हेड मिस्त्री महिलालाई सम्मान(फोटोफिचर)
धरान,फागुन २४ । १०८ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिहिबार धरानमा श्रमिक महिलालाई सम्मान गरिएको छ ।
धरान उपमहानगरपालिका र महिला सञ्जालद्धारा भानुचोकमा आयोजित कार्यक्रममा हेड मिस्त्रीकोरुपमा कार्यरत गोरीमाया तामाङलाई सम्मान गरिएको हो । करिब अढाई दशकअघि मजदुरकोरुपमा काम शुरु गरेकी तामाङ एक दशकयता भने हेड मिस्त्रीकोरुपमा निर्माण क्षेत्रमा कार्यरत छिन् । पुरुषहरुको अधिपत्य भएको निर्माण क्षेत्रको मिस्त्री तथा हेड मिस्त्री पेशामा तामाङले पनि हेडमिस्त्रीकोरुपमा आफुलाई स्थापित गरेको र श्रमिक महिलाहरुको लागि प्रेरक बनेको भन्दै सम्मान गरेको सञ्जालले जनाएको छ । धरान १६ की ३९ बर्षीय तामाङ अविवाहित छिन् । उनलाई नगद ५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमकी अध्यक्ष एवं उपमेयर मञ्जु भण्डारी, प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारी, धरानका मेयर तारा सुब्बालगायतले उनलाई सम्मानित गरेका थिए ।
सोही कार्यक्रममा पुर्व उपसभामुख एवं महिला आन्दोलनकी नेतृ स्वर्गीय लिला श्रेष्ठ सुब्बालाई पनि मरणोपरान्त सम्मान गरिएको छ । सुनसरी क्षेत्र नं १ बाट २०५१ सालको मध्यावधि निर्वाचनमा सांसद जितेकी स्वर्गीय श्रेष्ठ नेपालको पहिलो उपसभामुख पनि बनेकी थिइन् । उनको २०६७ सालमा देहान्त भएको थियो । ‘एउटी महिला जो १५ बर्षकै उमेरदेखि मजदुरी गरेर अहिले हेड मिस्त्री बनेकी छिन् । आफ्नै कमाईले धरानमा घर बनाउन सफल छिन्, त्यसैले गोरीमायालाई हामीले सम्मान गरेका हौं,’सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले भनिन्,‘स्वर्गीय लिला दिदी त महिला अधिकार र आन्दोलनको अग्रणी नेतृ हुनुहुन्थ्यो, त्यसैले पनि मरणोपरान्त हामीले सम्मान गरेका छौं ।’
कार्यक्रममा धरानको विभिन्न वडामा गिट्टी कुटेर जिविका चलाइरेका ३३ जना महिलाहरुलाई स्वास्थ्य र सुरक्षा सामग्री पनि प्रदान गरिएको थियो । श्रमिक महिलाहरुलाई छाता, चस्मा, मास्क, रुमाल, ब्याण्डेज, क्याप र तौलिया हस्तान्तरण गरिएको थियो । आयोजकका अनुसार अतिजोखिमपुर्ण तरिकाले श्रम गरिरहेका महिलाहरुको पहिचान गरेर ती सामग्री प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारीले ऐन, कानुन बनेर मात्र महिलामाथिको हिंसा र विभेद अन्त्य नहुने धारणा राख्दै आफ्नै घरपरिवारमा सम्मान र समानतापुर्ण व्यवहार लागु गर्नुपर्ने बताए । महिलालाई नेपाली समाजमा देवीकोरुपमा पुजिने गरिएपनि परम्परावादी सोचको अन्त्य नभएसम्म महिलामाथिको विभेद, हिंसा जारी रहने उनको भनाइ थियो । ‘प्रदेशमा ऐन, कानुनहरु बन्ने क्रममा छ, महिलामाथिको हिंसा र विभेदलाई पुर्णरुपमा अन्त्य हुने प्रावधानसहितको कानुन बनिनुपर्छ,’सभामुख भण्डारीले भने,‘तर, कानुन ऐन बन्दैमा मात्र हिंसा, विभेद अन्त्य हुदैन । यसको लागि हाम्रो परम्परावादी पुरातन सोचलाई वदल्नुपर्छ र महिलालाई घरपरिवारबाट सम्मानजनक, समानतापुर्ण व्यवहार गर्नुपर्छ ।’
कार्यक्रममा धरानका मेयर तारा सुब्बा र वडा नं २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठ, उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि मन्त्व्य राखेका थिए । चर्चित कवि कुन्ता शर्मासँगै कोपिला भटराई, लिला क्षेत्रीलगायतले कविता सुनाएका थिए । त्यसअघि, पब्लिक उच्चमाविको मैदानबाट विभिन्न वडा समिति र महिला सञ्जाल आवद्ध विभिन्न महिला नेतृत्वको संघसंस्थाहरुको विशाल र्याली निस्किएको थियो । र्यालीमा सहभागी संघसंस्थाहरुमध्ये वडा नं १४ को र्यालीले सर्वोत्कृष्ट पुरस्कार पायो भने नेवार एकता समाजको र्यालीले दोस्रो र धरान १७ स्थित असारे महिला समुहले तेस्रो पुरस्कार हात पर्यो । कार्यक्रमको व्यावस्थापन रुपान्तरण नेपालले गरेको थियो ।

Comments
Post a Comment