कामना डेरी एण्ड बेकरी आउटलेट सञ्चालनमा

धरान । डेरी उद्योगमा सिमित रहेको व्यावसायलाई विस्तार गर्दै धरानका एक उद्योगीले कामना मल्टिफुड उद्योगसँगै त्यहाँबाट हुने उत्पादनको बिक्री कक्ष कामना डेरी एण्ड बेकरी आउटलेट सञ्चालनमा ल्याएका छन् । उद्योगी कमलेश श्रेष्ठ एवं उनको परिवारले दुई महिनाअघि कामना उद्योग सञ्चालनमा ल्याएका हुन् भने शुक्रबारदेखि धरान ९, पुतलीलाइनमा आउटलेट पनि शुरुवात गर्दैछन् ।
धरान घुम्न आउने पर्यटकसमेतलाई लक्षित गरेर आउटलेट सञ्चालनमा ल्याएको सञ्चालकले जनाएका छन् । उद्योगले माई विस ब्राण्डको स्वास्थ्यकर एवं गुणस्तरीय ब्रेड, केक र कफीको विभिन्न आइटमहरु उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताए । ‘धरानमा बेकरी उद्योग त छ, तर यहाँका ग्राहकहरुले चाहेजस्तो आइटम पाएका छैनन् ।’–धरान डेरीकासमेत सञ्चालक रहेका श्रेष्ठले भने–‘विदेशी पर्यटकलाई चाहेजस्तो ब्रेड, केक छैन । हामी त्यो कमीलाई पुरा गर्ने लक्ष्य लिएर लगानी गरेका हौं ।’
श्रेष्ठले तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रमा एक दशकदेखि धरान डेरी फुड प्रालि सञ्चालन गरिरहेका छन् । डेरी उद्योग र बेकरी उद्योग एकअर्काको परिपुरक भएकोले जोखिम मोलेरै भएपनि लगानी गरेको उनले बताए । उनका अनुसार उद्योग र आउटलेटमा लागि कम्तीमा ५० लाख रुपैया लगानी भइसकेको छ । डेरी उद्योग आफ्नै भएकोले मिल्क ब्रेड, क्रिमको समस्या नहुने भएकोले फ्रेस र गुणस्तरीय ब्रेड र केक उत्पादन हुने प्राविधिक सहयोग गरिरहेकी स्तुती श्रेष्ठले बताइन् । स्वास्थ्यलाई असर नपर्ने खालका उत्पादन हुने र आउटलेटमा मासिकरुपमा इटालियन डिस स्पेशलरुपमा ग्राहकरुलाई चखाउने उनले बताइन् । ‘युवापुस्ता, बुढापाका, केटाकेटी सबैको इच्छा पुरा गर्ने उत्पादन छ, गुणस्तरमा कुनै सम्झौता हुदैन’–उनले भनिन् ।
उद्योगले भविष्यमा अन्य ठाउँमा पनि आउटलेट(बिक्री कक्ष) विस्तार गर्ने र अटो मेशिनबाट उत्पादन गर्ने योजना बनाएको छ । हाल विभिन्न आठ स्वादका ब्रेड र केकहरु उत्पादन भइरहेको र यसको बजार मुल्य पनि महंगो नभएको अतित श्रेष्ठले बताए । पुतलीलाइनस्थित आउटलेट युवा पुस्ताको भिजनअनुसार विभिन्न पर्यटनस्थल एवं पुरातात्विकस्थललाई कलात्मकरुपमा डिजाइन गरेर तयार पारेको पनि उनले बताए । ‘उद्योगले दुई महिनादेखि उत्पादन गरेर परीक्षण गरिरहेको थियो, सबैबाट माग आउन थालेकोले आउटलेट सञ्चालनमा ल्याएका हांै’–उनले थपे–‘हाम्रोमा कफी पनि केमिकल मिसिएको हुदैन, अग्र्यानिक नै हुन्छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे