अनाम धरानको आर्थिक बिषयमा प्रशासनद्धारा छानबीन

धरान । पूर्वमा रंगकर्म क्षेत्रमा अग्रणी रहेको नाट्य समुह अनाम धरानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रशासनले छानबीन शुरु गरेको  छ ।
अख्तियारबाट निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इलाका प्रशासन कार्यालयमार्फत छानबीन शुरु गरेको हो । इलाका प्रशासन कार्यालय धरानले अनामलाई आर्थिक विवरण एवं बैंकिङ करोबारको सम्पुर्ण विवरणसहित एक साताभित्र उपस्थित हुन पत्राचार गरिसकेको छ । प्रशासनले भदौ २७ गते नै पत्राचार गरेपनि अनामका अध्यक्षले भने तीन दिनअघि मात्रै पत्र बुझेका थिए । अनाममा आर्थिक अपारदर्शिता भएको बिषयमा अख्तियारमा वेनामी उजुरी परेको थियो ।
अनामले केही महिनाअघि धरानमा राष्टिय चलचित्र महोत्सव आयोजना हुदा स्थानीय संयोजकको जिम्मेवारी लिएको थियो । नेपाल चलचित्र विकास बोर्डले आयोजना गरेको उक्त महोत्सवमा अनियमितता भएको आशांकामा उजुरी परेको अनुमान गरिएको छ । उक्त चलचित्र महोत्सव असाध्यै आलोचित बनेको थियो । यसैगरि, गैरसररकारी संस्था आरडिआइएफसँगको सहकार्यमा गत बर्ष संस्थाले जनचेतनामुलक नाटक प्रर्दशन गरेको थियो । करिब ६० लाखको उक्त परियोजनाअवाधिमा संस्थाभित्र आर्थिक बिषयमा ठुलो विवाद भएको थियो । अख्तियारमा यिनै बिषयमा वेनाम उजुरी परेको अनुमान छ ।
तर, अनामका अध्यक्ष विनोद तखाक्षेले भने प्रशासनले संस्थाको हिसाबकिताबको बारेमा मात्रै प्रशासनले पत्राचार गरेको बताए । ‘चलचित्र महोत्सवको हिसाब किताब भनिएको छैन, संस्थाको सबै आर्थिक विवरण माग र हिसाबकिताब लिएर सात दिनभित्र आउनु भनिएको छ’–अध्यक्ष तखाक्षेले भने–‘मैले पत्र ३ दिनअघि मात्रै बुझेकोले पर्सितिर सबै विवरण लिएर जान्छौं ।’
प्रशासन कार्यालयले पनि कुनै कार्यक्रम अथवा बिषयको खर्चविवरण नभई संस्थाको सम्पुर्ण आर्थिक विवरण माग गरिएको जनाएको छ । ‘आर्थिक बिषयमा उजुरी परेको रहेछ, जिल्ला प्रशासन कार्यालयबाट यर्थाथ के भएको रहेछ बुझ्नु भन्ने पत्र आयो’–इलाका प्रशासन कार्यालयका खरीदार प्रल्हाद श्रेष्ठले भने–‘बैकिङ करोबार, हरहिसाब के कस्तो छ, सबै विवरणसहित ७ दिनभित्र उपस्थित हुन भनेर अध्यक्षलाई पत्राचार गरेका छौं ।’ संस्थाको सदस्य संख्या कति छन्, कति रकम कहाँ कहाँबाट संकलन हुन्छ र कसरी खर्च भइरहेको छ भनेर अनुसन्धान गरिने उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे