भारतबाट विन विन नेटवर्किङको अवैध धन्दा, हजारौं नेपाली युवाहरु फन्दामा
धरान,चैत १० । मिस्त्री काम गरेर भएपनि परिवार पालिरहेका धरान १७ का कुमार तामाङलाई चिनजानको साथीले भारतमा राम्रो कम्पनीमा जागिर पाइने कुरा सुनाए । त्यसको लागि पहिला भारतमा गएर तालिम लिनुपर्ने र पास भएपछि भारु ३५, ४० हजार तलब पाइने कुरा पनि सुनाए ।
कुमारलाई यो कुरा स्थानीय प्रकाश राईले सुनाएका थिए । उनलाई पनि उदयपुरका साथी अनिल राईमार्फत सुनेका थिए । दुवै भारत जान सहमत भएपछि अनिलले उनीहरुलाई गत साउन महिनामा भारतको उत्तर प्रदेशस्थित वनारसमा तालिम दिलाउन पुर्यायो । कम्पनीको नाम थियो, विन विन ट्रेडमार्ट प्रालि । एक साताको तालिममा उनीहरुको दिमागमा मनग्ये कमाई हुन्छ भन्नेबाहेक अरु केही घुसेन । प्रशिक्षकहरुको कुरा सुन्दा लाग्थ्यो, अब करोडपति चाडै भइञ्छ । तालिममा दैनिक ५० जना नयाँ नेपाली युवाहरु पुग्थे । सबै संख्या हिसाब गर्दा पनि सात दिनमा हजारौंको संख्यामा नेपाली युवाहरु थिए ।
तालिम सकेर मौखिक परीक्षा लिइयो । त्यसबेला पो उनीहरुले थाह पाए, त्यहाँ जागिर पाइने होइन, व्यापार गर्न लगानी गर्नुपर्ने रहेछ । लगानी गर्नको लागि विदेश जान भन्दै ऋण लिनु भन्दै कम्पनीका मान्छेहरुले नै उपाय सुझाए । राम्रो काम गर्दा ५ बर्षमा ५ करोड कमाई हुन्छ भन्दै सपना देखाए । तालिम लिएर घर आएपछि सबै जसोले वैदेशिक रोजगारीमा जाने भन्दै ऋण लिए । कसैले २ लाख त कसैले १ लाखसम्म पैसा बुझाएका ती युवाहरु अहिले रुनु न हाँस्नु अवस्थामा पुगेका छन् ।
जाखिर खाने आश्वासनमा भारतमा पुगेका धरानका युवाहरु नजानिदो तरिकाले नेपालमा अवैध मानिएको नेटवर्किङ बिजनेशमा फसेको त्यति बेला चाल पाए, जब कम्पनीले उनीहरुलाई तलब(पैसा) पाउनलाई थप ५ जना सदस्य बनाउनुपर्छ भन्ने उर्दी दियो । करिब ८ महिनासम्म पैसा फिर्ताको आशामा बसेका युवाहरु अहिले आफुजस्तो अरु नेपाली युवाहरु नफसुन् भन्ने चाहना राखेर घटनालाई सार्वजनिक गरेका छन् । धरान १७ का वडाअध्यक्ष मनोज भटराईलाई पीडा सुनाउन पुगेका उनीहरु अध्यक्षमार्फत पत्रकार, प्रहरी र उपमहानगरपालिकासम्म पुगेका हुन् । विन विनबाट पीडित बनेका धरान र झापाका पीडित ६ जना युवाहरुले मंगलबार केही पत्रकारहरुसँग कुरा गर्दै भने,‘हामी त फसिहाल्यौं, अब अरु कोही पनि नेपाली युवाहरु नफसोस् भन्न चाहन्छौं ।’
धरानका कुमार, प्रकाशसँगै रुपेश लिम्बु, मानबहादुर तामाङ, प्रमिसा लिम्बू र झापा गाउँपालिका ७ का लुम्भकर्ण राईले गुपचुपरुपमा नेटवर्किङ व्यावसायले हजारौं नेपाली युवाहरुलाई डुबाइरहेको घटना सार्वजनिक गरेका हुन् । भारतमा दर्ता भएको विन विन कम्पनीलाई लुम्भले २ लाख, कमलले १ लाख ९६ हजार र प्रकाशले १ लाख ५० हजार बुझाएको बताएका छन् । यस्तै, मानबहादुर, रुपेश र प्रमिसाले जनही एक एक लाख रुपैया बुझाएका थिए । ‘विदेश जाने भनेर ऋण काढेर बुझायौं, नेटवर्किङ रहेछ । हामी त डुबिहाल्यांै, अब अरु पनि नडुबोस भन्ने चाहन्छौं,’कुमारले भने,‘देशैभरिबाट हामीजस्ता युवाहरु भारतमा लगेर नेटवर्किङमा फसाइरहेका छन् ।’
विर्तामोडमा कक्षा १२ मा पढ्दा पढ्दै साथीले एकाउण्टेण्टमा जागिर पाइन्छ भनेपछि भारत गएका लुम्भकर्ण पनि अहिले पछुताइरहेका छन् । दशैं अघि उनले पनि ऋण काढेर पैसा बुझाएका थिए । उनका अनुसार ७ दिनको तालिमपछि मात्र कम्पनीले सेयर लगानी गरेर बिजनेश गर्नुपर्ने जानकारी गराउछ । त्यतिबेलासम्म युवायुवतीहरुलाई मनग्ये कमाउने सपना देखाइसकेका हुन्छन् । ‘हाम्रो माइण्ड यति वास गरिदिन्छ कि पैसा कमाउने सपनाबाहेक केही पनि देखिदैन, अनि पैसा बुझाइसकेर ५ जना सदस्य बनाउनुपर्छ भनेपछि मात्र झसंग हुन्छौं,’उनले भने । पीडित युवाहरुका अनुसार नेपालभरि विन विनको एजेण्टकोरुपमा सयौं व्यक्तिहरु सक्रिय छन् । आफु फसिसकेका युवाले लगानी उकास्न थप ५ जना युवाहरुलाई अनेक प्रलोभन देखाएर भारत पुर्याउछन् । कतिले पैसा लिएपछि सम्पर्कविहिन हुन्छन् । ‘हामीलाई वनारस पुर्याउने अनिल राई मेरो साथी हो, पैसा दिएपछि सम्पर्कविहिन भयो । अहिले कतारमा रहेछ,’प्रकाश राईले भने,‘५ जना बनाएपछि अरु बनाउन नपर्ने, आफुले बनाएकाले नै अरु सदस्य बनाउने, यसरी बढ्दै जाने रहेछ ।’ पीडित युवाहरुले इलाका प्रहरी कार्यालयमा मंगलबार ठाडो निवेदन दिएका छन् । डिएसपी रामेश्वर पौडेलले नेटवर्किङ व्यावसाय अवैध भएकोले कानुनी कारबाहीको दायरामा आउने बताए । उनले भने,‘निवेदन परेको छ, त्यस्तो विजनेश गर्न पाइदैन । यसबारेमा आवश्यक कार्वाही हुन्छ ।’
..............................................................
..................................................................
कसैलाई पनि जागिर खुवाउने भनेर नलगेको उल्लेख गर्दै उनले तालिम दिएपछि कन्भिन्स हुनेहरुलाई कम्पनीले व्यावसायको लागि लाइसेन्स दिने बताए । लाइसेन्सकै लागि मात्र कम्पनीले २ लाख २० हजार, ८० हजार र २५ हजारको ३ खालको रेट तोकेको उनको भनाई छ । ‘ठगी होइन, नेटवर्किङ टाइपको बिजनेस हो । हामीले विजनेशको लागि लाइसेन्स दिलाउछांै, उसले ५ जना सदस्य बनाउनुपर्छ,’उपाध्ययले भने ।
कुमारलाई यो कुरा स्थानीय प्रकाश राईले सुनाएका थिए । उनलाई पनि उदयपुरका साथी अनिल राईमार्फत सुनेका थिए । दुवै भारत जान सहमत भएपछि अनिलले उनीहरुलाई गत साउन महिनामा भारतको उत्तर प्रदेशस्थित वनारसमा तालिम दिलाउन पुर्यायो । कम्पनीको नाम थियो, विन विन ट्रेडमार्ट प्रालि । एक साताको तालिममा उनीहरुको दिमागमा मनग्ये कमाई हुन्छ भन्नेबाहेक अरु केही घुसेन । प्रशिक्षकहरुको कुरा सुन्दा लाग्थ्यो, अब करोडपति चाडै भइञ्छ । तालिममा दैनिक ५० जना नयाँ नेपाली युवाहरु पुग्थे । सबै संख्या हिसाब गर्दा पनि सात दिनमा हजारौंको संख्यामा नेपाली युवाहरु थिए ।
तालिम सकेर मौखिक परीक्षा लिइयो । त्यसबेला पो उनीहरुले थाह पाए, त्यहाँ जागिर पाइने होइन, व्यापार गर्न लगानी गर्नुपर्ने रहेछ । लगानी गर्नको लागि विदेश जान भन्दै ऋण लिनु भन्दै कम्पनीका मान्छेहरुले नै उपाय सुझाए । राम्रो काम गर्दा ५ बर्षमा ५ करोड कमाई हुन्छ भन्दै सपना देखाए । तालिम लिएर घर आएपछि सबै जसोले वैदेशिक रोजगारीमा जाने भन्दै ऋण लिए । कसैले २ लाख त कसैले १ लाखसम्म पैसा बुझाएका ती युवाहरु अहिले रुनु न हाँस्नु अवस्थामा पुगेका छन् ।
जाखिर खाने आश्वासनमा भारतमा पुगेका धरानका युवाहरु नजानिदो तरिकाले नेपालमा अवैध मानिएको नेटवर्किङ बिजनेशमा फसेको त्यति बेला चाल पाए, जब कम्पनीले उनीहरुलाई तलब(पैसा) पाउनलाई थप ५ जना सदस्य बनाउनुपर्छ भन्ने उर्दी दियो । करिब ८ महिनासम्म पैसा फिर्ताको आशामा बसेका युवाहरु अहिले आफुजस्तो अरु नेपाली युवाहरु नफसुन् भन्ने चाहना राखेर घटनालाई सार्वजनिक गरेका छन् । धरान १७ का वडाअध्यक्ष मनोज भटराईलाई पीडा सुनाउन पुगेका उनीहरु अध्यक्षमार्फत पत्रकार, प्रहरी र उपमहानगरपालिकासम्म पुगेका हुन् । विन विनबाट पीडित बनेका धरान र झापाका पीडित ६ जना युवाहरुले मंगलबार केही पत्रकारहरुसँग कुरा गर्दै भने,‘हामी त फसिहाल्यौं, अब अरु कोही पनि नेपाली युवाहरु नफसोस् भन्न चाहन्छौं ।’
धरानका कुमार, प्रकाशसँगै रुपेश लिम्बु, मानबहादुर तामाङ, प्रमिसा लिम्बू र झापा गाउँपालिका ७ का लुम्भकर्ण राईले गुपचुपरुपमा नेटवर्किङ व्यावसायले हजारौं नेपाली युवाहरुलाई डुबाइरहेको घटना सार्वजनिक गरेका हुन् । भारतमा दर्ता भएको विन विन कम्पनीलाई लुम्भले २ लाख, कमलले १ लाख ९६ हजार र प्रकाशले १ लाख ५० हजार बुझाएको बताएका छन् । यस्तै, मानबहादुर, रुपेश र प्रमिसाले जनही एक एक लाख रुपैया बुझाएका थिए । ‘विदेश जाने भनेर ऋण काढेर बुझायौं, नेटवर्किङ रहेछ । हामी त डुबिहाल्यांै, अब अरु पनि नडुबोस भन्ने चाहन्छौं,’कुमारले भने,‘देशैभरिबाट हामीजस्ता युवाहरु भारतमा लगेर नेटवर्किङमा फसाइरहेका छन् ।’
विर्तामोडमा कक्षा १२ मा पढ्दा पढ्दै साथीले एकाउण्टेण्टमा जागिर पाइन्छ भनेपछि भारत गएका लुम्भकर्ण पनि अहिले पछुताइरहेका छन् । दशैं अघि उनले पनि ऋण काढेर पैसा बुझाएका थिए । उनका अनुसार ७ दिनको तालिमपछि मात्र कम्पनीले सेयर लगानी गरेर बिजनेश गर्नुपर्ने जानकारी गराउछ । त्यतिबेलासम्म युवायुवतीहरुलाई मनग्ये कमाउने सपना देखाइसकेका हुन्छन् । ‘हाम्रो माइण्ड यति वास गरिदिन्छ कि पैसा कमाउने सपनाबाहेक केही पनि देखिदैन, अनि पैसा बुझाइसकेर ५ जना सदस्य बनाउनुपर्छ भनेपछि मात्र झसंग हुन्छौं,’उनले भने । पीडित युवाहरुका अनुसार नेपालभरि विन विनको एजेण्टकोरुपमा सयौं व्यक्तिहरु सक्रिय छन् । आफु फसिसकेका युवाले लगानी उकास्न थप ५ जना युवाहरुलाई अनेक प्रलोभन देखाएर भारत पुर्याउछन् । कतिले पैसा लिएपछि सम्पर्कविहिन हुन्छन् । ‘हामीलाई वनारस पुर्याउने अनिल राई मेरो साथी हो, पैसा दिएपछि सम्पर्कविहिन भयो । अहिले कतारमा रहेछ,’प्रकाश राईले भने,‘५ जना बनाएपछि अरु बनाउन नपर्ने, आफुले बनाएकाले नै अरु सदस्य बनाउने, यसरी बढ्दै जाने रहेछ ।’ पीडित युवाहरुले इलाका प्रहरी कार्यालयमा मंगलबार ठाडो निवेदन दिएका छन् । डिएसपी रामेश्वर पौडेलले नेटवर्किङ व्यावसाय अवैध भएकोले कानुनी कारबाहीको दायरामा आउने बताए । उनले भने,‘निवेदन परेको छ, त्यस्तो विजनेश गर्न पाइदैन । यसबारेमा आवश्यक कार्वाही हुन्छ ।’
..............................................................
के हो विन विन ?
विन विन ट्रेडमार्ट प्राइभेट लिमिटेड कम्पनी भारतको उत्तरप्रदेशस्थित वनारसमा करिब ४ बर्ष अघि दर्ता भएको कम्पनी हो । कम्पनीको वेभसाइड अनुसार सन् २०१३ सेप्टेम्बर १ मा दर्ता भएको कम्पनी हो । रजिष्ट्रेशन नम्बर ०६०४११ नम्बर रहेको कम्पनीको ठेगाना हाउस नं. ए–१२५, बाडा लालपुर, भिडिए कोलोनी उल्लेख छ । भारतमा दर्ता भएको कम्पनीको २ जना डाइरेक्टरहरुमा हुमबहादुर गुरुङ र यमराज तामाङ भएको वेभसाइडमा लेखिएको छ ।..................................................................
२४ हजार नेपाली युवा सदस्य भएको दाबी
अवैधरुपमा नेटवर्किङ व्यावसायमा लगाउन नेपाली युवालाई भारतमा लैजाने विन विनको नेपालस्थित उच्च पदका प्रतिनिधि हुन्, बाबुराम उपाध्यय । अधिकांश युवाहरुले बैंकमार्फत उनकै नाममा पैसा पठाएका थिए । भद्रगोल नामको हास्य श्रृंखलामा अभिनय पनि गर्ने उपाध्यायको दाबी पत्याउने हो भने कम्पनीमा नेपालबाट २४ हजार युवाहरु सदस्य बनिसकेका छन् । दैनिक १ करोडको हाराहारीमा करोबार हुने र मासिक कम्तीमा २५ करोड करोबार कम्पनीको रहेको उनको दाबी छ । उनी त यो कम्पनी सन् १९९५ मा पुर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दर्ता गरेर चलाएको र यसको मातहतमा १६ सय शाखा कम्पनीहरु भएको दाबी गर्छन् । ‘यो ग्रामेन्ट, लत्ताकपडा उत्पादन गर्ने कम्पनी हो, तालिम दिलाएपछि इच्छा गर्नेहरुलाई हामी सदस्य बनाएर लाइसेन्स दिलाउछौं, र व्यावसाय गर्न प्रोत्साहित गछांै,’उनले भने,‘काम गरेर सदस्य बनायो भने राम्रो कमाई हुन्छ, कामै गरेन भने लगानी त डुब्छ ।’कसैलाई पनि जागिर खुवाउने भनेर नलगेको उल्लेख गर्दै उनले तालिम दिएपछि कन्भिन्स हुनेहरुलाई कम्पनीले व्यावसायको लागि लाइसेन्स दिने बताए । लाइसेन्सकै लागि मात्र कम्पनीले २ लाख २० हजार, ८० हजार र २५ हजारको ३ खालको रेट तोकेको उनको भनाई छ । ‘ठगी होइन, नेटवर्किङ टाइपको बिजनेस हो । हामीले विजनेशको लागि लाइसेन्स दिलाउछांै, उसले ५ जना सदस्य बनाउनुपर्छ,’उपाध्ययले भने ।
Comments
Post a Comment