मिसेस स्टेट १ लाई कृर्षि र पर्यटनबारे जानकारी(फोटोफिचर)

धरान,फागुन १९ । अधिकांश समय घरव्यावहार र भान्छामा सिमित हुने गृहणीहरुलाई समाजमा पनि स्थापिन गर्ने उद्देश्यले आयोजित मिसेस स्टेट वानका प्रतिस्पर्धीहरुलाई कृर्षि र पर्यटनबारे स्थलगत भ्रमणसँगै प्रशिक्षण दिइएको छ ।
आयोजक वुमन वर्थ ग्रुपले शनिबार प्रतियोगी गृहणीहरुलाई पदयात्रामासमेत सहभागी गराउदै अग्र्यानिक कृर्षि र पर्यटनबारे ज्ञान दिलाएको हो । सेवक अभियानसँग सहकार्य गर्दै ग्रुपले साप्ताहिक वाक फर हेल्थ कार्यक्रममा प्रतियोगीहरुलाई सहभागी गराएको थियो । बिहानै धरानको सिंहदेवी चोकमा भेला भएका प्रतियोगीहरु विजयपुर डाँडा उक्लेर झेलुंगे पुल हुदै अग्र्यानिक गाउँ वसन्तटार पुगेका थिए । प्रतियोगीहरुले वसन्तटारको सोताङ अग्र्यानिक रिसर्च सेन्टरमा स्थलगत अवलोकन भ्रमण गरेका थिए भने अग्र्यानिक कृषक एवं अभियन्ता कृष्ण राईले प्रतिस्पर्धीहरुलाई कृर्षि, अग्र्यानिक खेतीको महत्व र त्यसले मानिसको स्वास्थ्य, पर्यावरणलाई पुग्ने फाइदाबारे जानकारी गराएका थिए । यस्तै, प्रतिस्पर्धीहरुलाई पत्रकार रोहित राईले आर्थिक समृद्धिको लागि पर्यटन प्रर्वद्धन, विकासको महत्वबारे पनि जानकारी गराएका थिए ।
विवाहित गृहणी महिलाहरुको क्षमतालाई प्रर्दशन र अभिवृद्धि गराउने उद्देश्यले मिसेस स्टेट १ आयोजना गरिएको हो । फागुन २६ गते धरान सभागृहमा यसको फाइनल हुदैछ । प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीहरु सहभागी छन् । उनीहरुलाई फागुन २ गतेदेखि विभिन्न तालिम तथा प्रशिक्षणमा सहभागी गराइरहेको आयोजकले जनाएको छ । विजेताले नगद १ लाखसहित ताज पहिरिने छन् भने दोस्रो हुनले नगद ५० हजार र तेस्रो हुनेले नगद २५ हजारसहित ताज र गिफ्ट ह्याम्पर पाउनेछन् । यस्तै, सिसेस ट्यालेन्ट, ब्युटिफुल, पर्सनालिटि,फ्रेन्डसिप, वेस्ट वक, स्माइल, फोटोजेनिक, डिसिप्लिन र एक्टिको टाइटल पनि प्रतियोगिहरुले हात पार्नेछन् । कार्यक्रम आयोजक गु्रपमा सबै विवाहित महिलाहरु छन् ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे