नेवि कपको उपाधि धरान सिटि कलेजलाई
धरान । साविक विजेता विरेन्द्र मेमोरियल कलेजलाई निराश बनाउदै धरान सिटि कलेजले तेस्रो धरान अन्तर कलेज फुटबल प्रतियोगिता(नेबि कप) को उपाधि जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा सिटि कलेजका सौजन राई घोषित भ एभने उत्केष्ट फरवर्डमा सिटिकै शशीचन्द्र राई, उत्कृष्ट गोलकिपरमा सिटिका इश्वर बस्नेत, उत्कृष्ट मिडफिल्डरमा विरेन्द्र मेमोरियलका युङसबा चेम्जोङ, उत्कृष्ट रक्षकमा दिपेश राई घोषित भए । प्रतियोगिता अवधिभर ६ गोल गरेका सुनसरी टेक्निकल कलेजका मणि भुजेलले सर्वाधिक गोलकर्ताका पुरस्कार जिते भने समिट कलेजले फेयर प्ले टिमको पुरस्कार पायो ।
विजेता टिम तथा खेलाडीहरुलाई आयोजक धरान नेबि लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दिपक थापा मगर, प्रतियोगिताका संयोजक अनिल लिम्बू, प्रमुख अतिथि एवं नेविसंघ सुनसरीका सभापति विकास केसी, कांग्रेस जिल्ला सहसचिव विकास आचार्य, कांग्रेस नगर कार्यवाहक सभापति शैलेज कोइराला, नेविसंघ जिल्ला उपसभापति चन्द्रसुन्दर खेवालगायतले ट्रफी एवं पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता १०० औं बीपी जयन्तीको अवसरमा भदौ २० गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा धरानका विभिन्न १६ वटा उच्चमावि तथा कलेजहरुले सहभागीता जनाएको संयोजक अनिल लिम्बूले जानकारी दिए ।
Comments
Post a Comment