मिस्टर मस्कुलरको उपाधि मनिषलाई

धरान । पूर्वाञ्चलव्यापी प्रथम मिस्टर मस्कुलर खुल्ला शारीरिक सुगठन प्रतियोगिता ०७० को उपाधि भिजन जिम हल, धरानका मनिष लिम्बूले जितेका छन् ।
धरान ८ स्थित सभागृहमा शनिबार सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा अन्य चार प्रतियोगीहरुलाई पछि पार्दै २९ बर्षीय लिम्बू प्रथम मिस्टर मस्कुलरको उपाधि जितेका हुन् । उनले उपाधि ट्रफीसँगै नगद ५१ ह्जार पनि हात पारे । यो नगद पुरस्कार मोफसलको अहिलेसम्मकै बढी हो । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै ओभरअल राउण्डमा उपाधिको लागि भिडेका थिए ।
च्याम्पियन लिम्बू प्रतियोगितामा भाग लिनकै लागि अगष्ट १७ तारिखमा हङकङबाट गृहनगर धरान आएका हुन् । उनले यसअघि ०६६ सालमा मिस्टर धरान र मिस्टर कोशीको उपाधि पनि जितेका थिए । ‘विदेशमा रहेर पनि आफ्नै ठाउँमा आएर उपाधि जित्न पाउदा असाध्यै खुशी छुँ’–खुशी हुदै उनले भने–‘मेहनत गरेका थिएँ, र पहिलो हुन्छु भन्ने आशा पनि थियो ।’
प्रतियोगितामा सिटि क्लब इटहरीका तुलसी धामी दोस्रो भए भने बेलबारीस्थित डायमन्ड जिमका इन्द्र सापकोटा तेस्रो भए । धामीले ट्रफीसहित नगद २५ हजार र सापकोटाले पनि ट्रफीसहित नगद १५ हजार थापे । धामी ७५ केजी तौल समुहबाट र सापकोटा ७० केजी तौल समुहबाट प्रथम हुदै उपाधिको लागि ओभरअल राउण्डमा उपाधिको लागि भिडेका थिए । यसैगरि, प्रतियोगितामा फिटनेश फ्याक्ट्री धरानका उत्तम खत्री चौथो हुदै नगद ७ हजार हात पारे भने शिवशक्ति जिम विराटनगरका प्रवित राजवंशीले पाँचौ हुदै नगद ५ हजार हात पारे । खत्री ६० केजी तौल समुहबाट प्रथम हुदै र राजवंशी ५५ केजी तौल समुहबाट प्रथम हुदै ओभरअल राउण्डमा भिडेका थिए । युनिक जिम हल धरानका सुमन श्रेष्ठले वेष्ट पोजरको उपाधिसहित नगद ५ हजार थापे ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई आयोजक मस्कुलर जिमका अध्यक्ष सुदिप लिम्बू, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी यादवराज खनाल, कालीबक्स गणका मेजर जेशन राणा, जिल्ला शारीरिक सुगठनका अध्यक्ष बिक्रम लिम्बू, प्रतियोगिताका संयोजकहरु डेनी लिम्बू, ठाकुरबहादुर कार्की र वालक लिम्बूले ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे