धरानमा अत्याधुनिक जिम हल खुल्यो

यसअघि, श्रेष्ठले ०६६ सालदेखि छाताचोकमा फिटनेश फ्याक्टी सञ्चालनमा ल्याएका थिए । त्यसैको शाखाकोरुपमा हाल लगानी गरेर सुविधा सम्पन्न जिम हल सञ्चालन गरेको उनले बताए । ‘पूर्वमा धेरै जिम गर्ने युवाहरु छन्, विभिन्न पेशाका मानिस पनि व्यायाम गर्छन् तर सुविधा युक्र र अत्याधिुनक हल थिएन’–श्रेष्ठले भने–‘त्यसैलाई ध्यान दिएर नयाँ जिम हल खोलेको हुँ ।’ एक दशकभित्र पूर्वका ५ स्थानमा यस्तै सुविधायुक्त जिम हल खोल्ने योजना रहेको पनि उनले बताए ।
सञ्चालक श्रेष्ठका अनुसार नयाँ जिम हलमा ४५ लाख लगानी भएको छ । जिम हलका सबै सामान एवं उपकरणहरु उनले भारतबाट ल्याएका हुन् । उनका अनुसार नयाँ जिम हलमा खुला ठाउँ रहन्छ, जहाँ एकै पटक २५ देखि ३० जनाले व्यायाम गर्नसक्छन् । यस्तै, ४ वटा ट्रेड मिल, ३ वटा क्रस टेनर, ४ वटा साइकल रहेको छ भने पावरकेज एक हजार सम्मको रहेको सञ्चालक श्रेष्ठले बताए । ‘डम बेल अढाई केजीदेखि ४० केजीसम्मको छ, पावर केज पनि छ’–उनले भने–‘यी सबै सामानहरु वैज्ञानिक आधारमा बनाइएको छ ।’ दशैसम्म शुल्कमा एक हजार छुट दिने र तीन जनाको समुहभन्दा बढी मिलेर आउदा १५ प्रतिशत छुट दिइने पनि उनले खुलाए ।


सर मलाई पनि जिम गर्नु मन छ मेरो घर खोटाङ हो जिम गर्दा कति पैसा दिनुपर्छ होला ? सर
ReplyDelete