प्याराग्लाइडिङको च्यारिटी उडानमा प्रहरीद्धारा रोक

धरान । महाभुकम्पबाट विस्थापित हुन पुगेका ओखलढुंगाको प्राप्चा गाविस ८ र ९ का बासिन्दालाई राहत स्वरुप जस्तापाता लिएर जान लागेको धराने युवाहरुको टोली सेभ नेपाल, धरानलाई आर्थिक सहयोगको लागि हुन लागेको प्याराग्लाइडिङको च्यारिटी उडानलाई प्रहरीले रोक लगाएको छ ।
बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिको पहलमा पोखराबाट हालै गृहनगर धरान आएको व्यावसायिक टेण्डम पाइलटद्धय देशवीर जिमी र मणि तामाङलाई इलाका प्रहरी कार्यालय धरानले च्यारिटी उडानमा रोक लगाएको हो । प्रहरीले विराटनगर एयरपोर्टबाट अनुमति नलिइ उडान गर्न नदिनु भन्ने निर्देशन आएको भन्दै पाइलटद्धयलाई रोक लगाएको हो । प्रहरीले रोक लगाएपछि भुकम्प पीडितको सहयोगार्थ हुन लागेको च्यारिटी प्याराग्लाइडिङ स्थगित गरिएको पाइलट जिमीले जानकारी दिएका छन् । ‘धरानमा विगत ५ बर्षदेखि हामीले सम्भाव्यता अध्ययन र उडान परीक्षण गर्दै आइरहेका थियौं । नगरपालिकाको स्वर्ण महोत्सवमा, बुढासुब्बा गोल्डकपको उद्घाटनमा पनि अग्रज दाईहरुले उडान गर्नुभएकै हो । आज भुकम्प पीडितलाई सहयोग गरौं न त भनेर च्यारिटी उडान गर्न लाग्दा भने प्रहरीले मिल्दैन भन्यो’–पाइलट जिमीले भने–‘हामीले राम्रो उद्देश्यलाई उडान गर्न खोजेका थियौं, कसैले एयरपोर्टमा कम्प्लेन गरिदिएको रहेछ ।’
पुख्यौली घर संखुवासभा भएका देशविर हाल माउण्टेन भ्यु प्याग्लाइडिङमा आवद्ध  टेण्डम पाइलट हुन् भने मणि तामाङ बिगस्माइल प्याराग्लाइडिङमा आवद्ध टेण्डम पाइलट हुन् । धरानमा विगत ५ बर्षदेखि नै तारामणि राई, राम राई, लेखमणी जिमीलगायतको पहलमा प्याराग्लाइडिङको सफल उडान परीक्षण एवं प्रर्वद्धन हुदै आएको थियो । पोखरा जाने अधिकांश पर्यटकहरु प्याराग्लाइडिङ गर्न चाहने भएकोले धरानमा पनि प्याराग्लाइडिङ उडान हुनसके समग्र पर्यटन एवं आर्थिक क्षेत्रलाई नै फाइदा पुग्ने छ । बुढासुब्बा प्याग्लाइडिङ नेपाल प्रालिका अध्यक्ष लेखमणी जिमीका अनुसार मन्त्रालयबाट स्वीकृति भएर फाइल नागरिक उड्यान प्राधिकरणमा पुगेपनि भुकम्पको कारण ए.ओ.सि.(एयर अपरेशन सर्टिफिकेट) पाउन ढिलाई भएकोले व्यावसायिक उडान गर्न नपाएको हो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे