धरान उपमहानगरको कार्यालय भत्काइने


धरान । शुक्रबार धरान उपमहानगरको आर्थिक प्रशासन शाखामा पुग्दा कोठा खाली थियो । विगतमा जस्तो न कुर्सी थियो, न कर्मचारी र फाइलहरु नै थिए । लर्निङ सेन्टरको हलमा पुग्दा लेखा अधिकृत भेषराज अधिकारी धमाधम फर्निचरको काम गर्दै थिए । ‘कार्यालय भएको भवन भत्काउनुपर्ने भएकोले अफिस यता तयार गर्दैछौं, पुरानो भवन थियो, भुकम्पले चर्किएर झन्ै जोखिममा पार्यो’–उनले भने ।
२०३० सालमा बनेको तत्कालीन नगरपञ्चायतको भवनमा धरान उपमहानगरपालिकाको कार्यालय सञ्चालनमा थियो । भवनको आयु सकिदै गएकोले गत बर्ष नगर विकास कोषमा नयाँ भवनको लागि गरेको ६० लाखको प्रस्ताव स्वीकृत पनि भइसकेको थियो । तर, बैशाख १२ र २९ गतेको भुकम्पले भवन ठाउँ ठाउँमा चर्किएर थप जोखिमपुर्ण बनेपछि कार्यालय सेन्टरको नयाँ भवनमा सारिएको हो । त्यहाँ कार्यकारी अधिकृत, आर्थिक प्रशासन र योजना शाखा रहन्छ भने प्रशासन, दर्ता चलानीलगायत अन्य शाखाहरु मोति स्मृति भवनमा सारिनेछ । ‘भुकम्पको पराकम्पन आइरहन्छ, ६ रेक्टरस्केलको भुकम्प आउदा भवन ढल्न सक्छ । सार्वजनिक भवन भएकोले धेरै सेवाग्राही आएको बेला ठुलो क्षति हुनसक्ने भएकोले कार्यालय सारिएको हो’–इञ्जिनियर एवं योनजा शाखा प्रमुख सुरज श्रेष्ठले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे