पोखराको कुची ग्रुप धरानमा(फोटो फिचर)
धरान,फागुन १८ । तराईमा धुमधामले मनाइने होली पर्वको दोस्रो दिन शुक्रबार बिहानैदेखि धरानका चोक र सडकहरु रंगीन बनिसकेको थियो । सारा युवायुवतीहरु रंग,अबीरसँग रमाइरहदा बिहान करिब ९ बजेतिर युवाहरुको एक हुल भने ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्वको विजयपुर डाँडामातिर उक्लिए ।
बुढासुब्बा मन्दिर परिसरमा पुगेपछि उनीहरु यत्रतत्र छरिए पनि सबैको ध्यान बुढासुब्बा मन्दिरतिरै सोझिएको थियो । सबैले झोलाबाट ‘इजियल’ निकालेर ठड्याएर त्यसमाथि ह्याण्डमेड पेपर राखे, अनि पेपरमा मन्दिरको ल्याण्डस्केप चित्र उतार्न शुरु गरे । खासमा ती युवाहरु पोखरा र धरानका युवा कलाकारहरु थिए । अन्य युवायुवतीहरु होलीमा रमाइरहदा यी दुई शहरका कलाकारहरु भने पेपरमा वाटर कलर पोत्दैथिए । यो क्रम शुक्रबार दिनभर विजयपुर क्षेत्रमा चलिरह्यो ।
सुन्दर तथा पर्यटकीय नगरी पोखराबाट कुची आर्ट गु्रपको नेतृत्वमा २ जना महिलासहित ८ जना कलाकारहरु धरान आएका छन् । शुक्रबार दिनभर विजयपुर क्षेत्रा ल्याण्डस्केप चित्र बनाउन जुटेको कलाकार टोली सोमबारसम्म यतै हुनेछ । पोखरेली कलाकारहरुसँगै धरानका युवा कलाकारहरु पनि मिसिएका छन् । शुक्रबार वाटरकलर ल्याण्डस्केप बनाएको उनीहरुले शनिबार घण्टाघरमा सम्झनामा कर्ण मास्के कार्यक्रममार्फत स्वर्गीय मास्केलाई चित्रमा उतार्नेछन् । धरानका वरिष्ठ कलाकार मास्केको करिब डेढ बर्षअघि निधन भएको थियो । उनी प्राज्ञसमेत भएका थिए । आइतबार भेडेटारमा गएर ल्याण्डस्केप चित्र कोर्ने कलाकारहरुले सोमबार आफ्नो सृर्जनालाई प्रर्दशनीमा राख्ने कलरव धरानका सदस्य एवं कलाकार महेन्द्र राईले जानकारी दिए । उनले भने,‘पोखराको कुची ग्रुप धरान आउने भएपछि कलरवले यहाँ व्यावस्थापनमा सहयोग गरेको हो, दुवै ठाउँको कलाकारहरु संयुक्तरुपमा ३ दिनसम्म चित्र बनाउछौं ।’
कुची ग्रुप करिब ५ महिनाअघि पोखराका युवा कलाकारहरु मिलेर गठन भएको समुह हो । यो ग्रुपका कलाकारहरु प्रत्येक साता पोखरामा स्थलगतरुपमा चित्रकला कार्यशाला गर्दै आएको छ । स्थानीय कलाकारहरुले पोखराको विभिन्न चोक र छिमेकी जिल्लामा पनि गएर कार्यशाला गरिसकेको छ । ‘यो पटक साप्ताहिक कार्यशालामा हामी पुर्वको यात्रामा आयौं । धरानको स्थानीय कलाकार र पोखराको कलाकारहरुबीच कलाप्रतिको सद्भाव, प्रेमलाई आदनप्रदान गर्न पनि आएका हौं,’कुची ग्रुप, पोखराका मनोज तामाङले भने,‘युवा पुस्तालाई कलामा आकर्षित गरेर कुलतमा फस्नबाट जोगाउन पनि हाम्रो अभियान हो ।’ उनका अनुसार युवा पुस्तालाई कलाकारितामा आउन प्रेरणा मिलोस् भन्ने उद्देश्य लिएर अभियान थालिएको हो । ‘कलामा समय लगाउदा कुलत, गलत काममा फस्नबाट युवाहरु जोगिन्छ, आफ्नो भविष्य बन्छ र कलाक्षेत्रमा पनि योगदान पुग्छ,’तामाङले भने ।
तामाङको नेतृत्वमा पोखराबाट देवेन्द्र गुरुङ, आकाश गुरुङ, गोपाल दराई, सुमन गुरुङ, निसान थापा मगर, प्रमीश गुरुङ र एलिता गुरुङ धरान आएका छन् । धरानका अग्रज कलाकारहरु प्रनोद दत्त, हरिलाल उदास, महेन्द्र राईसहित जीवन पौडेल, विज्ञन राई, बिक्रम वनेम, धिरज राई, विफल राई, युमिनहाङ राईलगायत पनि कुची ग्रुपसँगै छन् । पोखराबाट आएको कलाकारहरुको टोलीलाई कलरव धरानले विमल स्मृति पुस्तकालयको गेष्टरुममा व्यवास्थापन गरेको छ भने कार्यक्रममा लाग्ने खर्चहरु कुची ग्रुप र कलरव दुवै संस्थाले मिलेर व्यहोर्ने धरानका कलाकार जीवन पौडेलले बताए । कलरव धरान यहाँका गीत, संगीत, साहित्य, कला क्षेत्रका सक्रिय युवाहरुले स्थापना गरेको संस्था हो । यसले विभिन्न फरकखालको कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

Comments
Post a Comment