धरानमा तमू सार्क सम्मेलनको तयारी

धरान । विभिन्न मुलुकमा बसोबास गरिरहेका तमू(गुरुङ) जातिबीच एकता कायम गराउन तथा पहिचान र अस्तित्वलाई स्थापित गराउन नेपालमा दुई दिने तमू सार्क सम्मेलन हुने भएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदको आयोजनामा आगाम कार्तिक ७ र ८ गते धरानमा ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन २०७३ हुन लागेको हो ।
परिषद केन्द्रीय कार्यसमितिले धरानमा पत्रकार सम्मेलन गर्दै सम्पुर्ण तमू(गुरुङ)हरुको आह्वान ! एकता, अस्तित्व र पहिचानको लागि तमू सार्क सम्मेलन भन्ने मुल नारासहित सम्मेलन गर्ने जानकारी दिएको छ । ‘तमूहरु नेपालमा मात्रै छैनौं, भारत, भुटान, वर्मालगायत मुलुकहरुमा पनि स्थायीरुपमा बसोबास गर्छन्’–केन्द्रीय अध्यक्ष रेशम तमूले भने–‘ती मुलुकमा बसेका गुरुङहरुबीच एकता कायम गराउन, पहिचान र अस्तित्वलाई बचाउन भइरहेको आन्दोलनलाई थप वल पु¥याउन पनि सार्क सम्मेलन गर्न लागेका हौं ।’ तमूहरुको भाषा, सँस्कार एवं परम्परा संकटमा रहेकोले त्यसलाई जोगाउनकै लागि पनि सम्मेलन गर्न लागेको उनले प्रष्ट्याए ।
दुई दिने सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले गर्नेछन् । पहिलो दिन भानुचौकमा खुला आमसभा हुने र सभामार्फत तमू एकतालाई सार्थकता दिन मौलिक झाँकी ¥याली, साँस्कृतिक नृत्य घाँटु, सोरठी, कौडालाई प्रर्वद्धन गरिने सम्मेलन आयोजक समितिले जनाएको छ । दोस्रो दिन शिक्षा सदन उमाविको सभाकक्षमा एकता, पहिचान र अस्तित्वलाई आधार बनाएर तीन चरणमा कार्यशाला हुने पनि आयोजक समितिले जनाएको छ । साथै, विभिन्न देशमा रहेका तमू संघसंस्थाहरुबीचमा एकताका लागि कार्यविधि र अन्र्तराष्ट्रिय सञ्जाल पनि निर्माण गरिने केन्द्रीय संगठन सचिव डम्बर तमूले बताए । ‘भुगोलका हिसाबले विभिन्न मुलुकमा रहेपनि भावनात्मकरुपमा हामी तमू एक हौं, नेपालको कालीगण्डकीदेखि बुढिगण्डकीसम्मका भुभागहरु तमूवान भुमी हो भन्ने बोध गराउनेछ’–सार्क सम्मेलनको उद्देश्यबारे सचिव तमूले भने–‘तमू जातिको मातृभाषालाई संरक्षण गर्न र तमू लिपीलार्य आधिकारिकरुपमा घोषणा गर्नका लागि दिशानिर्देश गर्न, तमू जातिका सँस्कृतिक पहिचान रोधीँ, घाटु, सोरठी, परम्परागत मुल्य र मान्यतालाई संरक्षण गर्न र पर्वहरु विस्तार गर्न सम्मेलन सफल हुनेछ भन्ने उद्देश्य छ ।’
प्रथम तमू सार्क सम्मेलन सफल बनाउन वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय मुल व्यावस्थापन समिति गठन भएको छ भने संगठन सचिव डम्बर तमूको संयोजकत्वमा सम्मेललन सचिवालय र सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष बकसमान गुरुङको संयोजकत्वमा १० वटा उपसमितिहरु रहेको जिल्ला व्यावस्थापन समिति गठन गरेको पनि आयोजकले जानकारी दिएको छ । उद्घाटन सभामा २० हजार बढीको सहभागीता हुने दाबी गरेको आयोजकले कार्यशालामा नेपाल, भारत, भुटान, वर्माका प्रतिनिधिसँगै बेलायत, हङकङ, कतार, जापान, यूएई, साउदी अरेयिबा, दक्षिण कोरिया, बेल्जियमलगायत मुलुकबाट पनि अतिथि पर्यवेक्षक सहभागी हुने जानकारी दिएको छ ।
२०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा साढे ५ लाख गुरुङहरुको जनसंख्या रहेको छ । यो कुल जनसंख्याको २ प्रतिशत हो । नेपालको कालीगण्डकीदेखि बुढिगण्डकीसम्मका भुभाग(गण्डक क्षेत्र)हरु तमू(गुरुङ)हरुको आदिम भुमि मानिन्छ । नेपाल राज्य एकीकरणको क्रममा विशाल नेपालको पुर्वमा टिष्टा र पश्चिममा काागडासम्म तमूहरुको बसोबास हुन पुगेको थियो भने पहिलो र दोस्रो विश्वयुद्ध साथै वैदेशिक रोजगारीको क्रममा भारत, भुटान वर्मा, मलेसिया, सिंगापुर, जापान, बेलायतलगायत मुलुकहरुमा पनि तमूहरुको स्थायी बसोबास रहेकोछ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे