मौन फिल्मको अडियो सिडि सार्वजनिक


धरान । चलचित्र ‘मौन’ को अडियो सिडि शुक्रबार धरानमा सार्वजनिक गरिएको छ । नायिका नम्रता श्रेष्ठ र नायक अर्पण श्रेष्ठले धरानमा एक समारोहबीच मौन फिल्मको सिटि सार्वजनिक गरेका हुन् । अडियो सिटि सार्वजनिक कार्यक्रममा हिरो हिरोइन मात्रै उपस्थित थिए ।
नायक थापा मौनका स्क्रिप्ट राइटर पनि हुन् । सार्वजनिक गरिएको फिल्मको सिडिमा तीन वटा गीत समेटिएको छ । गीतकार भुपेन्द्र खड्काले रचना गरेको गीतमा सुगम पोख्रेल, सनुप पौडेल र विमला भुषालको स्वर रहेको छ । गीतको कम्पोज सुगम पोख्रेल, सनुप पौडेल र स्वप्निल शर्माले गरेका हुन् ।
मौन चलचित्र असोज ११ गतेदेखि देशभर प्रर्दशनको तयारी छ । फिल्मका नायक र नायिका बोल्न र सुन्न नसक्ने पात्र छन् । उनीहरु सांकेतिकरुपमा मात्रै संवाद गर्छन् । यो फिल्मलाई हिन्दी चलचित्र वर्फी तथा कोरियन फिल्मसँग तुलना गरिदिएपछि फिल्मकर्मीहरु हैरान छन् । ‘यो वर्फी वा कोरियन फिल्म जस्तो होइन, कथा चोरिएको पनि छैन’–स्क्रिप्ट राइटरसमेत रहेका नायक अर्पणले भने–‘पात्र मात्रै बोल्न र सुन्न नसक्ने छन्, कथा विल्कुल फरक छ ।’ उनका अनुसार मौन सरल एवं प्रेम कथानक चलचित्र बनेको छ । साथै, रंगीन र रोमान्टिक फिल्म भएको उनले बताए । मौन करिब दुई घण्टा लामो फिल्म छ ।
बोल्न र सुन्न नसक्ने मुख्य दुई पात्रको सेरोफेरोमा फिल्मको कथा रहेको नायिका नम्रताले बताइन् । फिल्म सुटिङअघि तीन महिनासम्म सांकेतिक भाषा सिकेको पनि उनले खुलाइन् । ‘बोलिरहने मान्छे सांकेतिक भाषामा मात्रै अभिनय गर्नुपर्दा शुरुमा त एकदमै गाह्रो भएको थियो, तर पछि विस्तारै बानी पर्यो’–उनले भनिन्–‘नयाँ बिषयमा फिल्म बनेको छ, त्यसैले दर्शकहरुले मन पराउनुहुनेछ भन्ने पुर्ण विश्वास छ ।’ उनले पनि पात्र विदेशी फिल्मसँग मिल्न गएपनि भोगाई र अनुभव भने आ आफ्नै खालको हुने बताइन् । ‘यो फिल्मको स्क्रिप्ट पनि हिन्दी फिल्म वर्फीअघि नै उहाँले लेखिसक्नु भएको थियो’–नम्रताले भनिन् ।
मौनको निर्देशन सुरज भुषालले गरेका हुन् । फिल्ममा नायक अर्पण, नायिका नम्रतासँगै शेखर चापागाई,वसन्त भट्ट, रश्मी भट्ट, अरुणा कार्की पोख्रेल, विजय वराल,दुर्गा वराइलीलगायतको अभिनय रेहेको छ । नायक अर्पण र नायिका नम्रताले यसअघि छड्के फिल्ममा सँगै काम गरेपनि मुख्य भुमिकामा भने याो फिल्ममा देखिदैछन् । मौनका निर्माता नविन गौली र सुरज भुषाल हुन् । नायिका नम्रता करिब साता दिनदेखि नोभेम्बर रेन फिल्मको सुटिङमा धरानमा छिन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे