४२ दिनपछि अञ्जलीको अन्त्येष्टि


धरान । श्रीमान् र ससुराले कुटपिट गरेर हत्या गरेको भनिएकी एक युवतीको शव ४२ दिनपछि माइती पक्षले जिम्मा लिएका छन् । मृतक धरान १६ की २२ बर्षीय अञ्जली राई(श्रेष्ठ)को ६ सातापछि शनिबार मात्रै चतराघाटमा अन्त्येष्टि गरिएको छ ।
आरोपित एवं मृतक राईका श्रीमान् सुजन श्रेष्ठलाई जिल्ला अदालतले पुपुक्षको लागि थुनामा राख्न आदेश दिएपछि माइती पक्षले शव जिम्मा लिएर अन्त्येष्टि गर्न सहमत भएको हो । ससुरा अशोक श्रेष्ठलाई भने अदालतले २७ हजार धरौटीमा रिहा गरेको थियो । यसअघि प्रहरीले अञ्जलीले पाशो लागेर आत्महत्या गरेको भन्दै माइती पक्षको जाहेरी लिन नमानेपछि विवाद सृजृना भएको थियो । माइती पक्षले महिला अधिकारकर्मीहरुलाई गुहारे पछि संघर्ष समिति गठन गरेर धरानमा चरणवद्ध आन्दोलन भएको थियो । प्रहरीले पीडकसँग मिलोमतो गरेर जोहरी दर्ता नगरेको भन्दै महिलाहरुले दिनहुजसो र्याली र प्रहरी कार्यालय घेराउ गरेका थिए ।
‘प्रहरीले जाहेरी दर्ता नगर्दा न्याय नपाइला कि भन्ने चिन्ता थियो । तर, अदालतले पीडकलाई पुर्पक्षको लागि थुनामा पठाएर भएपनि पीडित पक्षलाई राहत मिलेको छ । ढिलै भएपनि न्याय भएको महसुस गरेर शव जिम्मा लिन र अन्त्येष्टि गर्न माइती पक्ष राजी भएको हो’–संघर्ष समितिकी संयोजक सपना राईले भनिन्–‘महिलामाथि हुने जुनसुकै हिंसाको विरुद्ध महिलाहरु एकजुट हुनैपर्छ ।’ प्रहरीले जाहेरी दर्ता नगरेपछि संघर्ष समितिले आर्थिक प्रभावमा परेको आरोप लगाउदै आएको थियो । जाहेरी दर्ता नभएपछि संघर्ष समितिकै दबाबको कारण अञ्जलीको शव ६ सातासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा रहेको थियो ।
गत चैत २२ गते राती धरान १६ स्थित घरमा अञ्जली मृत अवस्थामा भेटिइएकी थिइन् । सलले पासो लागेर झुण्डिएको भनिए पनि छरछिमेक र माइती पक्षले भने कुटपिट गरेर हत्या गरेको दाबी गरेका थिए । छरछिमेकलेसमेत अञ्जली मृत अवस्थामा भेटिनुअघि झगडा भएको र कुटपिट भइरहेको देखेकोले आत्महत्या गरेको हुनैनसक्ने भन्दै माइती पक्षलाई साथ दिएका थिए । मृतकको शरीरभरि कुटपिटले निलडाम रहेको उनीहरुको दाबी थियो । प्रहरीले भने पोष्टमार्टम रिपोर्टमा पाशो लागेर मृत्यु भएको भन्ने उल्लेख भएकोले किटानी जाहेरी दर्ता गर्न नमिल्ने जिकिर गर्दै आएको थियो । संघर्ष समितिको सडक आन्दोलन र चौतर्फी दबाब पछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेर पुनः अनुसन्धान थालेको थियो । उदयपुरको गाइघाट माइती भएकी अञ्जली र धरानका सुजनबीच तीन बर्षअघि प्रेमविवाह भएको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे