तालको किनारमा गुञ्जियो हिमायती(फोटोफिचर)
धरान । मानव वस्ती र हरियो धानखेती कटेपछि पुगिन्छ सुनसरीको बक्लौरी ८ स्थित रा.स.ताल । दश हेक्टरमा फैलिएको यो ताललाई तीनतिरबाट घना जंगलले घेरेको छ । किरात इतिहासकार इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्कले सिमसार क्षेत्रमा यो ताल बनाएको हो । रा.स.को अर्थ हुन्छ, राष्ट्रिय सम्मानित । इतिहासकार चेम्जोङलाई राष्ट्रले सम्मान गरेकोले तालको नामै रा.स.राखिएको हो ।
धराने हाइकर्सको टोलीमा सोमबार धरानबाट पदयात्रा गर्दै रा.स.ताल पुग्यो । पदयात्रामा हिमायती जनसाँस्कृतिक समुहका संस्थापक सदस्यहरु पनि सामेल थिए । धरानको कुम्भिआहालबाट जंगल सफारी गर्दै भरौलको अमाह सिमसार, शंकरवेली हुदै २३ जनाको पदयात्रा टोली रा.स.ताल पुगेको थियो । करिब ४ घण्टाको निरन्तर पदयात्राले पनि टोली थाकेन । गन्तव्यमा पुगेको केहीबेरमा नै तालको किनारमा हिमायती गुञ्जिन थालिहाल्यो,
बर्ष है बित्यो, युद्धको खेलमा, झुकेन हिमायती
गोलवद्ध हुदै गर्जिदै गयो,रोकिएन यसको गति....।
प्रत्येक साता धरान आसपासको पर्यटकीय गन्तव्यमा जाने धराने हाइकर्सले आठौं साताको पदयात्रामा पुर्नगठित हुने प्रयासमा रहेको हिमायतीका अगुवाहरुलाई पनि सामेल गराएको थियो । हिमायतीका संस्थापक हर्क चुम्मे, कुन्ती योञ्जनसँगै सुरेश श्रेष्ठ, जीवन भट्टराई र कला योञ्जन पनि रा.स.ताल पुगेका थिए । तालको किनारमा लहरै कुर्सिमा बसे कलाकारहरु । अनि, भट्टराईले गितार बजाए, अरुले भने चुम्मेलाई स्वरमा साथ दिए । हिमायती गुञ्जिन थालेपछि स्थानीयहरु बुढापाका र युवाहरु पनि भेला भए । ०४६ सालअघि गाउँघरमा गुञ्जिएका जनताको प्रिय गीतहरु सुनेर स्थानीयहरु निक्कै हर्षित भए ।
जागरणको गीत प्रस्तुती सँगै चुम्मेले हिमायतीको इतिहास, संघर्षपुर्ण दिनहरु र गीतको रचनागर्भ पनि सुनाए । सञ्चारकर्मी एवं वृत्तचित्र निर्देशक जसकुमार राई हिमायतीको डकुमेन्ट्री बनाउने सुरमा छन् । उनीसहित अन्य पत्रकारहरुले हिमायतीलाई क्यामेरामा कैद गरिरहे । ताल किनारमा २ घण्टाभन्दा बढी समय हिमायती गुञ्जिरह्यो । ठुलो बर्षा हुदा पनि गीत,संगीत र इतिहास वृत्तान्तलाई छेकेन । नजिकैको खाजा घरमा बसेर हिमायतीको प्रस्तुतीले निरन्तरता पायो । पाँच कलाकारहरुले कान थापेर सुनिदेउ दाजु.., पानी है प¥यो.., गड्याङ गुडुङ.., अध्यारो बस्तीमा.., सम्झेर किन मान्छेले भाग्य..,अन्तिम हुदैन कहिल्यै..,भेडेटार सरर.., अविरल जीवनका यात्राहरुमा.., फिरेन सुदिन..लगायत डेढ दर्जन गीतहरु गाए । रा.स.तालका उपाध्यक्ष शशी राईको रचना पनि हिमायतीले संकलन गरेको रहेछ । उनी पनि त्यही भेटिए । उनले पनि माझी दाई डुंगामा तारिदेउ..बोलको आफ्नो गीत गाए ।
प्रस्तुती गरिरहदा कलाकारहरुलाई नोल्टाल्जिया(पुरानो स्मृति)ले पनि निक्कै सताएछ । ‘०४६ सालको परिवर्तन अघि हामीले हिडेर धुलोपिठो बनाएको ठाउँ हो । त्यतिबेला सुनसान थियो, अहिले त धेरै वस्ती भइसकेछ’–हिमायतीका संस्थापकमध्येका एक चुम्मेले भने–‘यहाँ आइपुगेपछि त्यतिबेलाको झझल्को भयो, यसरी नै हामी दुःखका साथ हिड्थ्यांै, देश र जनताको गीत गाउथ्यौं ।’ देशमा राजनैतिक परिवर्तनहरु हुदा पनि जनताले सुख नपाएकोमा उनले असन्तुष्टी पनि पोखे । ‘०४६ सालपछि देशमा बहुदलिय व्यवस्था आयो, ०६२–०६३ पछि राजतन्त्र ढल्या, गणतन्त्र आयो । तर, जनताको हातमा ठेला उस्तै छ । किसानको खुट्टाको पैतला फुटेकै छ, नाङ्गो आङ यथावत छ, परिवर्तनको लुगा छैन’–उनले निराशा व्यक्त गरे ।
जुझारु युवाहरु मिलेर ०३८ सालमा शुक्रपथ अध्ययन समुह गठन गरेका थिए । त्यही साल समुहको फेरिएर हिमायती जनसाँस्कृतिक समुह बन्यो । चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँवस्तीमा पुग्थ्यो । हिमायती तत्कालीन नेकपा मालेको विचार, सिद्धान्तसँग नजिक थियो, र गीत संगीतको माध्यमबाट जनातामाझ विचार पु¥याउने अभियानमा हिमायती हिडेको थियो । देश र जनताको सार्थक एवं जनवादी गीतहरु संकलन गर्ने, संगीत भर्ने र जनताको माझमा गीत, संगीतको माध्यमबाटै विकृति, विसंगतिविरुद्ध जागरण ल्याउन जुझारु युवा कलाकारहरु सक्रिय थिए । ०५४ सालसम्म निरन्तर क्रियासिल हिमायती त्यसपछि भने सुस्ताएको छ ।
महिला कलाकारको समुह
हिमायतीमा अन्य क्लब वा समुहमा जस्तो खुल्लापन थिएन, उच्छृखलता थिएन । कडा अनुशासनमा रहनुपथ्र्यो । त्यही भएर पनि हिमायतीमा महिला कलाकारहरुको आकर्षण थियो । व्यक्तिगत प्रेम वा भावनालाई त्यहाँ ठाउँ थिएन । मात्र देश र जनताको भावनालाई स्थान दिइन्थ्यो । शुरुमा घरपरिवारले बन्देज लगाएपनि हिमायतीको अनुशासन देखेर पछि अभिभावकले छुट दिन्थे । हिमायतीको साँस्कृतिक फाटमा महिला कलाकारहरुको टिम थियो, जसले ०४६ सालको परिवर्तन पछि प्रज्ञा भवनमा महिलाहरुको मात्र कार्यक्रम गरेको थियो । ‘हिमायतीमा धेरै कडा अनुशासन थियो, हामीले धेरै दुःख झेल्नुप¥यो, तर त्यही भोगाईले जीवनलाई सार्थक र अनुशासित जीउन सिकयो’–संस्थापक सदस्य कुन्ती योञ्जनले भनिन्–‘जंगल, खोला, हिलो, खेतवारी केही नभनी हिड्थ्यौं ।’
योञ्जन कंगो र ड्रम बजाउन खप्पिस थिइन् । ०४६ सालको परिर्वतन पछि धरानको पब्लिक उच्चमाविको मैदानमा आयोजित स्टेज कार्यक्रममा कंगो बजाउन उभिदा सबै छक्क परेको स्मृति उनीसँग ताजा छ । सानैदेखि संगीतमा रुचि भएकी योञ्जनले कंगो, ड्रम बजाउन कसैबाट प्रशिक्षण भने लिएनन् । उनी आफैले सिकेकी हुन् । ०४७ सालमा प्रज्ञा भवन काठमाण्डौंमा हिमायतीको महिला कलाकारहरुले मात्र प्रस्तुती दिएको थियो । ‘त्यो समयमा अरु कुनै महिला कलाकारको टिम थिएन, महिलाहरुको मात्र कार्यक्रम भएको त्यो नै पहिलो थियो’–उनले स्मरण गरिन्–‘त्यो दिन सम्झदा गौरव लाग्छ, अझै गरौं जस्तो हुन्छ ।’
हिमायतीमा योञ्जन कंगो र ड्रम बजाउथिन् भने विष्णा लिम्बुले कि बोर्ड, पुष्पा राईले वेस गिटार, कान्छीमैया राईले मेरिका बजाउथिन् र नाच्थिन् पनि । यस्तै, हर्षु राईले गिटार बजाउथिन् र गाउथिन् । बर्षा लिम्बुको उद्घोषण कला थियो । यही महिला कलाकारहरुले प्रज्ञा भवनमा प्रस्तुती दिएको थियो ।
पुर्नगठित हुने प्रयास
०५४ सालदेखि निष्क्रिय बनेको हिमायतीलाई पुनः ब्युउताने प्रयासमा छन्, यसका संस्थापक कलाकारहरु । हिमायतीका कलाकारहरुलाई पारीवारिक जिम्मेवारी थपिएपछि आर्थिक उपार्जनको लागि कतिपय विदेशिए । कतिपय आफ्नै व्यापार व्यावसायतिर केन्द्रीत भए । तर, विगतको गर्विलो इतिहासले उनीहरुलाई झक्झकाइ रह्यो । अहिले हिमायतीलाई पुर्नजन्म दिने अभियानमा छन्, यसका संस्थापकहरु । ‘पारिवारिक जिम्मेवारीले आमा बुबाको आश्रयमा रहदाको जस्तो क्रियासिल हुन सहज भएन, त्यसैले साँस्कृतिक फाँटलाई, अभियानलाई एउटा चौतारीमा बिसाएका मात्र हौं । रसातलमा भासिएको भने छैन’–संस्थापक चुम्मेले भने–‘अब फेरी हामी जुटेर विगतको इतिहास सम्झदै पुनः जागरण गर्ने सोचमा छौं ।’
हिमायतीले पुर्नजन्म पाएपछि भने फरकढंगले अघि बढ्ने चुम्मेले बताए । उनका अनुसार विगतको जस्तो कुनै एउटा पार्टी वा दल सम्बन्धीत रहेर गीत,संगीत सृर्जना हुने छैन । ‘अबको हिमायतीको यात्रा फरकढंगले हुन्छ, सामाजिक क्रियाकलापमा सहभागी हुदै समाज विकास र सामाजिक विकृति, विसंगति, कुरीतिविरुद्धमा गीत,संगीत निर्माण गर्न मात्र हाम्रो ध्यान जानेछ’–उनले थपे । धरानमा पुर्नगठित हुने प्रयास भइरहे पनि हङकङमा भने हिमायतीका सदस्यहरु मिलेर हङकङ हिमायती गठन गरिसकेका छन् ।

Comments
Post a Comment