‘ईङघङ’ फेरी मञ्चन हुदै
धरान,फागुन २५ । गत माघ दोस्रो साता सफलतापुर्वक एक सातासम्म मञ्चन गरिएको नाटक ईङघङ धरानमा पुनः मञ्चन हुने भएको छ ।
दर्शक एवं नाटकप्रेमीहरुबाट आग्रह भएपछि नाटक घर बनाउने उद्देश्य लिएर पुनः धरान ८ स्थित सभागृहमा मञ्चनको तयारी गरिएको रंगभुमी एकेडेमीले जनाएको छ । एकेडेमीका अनुसार ‘हामी सबै कलाकर्मी र धरानको चाहना र रहर, धरानमा अनिवार्य नाटक घर’ भन्ने नाराका साथ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म ईङघङ पुनः मञ्चन हुनेछ । नाटक घर(थिएटर) अभावमा रंगकर्मीहरुले धेरै समस्या भोग्नु परिरहेकोले नाटक घर निर्माणको लक्ष्य बनाएर ईङघङ मञ्चन गरिने रंगभुमकीका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानले बताए । उनले भने,‘यसअघि मञ्चन हुदा ईङघङले अपार माया र साथ पायो, दर्शकहरुकै अनुरोधमा फेरी मञ्चन गर्दैछौं । यसपाली नाटक घर बनाउने हाम्रो उद्देश्य छ, सबै क्षेत्रबाट साथ सहयोगको अपेक्षा राखेका छौं ।’
रंगभुमीको दोस्रो नाट्य प्रस्तुती रहेको ईङघङ गत माघ ९ गतेदेखि माघ १५ गतेसम्म सभागृहमा नै मञ्चन भएको थियो । पुर्वी लिम्बूवान गाउँको सँस्कार, सँस्कृति र प्रेमलाई जीवन्तरुपमा प्रस्तुत गरेको ईङघङलाई दर्शकहरुले असाध्यै मनपराएका थिए । जातीय छुवाछुत, अन्धविश्वास र रुढीवादी समाजविरुद्ध पनि नाटक इङघङले आवाज उठाएको छ । कलाकारहरुको अभिनय पनि जीवन्त छ । दर्शकहरु पटक पटक नाटक हेर्न सभागृह पुगेका थिए । त्यसबेला एक दिनमा ३ पटकसम्म मञ्चन भएर इङघङले रेडर्क बनाएको थियो । चालिसको दशक धरानको रंगमञ्चको स्वर्णिय समय मानिएपनि दिनमा ३ पटक मञ्चन भएको इतिहास थिएन । कतिपयले नाटक हेर्न नपाएको गुनासो आएकोले पनि पुनः मञ्चन गर्ने निर्णय गरिएको रंगभुमीले बताएको छ । ‘धेरै जनाले नाटक हेर्न छुटाएको प्रतिक्रिया दिनुभयो, त्यसपछि फेरी मञ्चन गर्नुपर्छ भन्ने निर्णणमा पुग्यांै,’निर्देशक मोक्तानले भने ।
नाटकको लेखन तथा निर्देशन मोक्तानले गरेका छन् । नाटकमा निर्देशक मोक्तानसहित दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, पे्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको अभिनय छ । यस्तै, निर्माण संयोजनमा स्पन्दन राजा, संगीत विनायक राई, केलाङ नृत्यमा कुमार हुक्पा चोक्पा चोङबाङ र नेत्र छन्त्यालको बिशेष सहयोगीकोरुपमा रहेका छन् ।

Comments
Post a Comment