जंगलको पम्पिङ गरी उत्पादन गरेको पानी वितरण गरिदिने हो भने वा संस्थानकै सिस्टममा दिने हो भने पनि यो हाहाकार टर्छ । विजयपुरको टंकी बन्नु र नबन्नुसँग सरोकार छैन । त्यहाँ सर्दु खर्दुको पानी राख्ने हो,’संस्थान स्रोतले भन्यो,‘प्रोजेक्ट मेनेजर(राजु पोख्रेल) र मेयरलाई पनि भेटेर यो कुरा भनिसकेको हो, तर त्यतातिर ध्यान नपुगेको हो कि जस्तो भएको छ ।’ आयोजनाले धरान १७ र ११ का नयाँ उपभोक्तालाई मात्र रेल्वे सिस्टमबाट पानी वितरण गरेको छ ।
विजयपुरमा बनाउने भनिएको टंकी वडा नं १४ विजयपुरको लागि हो । त्यहाँ चारकोशे जंगलको पानी पुर्याएर वितरण गरिने होइन । संस्थाने सर्दु–खर्दु मुहानको पानीलाई इन्टेकबाट सिधै पम्प गरेर वितरण हुदै आएको विजयपुरमा अब फ्रुसेस्थित ओभरहेड टंकीबाट सम्पवेल हुदै बुस्टरमार्फत रिजर्ब वेयरमा पुर्याएर विजयपुरबासीलाई वितरण गर्ने योजना हो । पञ्चकन्या सिस्टमको काम थाती राखेर अन्य सिस्टमबाट जंगलको पम्प गरेको खानेपानी वितरण गर्न आयोजना र उपमहानगरपालिकाले पहल गरेको भए धरानबासीले पानी संकटबाट मुक्ति पाउने खानेपानी संस्थानको भनाई छ । ‘आयुडिपीले जंगलको पम्पिङ गरेको पानी आरबिटिमा ल्याएर खसालेको छ, अब त्यहाँबाट १६ इञ्चीलाइनको सिस्टममा जोड्न र इन्टर कनेक्सन बाँकी छ जस्तो देखिन्छ । यति जोडियो भने धरानलाई पर्याप्त पानी पुग्छ,’संस्थान स्रोतले भन्यो,‘काम सकेको पिण्डेश्वरको रिजर्ब वेयरमार्फत र संस्थानको टंकीमा पानी दिएर समस्या हल हुन्छ ।’
जंगलस्थित आरबिटिबाट गएको १६ इञ्ची पाइप वरगाछीस्थित रानी पेट्रोल पम्पमा पुगेर एउटा १२ इञ्जी पाइप पिण्डेश्वर सिस्टममा जान्छ भने अर्को १० इञ्ची पाइप खानेपानी संस्थानको मा जान्छ । तर, आरबिटि टंकीबाट सिस्टममा कनेक्सन गर्न ढिलाई हुदा आयोजनाले थप भएको समयमा पनि उपभोक्तालाई पानी खुवाउन नसकेको हो । आयोजना प्रमुख राजु पोख्रेल पञ्चकन्या सिस्टमबाहेक अन्यत्र कुनै रोकावट नभएको स्वीकार गर्दै चैत महिनाभित्र पानी वितरण हुने बताउछन् । ‘जंगलको ४ वटा पम्पबाट पानी झिकीसकेको छौं, अब पिण्डेश्वर र संस्थानको टंकीमा जोडेर वितरण गर्न मात्र बाँकी छ,’उनले भने,‘१० दिन जति लाग्नसक्छ, पिण्डेश्वर सिस्टम र संस्थानबाटै पानी दिन्छौं ।’ ठेकेदार कम्पनीका प्रतिनिधि सरोज पोख्रेलका अनुसार बुस्टर सिस्टमको सामान आउन बाँकी भएकोले जंगलबाट पम्प गरेको पानी वितरण गर्न नसकिएको हो । सामान अर्डर भइसकेकोले चैत भित्रमा काम सकिने उनको भनाई छ ।
युवा कार्यकर्ताहरुसहित मेयर, उपमेयर विवादित दरबार क्षेत्रमा टंकी खन्न पुगेको दुई दिनपछि चैत ७ गते विरोधी पक्षले जेसिबिमा आक्रमण गरेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । चार किराती संस्थासँग १८ बुँदे सहमति भएपनि लिम्बुवानको एजेण्डा बोक्ने राजनीतिक दलसहितका संस्थाहरु भने सहमतिको विपक्षमा छन् । असन्तुष्ट पक्षलाई वार्तामा बोलाउनुको सट्टा युवा कार्यकर्ताको आडमा ऐतिहासिकस्थल मास्न अग्रसर भएको भन्दै सामाजिक सञ्जालहरुमा मेयर तारा सुब्बाको चर्को आलोचना भइरहेको छ ।
लिम्बूवानसहितको एक पक्ष ऐतिहासिक दरबार क्षेत्रमा नभई अन्यत्र पानीटंकी बनाउनुपर्ने माग गरिरहेको छ भने स्थानीय सरकार, उसको समर्थक र आयोजना कार्यान्वयन इकाई(आइयुडिपि)त्यही ठाउँबाहेक अन्यत्र टंकी बनाउन नसकिने अडानमा छ । झडप भएपछि भने खन्ने काम स्थगित गरेर उपमहानगरपालिकाले असन्तुष्ट पक्षलाई वार्ताको आह्वान गरेका छन् । गत बर्ष टंकी बनाउन दरबार क्षेत्रको एक सय १७ वटा रुखहरु काटिएदेखि नै आयोजना विवादमा फसेको थियो । एउटा पानीटंकीको बिषयले धरान विभाजित बनिरहेको ठिक यही बेला घरको धारामा नियमित खानेपानी नआएर धरानबासीहरु काकाकुल अवस्थामा छन् ।
.....................................................................
स्रोत उही, ग्राहक बढेको बढ्यै
धरानमा उपभोक्ताहरुलाई खानेपानी वितरणको जिम्मा खानेपानी संस्थानको धरान शाखाको हो । संस्थान पनि चाडै खानेपानी व्यावस्थापन बोर्डमा गाभिनेछ । शाखाका अनुसार फागुनदेखि जेठ महिनासम्म सुख्खा याममा सतहगत पानी कमी हुनाले जहिल्यै पानीको अभाव हुन्छ । संस्थानका अनुसार धरानमा दैनिक कम्तीमा ३ करोड लिटर खानेपानीको माग छ । तर, सुख्खा याममा भने १ लाख २० करोडको हाराहारीमा मात्र पानी उत्पादन हुन्छ । चारकोशे जंगलमा रहेको संस्थानको ४ वटा वेलबाट ७० लाख लिटर र सतहगत(सर्दु–खर्दु)बाट ५० लाख लिटर मात्र पानी आपूर्ति हुन्छ । यही बेला लोडसेडिङ भईदिदा र पम्पमा खराबी हुदा खानेपानी आपूर्तिमा झनै समस्या आइदिने संस्थानको भनाई छ । ‘अस्ति एक दिन ८ घण्टा लाइन गयो, अर्को दिन ४ घण्टा गयो । एउटा पम्प बिग्रीएको थियो, त्यसलाई बनाइसक्यौं,’संस्थानका प्रमुख रामकुमार श्रेष्ठ भन्छन्,‘धरानलाई २ भागमा बाडेर दिन बिराएर पानी दिइरहेका छौं ।’ संस्थानले दिन बिराएर पानी दिइरहेको बताएपनि उपभोक्ताहरुको घरमा भने पानी नआएको थुप्रै दिन भइसकेको छ ।पानीको चरम अभाव हुनुमा सुख्खा याम मात्र कारण भने होइन । विगत ३ बर्षदेखि धरानमा खानेपानी आयोजना शुरु भएपछि संस्थाले पानी स्रोत वा उत्पादन बढाउन चासो दिएको छैन । तर, यही समयमा उसले ५ हजारभन्दा बढी नयाँ धाराहरु भने जडान गरिसकेको छ । पानी उत्पादनमा वृद्धि नहुने तर उपभोक्ताको संख्या बृद्धि भएपछि चरम संकट हुन पुगेको संस्थान स्रोतको भनाई छ ।संस्थानका प्रमुख श्रेष्ठ पनि यो कुरा स्वीकार गर्छन् । ‘एडिबिको आयोजना आएपछि तीन बर्षदेखि केन्द्रीय कार्यालयले पानी उत्पादन बढाउन बजेट दिएको छैन, हामीले ३ बर्षअघिकै स्रोतबाट काम चलाइरहेका छौं तर ग्राहक संख्या भने बृद्धि भएको छ,’उनी भन्छन्,‘उपभोक्ताहरुलाई धारा नदिएर खानेपानीबाट बञ्चित गर्न पनि त सक्दैनौं ।’ उनका अनुसार हाल संस्थानको ग्राहक संख्या १९ हजार २ सय नाघी सकेको छ ।
.............................................................
आयोजनाको म्याद गुज्रियो, पानी वितरण भएन
२०१७ जुन महिनासम्म निर्माण कार्य सकेर नगरबासीलाई चौबिसै घण्टा पानी खुवाउने आश्वासनसहित तीन बर्षअघि एडिबिबाट २२ मिलियन डलर(करिब सवा २ अर्ब) ऋण तथा अनुदानमा एकीकृत शहरी विकास आयोजनाअन्र्तगत खानेपानी आयोजना शुरु भएको थियो । शुरुवातदेखि नै विवादमा फसेको आयोजनाले तोकिएको समयमा सम्पन्न हुन सकेन । थप भएको ९ महिनाको समय सकिन पनि एक साता मात्र बाँकी छ । थप भएको म्याद १ अप्रिल सन् २०१८ मा सकिदैछ । पछिल्लो समय पञ्चकन्या सिस्टमको रिजर्ब वेयर निर्माण विवादमा फसेको आयोजनाले प्राविधिक करणले ढिलाई भएको प्रतिक्रिया दिने गरेको छ ।आयोजनाको पञ्चकन्या सिस्टमको रिजर्ब वेयर निर्माण हुन नसकेपनि अन्य सिस्टमहरुमा भने कुनै अवरोध पुगेको छैन । ती सिस्टमको काम सम्पन्न गरेर आयोजनाले खानेपानी वितरण गर्ने वा संस्थानको सिस्टममा जोडेर पानी दिने हो भने अहिलेको संकटबाट नगरबासीले मुक्ति पाउने संस्थानको भनाई छ । अहिले धरानमा देखिएको खानेपानी संकटसँग विजयपुरको टंकी बन्नु र नबन्नुको सरोकार नभएको संस्थान स्रोतको भनाई छ । ‘आइयुडिपिले काम सकेको सिस्टमबाट जंगलको पम्पिङ गरी उत्पादन गरेको पानी वितरण गरिदिने हो भने वा संस्थानकै सिस्टममा दिने हो भने पनि यो हाहाकार टर्छ । विजयपुरको टंकी बन्नु र नबन्नुसँग सरोकार छैन । त्यहाँ सर्दु खर्दुको पानी राख्ने हो,’संस्थान स्रोतले भन्यो,‘प्रोजेक्ट मेनेजर(राजु पोख्रेल) र मेयरलाई पनि भेटेर यो कुरा भनिसकेको हो, तर त्यतातिर ध्यान नपुगेको हो कि जस्तो भएको छ ।’ आयोजनाले धरान १७ र ११ का नयाँ उपभोक्तालाई मात्र रेल्वे सिस्टमबाट पानी वितरण गरेको छ ।
विजयपुरमा बनाउने भनिएको टंकी वडा नं १४ विजयपुरको लागि हो । त्यहाँ चारकोशे जंगलको पानी पुर्याएर वितरण गरिने होइन । संस्थाने सर्दु–खर्दु मुहानको पानीलाई इन्टेकबाट सिधै पम्प गरेर वितरण हुदै आएको विजयपुरमा अब फ्रुसेस्थित ओभरहेड टंकीबाट सम्पवेल हुदै बुस्टरमार्फत रिजर्ब वेयरमा पुर्याएर विजयपुरबासीलाई वितरण गर्ने योजना हो । पञ्चकन्या सिस्टमको काम थाती राखेर अन्य सिस्टमबाट जंगलको पम्प गरेको खानेपानी वितरण गर्न आयोजना र उपमहानगरपालिकाले पहल गरेको भए धरानबासीले पानी संकटबाट मुक्ति पाउने खानेपानी संस्थानको भनाई छ । ‘आयुडिपीले जंगलको पम्पिङ गरेको पानी आरबिटिमा ल्याएर खसालेको छ, अब त्यहाँबाट १६ इञ्चीलाइनको सिस्टममा जोड्न र इन्टर कनेक्सन बाँकी छ जस्तो देखिन्छ । यति जोडियो भने धरानलाई पर्याप्त पानी पुग्छ,’संस्थान स्रोतले भन्यो,‘काम सकेको पिण्डेश्वरको रिजर्ब वेयरमार्फत र संस्थानको टंकीमा पानी दिएर समस्या हल हुन्छ ।’
जंगलस्थित आरबिटिबाट गएको १६ इञ्ची पाइप वरगाछीस्थित रानी पेट्रोल पम्पमा पुगेर एउटा १२ इञ्जी पाइप पिण्डेश्वर सिस्टममा जान्छ भने अर्को १० इञ्ची पाइप खानेपानी संस्थानको मा जान्छ । तर, आरबिटि टंकीबाट सिस्टममा कनेक्सन गर्न ढिलाई हुदा आयोजनाले थप भएको समयमा पनि उपभोक्तालाई पानी खुवाउन नसकेको हो । आयोजना प्रमुख राजु पोख्रेल पञ्चकन्या सिस्टमबाहेक अन्यत्र कुनै रोकावट नभएको स्वीकार गर्दै चैत महिनाभित्र पानी वितरण हुने बताउछन् । ‘जंगलको ४ वटा पम्पबाट पानी झिकीसकेको छौं, अब पिण्डेश्वर र संस्थानको टंकीमा जोडेर वितरण गर्न मात्र बाँकी छ,’उनले भने,‘१० दिन जति लाग्नसक्छ, पिण्डेश्वर सिस्टम र संस्थानबाटै पानी दिन्छौं ।’ ठेकेदार कम्पनीका प्रतिनिधि सरोज पोख्रेलका अनुसार बुस्टर सिस्टमको सामान आउन बाँकी भएकोले जंगलबाट पम्प गरेको पानी वितरण गर्न नसकिएको हो । सामान अर्डर भइसकेकोले चैत भित्रमा काम सकिने उनको भनाई छ ।
Comments
Post a Comment