धरानमा अग्र्यानिक शनिबारे हटिया लाग्ने

धरान,पुष १८ । अग्र्यानिक कृर्षिजन्य उत्पादनको बजारीकरण र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा साप्ताहिक बजार अग्र्यानिक शनिबारे हटिया शुरु गरिने भएको छ ।
धरानका अगुवा कृषक, व्यापारी तथा महिलाहरु मिलेर शनिबारे हटिया बजार व्यावस्थापन समिति गठन गरेर आउदो शनिबारदेखि अग्यानिक शनिबारे हटिया लगाउने तयारी गरेका हुन् । समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रत्येक साता शनिबार धरानको छाताचोक नजिकमा रहेको अमान बजारमा अग्र्यानिक हटिया लगाउने जानकारी दिएको हो । हटियामा अग्र्यानिक खेती गरिरहेका कृषकहरुले उत्पादन गरेको खाद्यान्न, तरकारी र फलफुल उपलब्ध हुने समितिले जनाएको छ । यस्तै, स्थानीय हस्तकलाका उत्पादन, परम्परागत खानपान, फलफुलको अचार, दुधको परिकार, मह, शुद्ध तोरीको तेल, लोकल  दालहरु, सुकुटीको अचारलगायत विभिन्न परिकार उपलब्ध हुने समितिकी सचिव सविता राईले जानकारी दिइन् ।
अग्र्यानिक उत्पादनले राम्रोसँग बजार नपाएर निराश भइरहेका किसानहरुलाई यो हटियाले राहत दिलाउने अपेक्षा गरिएको उनले बताइन् । ‘बजार अभावले किसानहरु निराश भई रासायनिक मल प्रयोग गर्ने खेतीतर्फ फर्कदै गरेको तथ्य पायौं, त्यसैले अग्र्यानिक कृर्षिजन्य बस्तुको बजारीकरण गर्न र कृषकलाई प्रोत्साहन दिलाउन पनि शनिबारे हटियाको अवधारणा ल्याएका हौं,’सचिव राईले भनिन् । उनले धरानभित्रै अग्र्यानिक खेती गरिरहेका कृषकहरुको सहभागिता रहने पनि बताइन् । हटियार शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म हुनेछ । हटियामा कृषकहरु आफै कृर्षिजन्य उत्पादनको स्टल राख्ने भएकोले व्यावसायिक क्षमता वृद्धि हुने र उपभोक्ताहरुले पनि गुणस्तरीय उत्पादन पाउने समितिको भनाई छ । कृषक र उपभोक्ताबीचमा सिधै सम्पर्क हुनाले दुवै पक्षलाई फाइदा पुग्ने पनि समितिको अपेक्षा छ ।
हटियामा धरानको वसन्तटार, १६ बोटे, खैरेनी, देवीथान, सुमानटार, ठिंगाबारी, भर्लेनी, पत्रांगबारी, पानवारीका कृषकहरु कृर्षिजन्य उत्पादनसहित सहभागी हुनेछन् । धरान ४ वसन्तटारका अगुवा अग्र्यानिक खेतीका अभियन्ता कृष्ण राई किसानहरुको समन्वयकर्ता हुन् । ती क्षेत्रका अग्र्यानिक कृषकहरुसँग साताअघि धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा छलफल भइसकेको हटिया बजार व्यावस्थापन समितिका अध्यक्ष काजी गिरीले जानकारी दिए । ‘हामीले कति अग्र्यानिक खेती गर्ने कृषक छन, र कति उत्पादन हुन्छ भनेर छलफल गर्यौं । अग्र्यानिक कृषकलाई बजार चाहिएको छ, साप्ताहिक हाटबाट शुरु गरौं न भनेर जुटेका छौं,’कृर्षि उपज सञ्चालक समितिकोसमेत अध्यक्ष रहेका गिरीले भने,‘आवश्यकता भयो भने दैनिकरुपमा नै हटिया लाग्न सक्छ । अमान बजारमा मात्र होइन, चोक चोकमा यस्तो अग्र्यानिक हटिया लगाउनुपर्छ ।’ विगतमा धरानमा शुक्रबार र मंगलबार हटिया लाग्ने गथ्र्यो । अहिले पनि धरान ११ मंगलबारे चोकमा मंगलबार हटिया लाग्ने चलन छ ।
उपभोक्ताहरुमा पनि आफ्नो स्वास्थ्यप्रति सचेतना आएकोले अग्र्यानिक उत्पादन उपभोग गर्न चाहिरहे पनि बजार नभेटेको अध्यक्ष गिरीको भनाई छ । रासायनिक मल वा बिषादीको प्रयोग भएको कृर्षिजन्य उत्पादनहरुले भित्रभित्रै मानव स्वास्थ्यलाई जटिल किसिमको रोगबाट ग्रस्त बनाउदै लैजाने भएकोले अग्र्यानिक उत्पादनको उपभोग गर्न आवश्यक भएको चिकित्सकहरुले नै सुझाउन थालेका छन् । ‘बिषादी र रासायनिक मल प्रयोग छ भने हरियो तरकारीहरु १ सातासम्म राख्नै सकिदैन, कुहिएर गह्नाउन थालिहाल्छ । तर, अग्र्यानिक त्यस्तो हुदैन । यसले पनि मानव स्वास्थ्यलाई अग्र्यानिकले फाइदा नै पुर्याउछ भन्ने प्रष्ट छ,’अध्यक्ष गिरीले भने,‘हामीले हटिया लगाएपछि एउटै मुल्यमा उपभोक्ताले तरकारी पाउन् र किसानले पनि आफैले बेचेर तरकारी लैजाऊन् भन्ने हाम्रो चाहना हो ।’
हटियामा पहिलो साता अग्र्यानिक कृषकहरुको ७ वटा स्टलसहित १५ वटा स्टल रहनेछ । जसमा नेबुला फुड प्रोडक्सनको उत्पादन, सुकुटीको अचार, होममेड चकलेट, दलन, आलुदम, सिस्नोको चिया, नेवारी खाजालगायतको पनि स्टल हुनेछ । करिब २ महिनाको पुर्वतयारी पछि शनिबारे हटिया आयोजना हुन लागेको समितिको भनाई छ । समितिको उपाध्यक्षमा सुनसरी उद्योग वाणिज्य संघकी सदस्य शुभेच्छा अधिकारी, कोषाध्यक्षमा अग्र्यानिक अभियन्ता कृष्ण राई, महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, धरान उपमहानगरपालिका र उवासंघको थप एक प्रतिनिधि पनि रहनेछन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे