जलवायु परिर्वतनबारे जनचेतना जगाउन चित्रकला प्रर्दशनी
.jpg)
यी चित्रहरु धरानका युवा कलाकार साजन थापा मगरले तयार पारेका हुन् । ग्रीन हर्ट नाम दिएर उनको चित्रहरुको तीन दिने प्रर्दशनी शुक्रबारदेखि धरानमा शुरु भएको छ । उनका चित्रहरु जलवायु परिवर्तन र त्यसले पुर्याएको असरहरुबारे केन्द्रीत छन् । चित्रकला प्रर्दशनीमा २८ वटा चित्र र कलाकार मगरले नै बनाएका २ वटा मुर्ति पनि प्रर्दशनीमा राखिएको छ । यो प्रर्दशनी युमा फाइन आर्ट एकेडेमीको आयोजना तथा इडिएफ र सुनौलो पुस्तकालयको सहयोगमा भएको हो । चित्रकला प्रर्दशनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभाग प्रमुख कर्णप्रसाद मास्केले गरेका थिए ।
प्रवृत्ति विना मानव जीवन कल्पना गर्न नसकिने भएकोले कलाको माध्यमबाट वातावरण र प्रकृति जोगाउन आग्रह गरेको कलाकार मगरले बताए । ‘अहिले जे जति दैविप्रकोप, बाढीपहिरो, अत्यधिक गर्मीलगायत घटना हुन्छन्, यी सबै मानिसको कारणले भएको जलवायु परिर्वतनको असर हो’–कलाकार मगरले भने–‘त्यसैले प्रकृति, हरियाली जोगाउनुपर्छ भन्ने सन्देश दिन ग्रिन हर्ट शिर्षकमा प्रर्दशनी गरेको हँु ।’ प्राज्ञ मास्केले कलाकार सजनको सृर्जना हेर्दा आफुलाई सन्तुष्टि मिलेको बताए । उनले कलाकार मगरमा धेरै सम्भावना रहेको पनि बताए । ‘सजनको चित्र हेर्दा उनी निक्कै लगनशील देखिन्छन्, कलात्मकढंगले भाव व्यक्त गर्न उनी सक्षम छन्’–वरिष्ठ कलाकार मास्केले भने–‘मैले उनको पहिला पनि चित्र हेरेको थिए, अहिलेको चित्र हेर्दा सन्तुष्ट छुँ ।’ कवि मनु मञ्जिलले प्रकृति र वातावरणप्रति समर्पित चित्रहरु अस्तित्व चेतनाकोरुपमा अथ्र्याए । उनले चित्रलाई देख्न सकिने कविताकोरुपमा व्याख्या गर्दै कलामार्फत आफ्नो पहिचान र परिचय स्थापित गर्नुपर्ने धारणा राखे ।

Comments
Post a Comment