प्रदेश १ को समृद्धिको आधारःकृर्षि, पर्यटन र उर्जा
धरान,फागुन २० । करिब ५० लाख जनसंख्या भएको प्रदेश नं १ स्रोतसाधनले सम्पन्न भएको सथौ कृर्षि, उर्जा, पर्यटन र औद्योगिकरणबाट विकास र समृद्धि हासिल हुनसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको पर्यटन,कृर्षि,उर्जा र उद्योग व्यापार गोष्ठीमा विज्ञहरुले अन्य प्रदेशभन्दा प्रदेश १ मा आर्थिक विकास र समृद्धिको प्रचुर सम्भावना भएको तथ्य पेश गरेका हुन् । विकास र समृद्धिको लक्ष्य असम्भव नभएको धारणा राख्दै विज्ञहरुले त्यसको लागि राजनैतिक नेतृत्व र प्रदेश सरकारमा प्रतिवद्धता र इमान्दारिताको खाँचो भएको पनि उनीहरुले औल्याएका छन् । नीति र योजनाहरु प्रशस्तै भएपनि सुशासनको अभावले ती कार्यान्वयनमा आउन नसकेर समृद्धि, विकाससँग जनताको दुरी बढ्को उनीहरुको भनाई थियो । विचार गोष्ठीमा सम्बन्धित क्षेत्रका ४ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
ती कार्यपत्रहरुमाथ टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष कुशकुमार जोशीले लगानी गर्ने वातावरण र स्रोतसाधन परिचालन गर्नसक्ने नेतृत्वको अभाव भएको बताए । सुशासन हुनसक्यो भने मात्र लगानी दीर्घकालीन र दिगो भएर जनताले पनि प्रतिफल पाउने उनको भनाई थियो । ‘नेपालको विकासको शुरुवात पुर्व यही प्रदेशबाट शुरुवात भएको हो । स्रोतको भण्डर यही छ, मात्र सुशासनको खाचो छ । लगानी गर्ने वातावरण र स्रोतको सही परिचालन गर्ने नेतृत्वको अभाव छ,’जोशीले भने,‘प्रदेश १ मा विकासको मुख्य आधार पर्यटन हुनसक्छ । यस्तै कृर्षि, जलविद्युत, उद्योगको पनि पुर्वाधार बनाउदै,थप्दै विकासमा अघि बढ्दा समृद्ध प्रदेश बन्छ ।’
...................................................
नेपालमा कुल ८३ हजार मेघावाट जलविद्युत क्षमता भएको अध्ययनहरुबाट खुलेको छ । सबैभन्दा बढी प्रदेश ७ मा २२ .६९ प्रतिशत र ५ मा १७.५४ प्रतिशत क्षमता छ । जलविद्युतबाट विकास र समृद्धिको ठुलो सम्भावना देखाएका गुरागाईले एउटा आयोजना शुरु गर्नको लागि ७ मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानुनी धाराहरु पार गरेपछि मात्र बन्ने भएकोले लगानीकर्ताहरु निराश भएको बताए । साथै उनले राज्य कमजोर भएकोले विभिन्न समुहरुबाट हुने चन्दा असुली, धम्कीले पनि विकासमा बाधा पुगेको बताए । ‘अब सरकारले पुर्ण सुरक्षाको ग्यारेष्टी गर्नुपर्छ । कोशी, तमोर, सप्तकोशी आयोजनाहरु तत्काल शुरु गर्नुपर्छ । यसको लागि एउटै डेस्कबाट सबै काम हुने व्यवस्था गर्नुपर्छ,’उनले भने ।
...................................................................................
पर्यटनको ब्राण्डिङ गर्ने र लक्षित समुहसम्म प्रर्वद्धन गर्ने स्पष्ट खाका नहुदा पनि प्रदेश १ को पर्यटन कछुवा गतिमा भएको उनको भनाई थियो । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यावहारको पनि अभाव भएको साहले बताए । ‘पर्यटन विकासमा पनि सहकारिताको प्रयोग र अभ्यास गर्नुपर्छ । एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहु आकर्षण, एक गाउँ एक लगानीको अवधारणामा जानुपर्छ,’उनले भने,‘प्रदेश १ को पर्यटन गन्तव्यहरुलाई प्राथमिकताको आधारमा प्रर्वद्धन र विकास गरिनुपर्छ । यसको लागि ग्रिन इष्टको अवधारणामा काम गरिरहेका छौं ।’
.......................................................................................
प्रदेश १ मा समुन्द्र सतहबाट ५० मिटरदेखि ५ हजार मिटर उचाईसम्म कृर्षि तथा पशुपालन गरिदै आएको छ । कृर्षिबाट पर्यापर्यटनको अवधारणा पनि विकास गर्न सकिने उनको भनाई थियो । वैज्ञानिक भुउपयोग नीति र प्रणाली बनाउन आवश्यक भएको उनको भनाई थियो । जमिनको उत्पादनमुलक प्रयोग, प्रादेशिक कृर्षि विकास रणनीति बनाएर प्रादेशिक महत्वका गौरवका आयोजना, साना र मझौला योजना तर्जुमा गर्नुपर्ने पनि उनको धारणा थियो ।
.................................................................
प्रदेश १ मा सिमेन्ट, आइरनको खानी भएपनि सरकार वा राजनीतिक नेतृत्वमा इञ्छाशक्तिको खाँचो रहेको उनले बताए । ‘पर्यटनबाटै नेपाल समृद्ध बन्नसक्छ, प्रदेश १ मा त झन् समरमाथा, पाथीभारा, मकालु, कञ्चनजंघा, इलामजस्तो ठाउँ छ । पर्यटनलाई उद्योगकोरुपमा अघि बढाउनुपर्छ,’उनले भने,‘जडीबुटी उद्योगहरु फष्टाउनसक्छ । ठुलो होइन, साना कटेज उद्योगलाई प्राथमिकता दिनुपर्छ ।’ दिगोआर्थिक विकासको खाका बनएर आयातको सोचलाई हटाउन सके औद्योगिक विकासमा फड्को मार्न सक्ने झाको जिकिर थियो ।
सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको पर्यटन,कृर्षि,उर्जा र उद्योग व्यापार गोष्ठीमा विज्ञहरुले अन्य प्रदेशभन्दा प्रदेश १ मा आर्थिक विकास र समृद्धिको प्रचुर सम्भावना भएको तथ्य पेश गरेका हुन् । विकास र समृद्धिको लक्ष्य असम्भव नभएको धारणा राख्दै विज्ञहरुले त्यसको लागि राजनैतिक नेतृत्व र प्रदेश सरकारमा प्रतिवद्धता र इमान्दारिताको खाँचो भएको पनि उनीहरुले औल्याएका छन् । नीति र योजनाहरु प्रशस्तै भएपनि सुशासनको अभावले ती कार्यान्वयनमा आउन नसकेर समृद्धि, विकाससँग जनताको दुरी बढ्को उनीहरुको भनाई थियो । विचार गोष्ठीमा सम्बन्धित क्षेत्रका ४ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
ती कार्यपत्रहरुमाथ टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष कुशकुमार जोशीले लगानी गर्ने वातावरण र स्रोतसाधन परिचालन गर्नसक्ने नेतृत्वको अभाव भएको बताए । सुशासन हुनसक्यो भने मात्र लगानी दीर्घकालीन र दिगो भएर जनताले पनि प्रतिफल पाउने उनको भनाई थियो । ‘नेपालको विकासको शुरुवात पुर्व यही प्रदेशबाट शुरुवात भएको हो । स्रोतको भण्डर यही छ, मात्र सुशासनको खाचो छ । लगानी गर्ने वातावरण र स्रोतको सही परिचालन गर्ने नेतृत्वको अभाव छ,’जोशीले भने,‘प्रदेश १ मा विकासको मुख्य आधार पर्यटन हुनसक्छ । यस्तै कृर्षि, जलविद्युत, उद्योगको पनि पुर्वाधार बनाउदै,थप्दै विकासमा अघि बढ्दा समृद्ध प्रदेश बन्छ ।’
...................................................
करिब १३ हजार जलविद्युत क्षमता
विचार गोष्ठीमा जलविद्युत(उर्जा)बारे कार्यपत्र प्रस्तुत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईले हालसम्म प्रदेश १ मा १२ हजार ९ सय ५३ मेघावाट जलविद्युत उत्पादन क्षमता भएको बताए । यो प्रतिशतमा कुलमध्ये १६.१९ हो भने प्रदेश नं ७ र ५ पछिको उर्जा क्षमता हो । तर, यो भन्दा पनि बढी विद्युत उत्पादन क्षमता प्रदेश १ मा भएको उनको भनाई छ । अध्यक्ष गुरागाईका अनुसार प्रदेश १ मा भएको तमोर, अरुण, दुधकोशी, लिखु, सुनकोशी, सप्तकोशीलगायत अन्य नदीहरुमा २६ हजार ५ सय ४१ मेघावाटको जलविद्यत उत्पादन क्षमता छ । तर, हालसम्म तमोरमा १६ मेघावाट, अरुणमा १०.६ मेघावाट र अन्यमा ७३.७ गरि १०० मेघावाट मात्र विद्युत उत्पादन भइरहेको छ । ‘जलविद्युतमा प्रचुर सम्भावना छ, तर काम भएकै छैन । अबको एक मात्र विकल्प भनेको जलविद्युत आयोजनाहरुको तीब्र निर्माण गर्ने हो,’गुरागाईले भने,‘जलाशययुक्त आयोजनाहरुले पर्यटन, सिचाई, जलमार्गमा पनि लाभ पुग्छ ।’नेपालमा कुल ८३ हजार मेघावाट जलविद्युत क्षमता भएको अध्ययनहरुबाट खुलेको छ । सबैभन्दा बढी प्रदेश ७ मा २२ .६९ प्रतिशत र ५ मा १७.५४ प्रतिशत क्षमता छ । जलविद्युतबाट विकास र समृद्धिको ठुलो सम्भावना देखाएका गुरागाईले एउटा आयोजना शुरु गर्नको लागि ७ मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानुनी धाराहरु पार गरेपछि मात्र बन्ने भएकोले लगानीकर्ताहरु निराश भएको बताए । साथै उनले राज्य कमजोर भएकोले विभिन्न समुहरुबाट हुने चन्दा असुली, धम्कीले पनि विकासमा बाधा पुगेको बताए । ‘अब सरकारले पुर्ण सुरक्षाको ग्यारेष्टी गर्नुपर्छ । कोशी, तमोर, सप्तकोशी आयोजनाहरु तत्काल शुरु गर्नुपर्छ । यसको लागि एउटै डेस्कबाट सबै काम हुने व्यवस्था गर्नुपर्छ,’उनले भने ।
...................................................................................
पर्यटनमा ग्रिन इष्ट र सहकारिता
विचार गोष्ठीमा प्रदेश १ को विकास र समृद्धिको लागि पर्यटन पनि सहकारिताको अवधारणा ल्याउनुपर्ने पर्यटनविद् कृष्ण साहले बताए । कार्यपत्र प्रस्तुत गर्दै उनले सरकारको नीतिगत योजना अभाव र पर्यटनसँग सम्बन्धित सरकारी संयन्त्रहरु तल्लो तहसम्म नहुदा पर्यटनले गति लिन नसकेको बताए । साथै, प्रदेश नं १ मा पर्यटन प्रोडक्ट र ब्राण्ड तयार गर्न नसक्दा पनि पछि परेको बताए । सुनसरी, इलाम र ताप्लेजुङलाई जोडेर ग्रिन इष्ट ट्रयांगलको अवधारणा विकास गर्नुपर्ने प्रस्ताव गरेका साहले भने,‘पर्यटन मन्त्रालय, पर्यटन बोर्ड मात्र बन्यो । पर्यटनको विकास र प्रर्वद्धनको काम भएन । पर्यटनप्रति सरकारी उदासिनता छ ।’पर्यटनको ब्राण्डिङ गर्ने र लक्षित समुहसम्म प्रर्वद्धन गर्ने स्पष्ट खाका नहुदा पनि प्रदेश १ को पर्यटन कछुवा गतिमा भएको उनको भनाई थियो । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यावहारको पनि अभाव भएको साहले बताए । ‘पर्यटन विकासमा पनि सहकारिताको प्रयोग र अभ्यास गर्नुपर्छ । एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहु आकर्षण, एक गाउँ एक लगानीको अवधारणामा जानुपर्छ,’उनले भने,‘प्रदेश १ को पर्यटन गन्तव्यहरुलाई प्राथमिकताको आधारमा प्रर्वद्धन र विकास गरिनुपर्छ । यसको लागि ग्रिन इष्टको अवधारणामा काम गरिरहेका छौं ।’
.......................................................................................
प्रदेश १ खाद्य भण्डार, सबै क्षेत्रमा वाली लगाउन मिल्ने
कृर्षिविज्ञ विष्णुप्रसाद काफ्लेले प्रदेश १ प्रकृति, हावापानी र भुगोलले खाद्य भण्डारकोरुपमा रहेको कार्यपत्र प्रस्तुत गर्दै हिमाल, पहाड र तराई सबै क्षेत्रमा वाली लगाउन मिल्ने बताए । यद्यपी उनले कृर्षि उत्पादनलाई प्रशोधन नगरी सिधै कच्चा पदार्थकोरुपमा बिक्री गर्दा न्युन मुल्य पाउने गरेको बताए । तेस्रो मुलुकमा निर्यात गर्न नसक्दा र अन्र्तराष्ट्रिय बजारमा बर्गेनिङ पावर नहुदा कृर्षिबाट अपेक्षित लाभ पाउन नसकेको उनको भनाई थियो । ‘कृर्षिको लागि ठुलो भण्डार, गोदाम भइदिएन । शीतभण्डार पनि छैन । आफ्नै अक्सन बजार भएन र अन्र्तराष्ट्रिय व्यापारी ल्याउन सकेनौं,’काफ्लेले भने,‘परम्परागत शैलीमा छ हाम्रो कृर्षि । यान्त्रीकरण गछौं भनेपनि गरेका छैनौं, कृर्षि व्यावसायिक हुन सकेन ।’प्रदेश १ मा समुन्द्र सतहबाट ५० मिटरदेखि ५ हजार मिटर उचाईसम्म कृर्षि तथा पशुपालन गरिदै आएको छ । कृर्षिबाट पर्यापर्यटनको अवधारणा पनि विकास गर्न सकिने उनको भनाई थियो । वैज्ञानिक भुउपयोग नीति र प्रणाली बनाउन आवश्यक भएको उनको भनाई थियो । जमिनको उत्पादनमुलक प्रयोग, प्रादेशिक कृर्षि विकास रणनीति बनाएर प्रादेशिक महत्वका गौरवका आयोजना, साना र मझौला योजना तर्जुमा गर्नुपर्ने पनि उनको धारणा थियो ।
.................................................................
४ वटा देशको गेटवे
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं अर्थशास्त्री डा.पिके झाले प्रदेश १ भारत, वंगलादेश, चीन र भुटान गरि ४ मुलुकको गेट वे भएको र वैदेशिक व्यापारको उद्गम थलो पनि यही प्रदेश भएकोले समृद्धशाली हुने प्रुचर सम्भावनाहरु बोकेको आधार प्रस्तुत गरे । नेपालमा औद्योगिकरण यहीबाट प्रारम्भ भएको उनको भनाई थियो । ठुला उद्योग खोल्न ठुलो पुजीको आवश्यकता हुने भएकोले कजेट अथवा साना उद्योगहरुलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।प्रदेश १ मा सिमेन्ट, आइरनको खानी भएपनि सरकार वा राजनीतिक नेतृत्वमा इञ्छाशक्तिको खाँचो रहेको उनले बताए । ‘पर्यटनबाटै नेपाल समृद्ध बन्नसक्छ, प्रदेश १ मा त झन् समरमाथा, पाथीभारा, मकालु, कञ्चनजंघा, इलामजस्तो ठाउँ छ । पर्यटनलाई उद्योगकोरुपमा अघि बढाउनुपर्छ,’उनले भने,‘जडीबुटी उद्योगहरु फष्टाउनसक्छ । ठुलो होइन, साना कटेज उद्योगलाई प्राथमिकता दिनुपर्छ ।’ दिगोआर्थिक विकासको खाका बनएर आयातको सोचलाई हटाउन सके औद्योगिक विकासमा फड्को मार्न सक्ने झाको जिकिर थियो ।
Comments
Post a Comment