भुकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त


धरान । शनिबार साँझ धरानमा मैनबत्ति प्रज्वलन गरेर चैत १२ र २९ गतेको महाभुकम्पका परी ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली एवं आत्मा चिरशान्तिको कामना गरिएको छ । धरान १६, जोगीधाराका युवायुवती एवं स्थानीयबासीले सडकमा मैनबत्ति बालेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनीहरुले मैनबत्ति बालेर श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा सडकमा ने नेपालको राष्ट्रिय झण्डासमेत बनाएका थिए । विपतको घडिमा संयम राख्न एवं मृत आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको स्थानीयले बताएका छन् । भुकम्पमा परी हालसम्म ८ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने हजारौं व्यक्ति घाइते भएका छन् । ०४५ सालको भुकम्पले धरानमा ठुलो जनधनको क्षति गरेपनि यसपटकको भुकम्पले भने ठुलो क्षति गरेको छैन । अहिले पनि भुकम्पका साना धक्का एवं पराकम्पनहरु जान भने छोडेको छैन ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे