भुकम्पपछि विस्थापितहरु जुरेकै फेदीमा
सिन्धुपाल्चोक । पोहोर साउन १६ गते जुरे काउनेमा भिषण पहिरो गएर सुनकोशी नदी थुनिएर तालाकोरुप लियो । पहिरोले एउटा वस्ती बगायो भने डेढसय बढीको ज्यान लियो । नदी थुनिएर तालको सतह बढ्दै गएर डुबाउन लागेपछि राम्चे गाविस ५, जुरेका शनि लामाको परिवार घर छाड्न बाध्य भयो । त्यसयता उनीहरु बाह्रबिसेमा भाडामा बस्न थालेका थिए ।
तर, त्यहाँ पनि उनीहरुले सन्तोषको सास फेर्न पाएनन् । बैशाख १२ गतेको महाभुकम्प पछि उनको परिवार फेरि सहाराविहिन भएको छ । भुकम्प गएपछि यो परिवार साउनमा पहिरो गएको जुरेको फेदीमा पाल टाँगेर बसेको छ । गत साउनमा पहिरो गएको स्थान मैदानजस्ते भुबनौट भएकोले सुरक्षित ठानेर परिवारसहित बसेको उनले बताए । ‘पहिला यही जुरेले उठिबास लगायो, अहिले यसैको आडमा बस्नुपर्यो’–लामाले भने–‘पहिरोबाट भएको क्षतिपूर्ति नै पाइएको छैन, फेरि अर्को आपत आइलाग्यो ।’ उनी मात्रै होइन, महाभुकम्पले घरमा क्षति पुगेपछि जुरे पहिरोको फेदीमा दर्जन बढी परिवार शरण लिएर बसेका छन् । करिब बर्षदिनअघि त्यही जुरेको पहिरोले घरखेत डुबाएको बिर्सिएका छन् ।
साउनमा जुरेमा पहिरो गएर सुनकोशी थुनिदा जुरे कल्लेरी २ की सानुमाया तामाङको खेती सबै बगायो । सम्पत्तिको नाममा एउटा घरसम्म थियो । मजदुरी गरेर ७ जनाको परिवार पाल्दै आएकी थिइन् । भुईचालोले त्यही घर पनि गर्लम्म ढालिदियो । घरभित्रबाट केही झिक्नै पाएनन् । उनको परिवार पनि त्यही जुरेको फेदमा छ । ‘यसपाली त भुकम्पले घरै लडायो, केही झिक्नै पाएन’–उनले चिन्तित हुदै भनिन्–‘साना बच्चाहरु छन्, कसरी हुर्काउने हो, कहाँ बस्ने हो ?’ केही संस्थाले राहतस्वरुप दिएको चामल तथा अन्य खाद्यान्नको भरमा यी परिवार बाँचेका छन् । बर्षायाम शुरु हुन लागेकोले यही बसिरहन सकिन्न भन्ने थाह छ । तर, जाने कहाँ ? कुनै उपाय नभएको उनीहरु बताउछन् ।
जुरे पहिरोको फेदमा टाँगेको पलबाटै सुनकोशीले बनाएको ताल पर्तिर मनलक्ष्मी तामाङको घरको भग्नवशेष देखिन्छ । पोहोर साउनमा सुनकोशीले डुबाएदेखि नै उनले पनि घर छोडेकी थिइन् । केही पैसा जोहो गरेर त्यतै नयाँ घर बनाउने सपना थियो । भुकम्पको एकै झट्काले चकनाचुर बनाइदियो । ‘खेती पनि गयो, घर पनि भत्कियो । यही चुरेको फेदमा बस्नु लेखेको रैछ’–घरतर्फ हेरेर चुकचुकाउदै उनले भनिन्–‘सधै यहाँ बस्न सक्दैनौं, यसपाली त सरकारले हेरिदिन्छ कि ?’
.................
भुकम्पबाट घर पुर्णरुपमा क्षतिग्रस्त भएर विस्थापित भएकाहरुलाई विभिन्न संघसंस्थाहरुले खाद्यान्न, त्रिपाल, कम्मललगायत सामग्री राहतस्वरुप दिन्छन् । तर, ती संघसंस्थाहरुले दिएको राहत सामग्री पर्याप्त हुदैन । कसैले पाउछन् त कसैले पाउदैनन् । कही कही त भुकम्प पीडितहरुबीचमा नै राहत लुछाचुछी पनि भइरहेको छ । जुरे पहिरोको फेदमा शरण लिएकाहरु भने पाएको राहत एकमुष्ट राख्छन् र समानरुपमा बाँडिचुडी उपभोग गर्छन् । ठुला मान्छेको सिको गर्दै साना नानीहरु पनि खानेकुरा बाँडिचुडी खानेगरेका छन् ।
‘कसैले राहत दियो भने एकमुष्ट राख्छौं, र सबै घरपरिवार बाडिचुडी लिन्छौं । कसैलाई केही पुगेको छैन भने उसैलाई पहिला दिन्छौं’–चमेली तामाङले भने–‘यहाँ २५, ३० जना त बच्चा मात्रै छन्, सबैले बाडेर नलिने हो भने कहाँ पुग्छ र ?’ चाउचाउ, विस्कुट, चकलेटलगायत खानेकुरा पनि बच्चाहरुलाई एकआपसमा बाँडेर खान सिकाएको उनले बताइन् ।

खानेकुरा समुहमा बाडिचुडी

Comments
Post a Comment