प्रहरीद्धारा सेवा केन्द्रको गतिविधिमाथि कडाई


धरान । संस्था स्थापनाको उद्देश्य र कार्यक्षेत्र नाघेर अंश र सम्बन्ध विच्छेदको मुद्दामा छलफलै नगराई सामुदायिक सेवा केन्द्रका केही पदाधिकारी आफ्र साक्षी बसेर महिलाहरुलाई सिधै अदालतमा मुद्दा हाल्न उक्साएको आरोप लागेपछि प्रहरीले केन्द्रको गतिविधि माथि कडाई गरेको छ ।
गत असोज दोस्रो साता तीन व्यक्तिले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै केन्द्रकी कोषाध्यक्ष तारा शाक्यको नेतृत्वमा केही महिलाहरुले सम्बन्ध विच्छेद र अंश मुद्दामा साक्षी बसेर परिवार भाडेको आरोप लगाएका थिए । उक्त आरोप पछि प्रहरीले आन्तरिक अनुसन्धान गर्दा तीनै जनाको बिषयमा प्रहरी र सेवा केन्द्रमा औपचारिक तथा अनौपचारिकरुपमा जानकारीमै नआएको खुलेपछि प्रहरीले सेवा केन्द्रको गतिविधिमाथि कडाई गरेको हो । प्रहरी कार्यालय परिसरभित्र नागरिक सहायता कक्षसँगै रहेको सेवा केन्द्रको कोठाको चाबी प्रहरीले नै राख्न थालेको छ भने कुनै पनि मुद्दामा प्रहरी अधिकृतको उपस्थिति विना छलफल गराउन पनि बन्देज लगाएको छ । यसअघि, तालाचाबी सेवा केन्द्रका केही व्यक्तिको हातमा थियो भने प्रहरीको उपस्थिति विना नै मुद्दाको छलफल र छिनोफानो हुने गरेको थियो । ‘ताला चाबी उनीहरुसँगै हुन्थ्यो, जतिबेला पनि आउने खोल्ने गर्थे । अब हामीले राख्न थालेका छांै’–इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने–‘आफै केस ल्याउने, प्रहरीको उपस्थिति विना नै छलफल गराउने र मिलाउने गर्दा रहेछन् । अब त्यस्तो हुन्न ।’
विगतमा पीडित भनिएकाहरु सिधै सेवा केन्द्रमा जाने गर्थे । केन्द्रका केही व्यक्तिहरु मात्र बसेर छलफल गराउथे । आफ्नै आँगनमा भएको ती गतिविधिबारे प्रहरी पनि बेखबर हुन्थ्यो । अझ अंश र सम्बन्ध विच्छेदको मुद्दामा त सेवा केन्द्रमा पनि छलफल नगराई केन्द्रकै पदाधिकारीह साक्षी बसेर सिधै अदालतमा मुद्दा हालेको सार्वजनिक भएपछि केन्द्रको तीब्र आलोचना भएको थियो । अब भने प्रहरीमा निवेदन आएपछि मात्र सेवा केन्द्रमा त्यसबारेमा छलफल गर्ने प्रहरीले नयाँ आचारसंहिता जारी गरेको छ । ‘पहिला जस्तो हुदैन । निवेदन प्रहरीमा आउनुपर्छ र छलफल हुनुपर्ने हा भने मात्र प्रहरी अधिकृतको उपस्थितिमा छलफल हुन्छ’–डिएसपी खतिवडाले भने ।
जनता र प्रहरीबीचको दुरी घटाउने उद्देश्यले धरानमा तीन बर्षअघि सामुदायिक सेवा केन्द्र गठन भएको थियो । तर, केन्द्रका पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्र नाघेर लोग्ने–स्वास्नीको झगडालाई उचाल्ने, सम्बन्ध बिच्छेदको मुद्दा हाल्न लगाउने तथा परिवारका सदस्यहरुलाई भड्काएर अंश मुद्दा हाल्न लगाउने गरेको आरोप लागेको थियो । धरान १५ का अमर गुरुङ, राजकुमार श्रेष्ठ र धरान ८ का राजेश श्रेष्ठले असोज १५ गते संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै केन्द्रकी कोषाध्यक्ष शाक्यको नेतृत्वमा महिलाहरुको गिरोह(टिम) नै सम्बन्ध विच्छेद र अंश मुद्दा हाल्न लगाउने, त्यसमा साक्षी बस्ने गरेको खुलासा गरेका थिए । तीनै जनाको बिषयमा प्रहरी र सेवा केन्द्रमा पनि छलफल नै नगरी अदालतमा मुद्दा हाल्न केन्द्रका पदाधिकारी साक्षी बसेको पनि खुलासा भएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे