विष्फोटक पदार्थसहित समाजवादी नेता पक्राउ

धरान । भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठुलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित संघीय समाजवादी फोरम नेपालका एक स्थानीय नेतालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
संखुवासभाको चेपुवा गाविस ६ स्थायी घर भएका ३८ बर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राती विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले वरामद गरेको हो । गोप्य सुराकीको आधारमा प्रहरीले छापा मारेपछि फुस्रेस्थित कालीबक्स गणबाट गएको सेनाको बिशेषज्ञ टोलीले वरादम गरिएको सामग्री विष्फोटक पदार्थ भएको पुष्टि गरेका थिए । पक्राउ परेका भोटे संघीय समाजवादी फोरमको सुनसरी क्षेत्र नम्बर १ का सचिव हुन् भने आदिबासी जनजाति आन्दोलनमा पनि सक्रिय व्यक्ति मानिन्छन् । उनी धरानमा निमा पोङ्सुवा नामले परिचित छन् ।
प्रहरीका अनुसार भोटेको साथबाट गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसागर ४१ केजी, समुन्द्र मन्थन १० केजी र निलोतुथो ६ केजी वरामद भएको छ । साथै, ३ केजी रक्तचन्दन, ६ हजार ९ सय ४० रुपैया र भारु २ हजार पनि वरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा भोटे यसअघि पनि संखुवासभामा विष्फोटक पदार्थको मुद्दाका फरार प्रतिवादी भएको पनि खुलेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार त्यसबेला विष्फोटक पदार्थसहित संखुवासभामा पक्राउ परेका एक व्यक्तिले भोटेसँग खरीद गरेको वयान दिएका थिए । त्यसपछि संखुवासभा प्रहरीले उनको खोजी गरिरहेको थियो । ‘यी सबै विष्फोटक पदार्थ बनाउन प्रयोग हुने पदार्थहरु हुन् । भारतबाट कसैले ल्याइदिने गरेकोसम्म वयानमा खुलेको छ’–डिएसपी खतिवडाले भने–‘तर, यहाँबाट कसरी र कस्लाई सप्लाई हुन्छ भन्ने खुल्न बाँकी नै छ ।’
स्रोतका अनुसार भोटेले आयात गरेको विष्फोटक पदार्थ संखुवासभा जिल्लामा पठाउने गर्थे । उक्त जिल्लाको उत्तरी भेगमा अत्यधिक मात्रामा वन्यजन्तुको अवैध शिकार हुने गर्छ । वन्यजन्तुको शिकार गर्न भरुवा बन्दुकको लागि वारुद बनाउन भोटेले विष्फोटक पदार्थहरु सप्लाई गर्ने गरेका थिए । प्रतिबन्धित विष्फोटक पदार्थमध्ये गन्धक सुगर मिललाई अनिवार्य चाहिने भएपनि राज्यबाट अनुमति लिएर मात्र उसले आयत गर्न सक्छ । तर, आयात गरेर पनि सेनाले आप्mनै गोदाममा राखिदिने र आवश्यकताअनुसार प्रक्रिया पु¥याएर मात्र सुगर मिललाई उपलब्ध गराउछ । अन्य प्रयोजनको लागि दिइदैन । पक्राउ परेका भोटेलाई अदालतबाट विष्फोटक पदार्थ ऐन अन्र्तगत मुद्दामा ४ दिन म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेको डिएसपी खतिवडाले जानकारी दिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे