फुटसलमा रमाए वृद्धहरु

धरान । धरान २३ पानवारीका ६७ बर्षीय सन्तबहादुर बस्नेत सन् १९७० मा भारतीय सेनामा भर्ती भएका थिए । उनमा फुटबल खेलप्रति लगाव थियो, करिब १० बर्षसम्म भारतीय सेनाको टिममा रहेर विभिन्न शहरमा खेले । सन् १९९४ मा रिटायर्ड भएपछि उनले फुटबल नखेलेको २० बर्ष भइसकेको थियो ।
आइतबार भने तिनै भूपू लाहुरे बस्नेत धरान १५ स्थित बिगफुट फुटसलको मैदानमा उत्रिए । फुटबलको सानोरुप फुटसलमा उनी इन्द्रप्रस्थ ज्येष्ठ नागरिक समाज पानवारीको टिमबाट सहभागी थिए । बिस मिनेटको अवधिभर मैदानमा टिकेर खेलेका उनलाई त्यसबेला पल्टनमा छदा फुटबल खेलेको पुरानो स्मृति ताजा भएर आयो । ‘पल्टनमा रहदा १० बर्षसम्म फुटबल खेलेको थिए, रिटायर्ड भएपछि २० बर्षजति भइसकेको थियो नखेलेको । आज खेल्न पाउदा ज्यादै खुशी छुँ’–उनले भने ।
शहरिया युवाहरुमाझ लोकप्रिय बन्दै गएको फुटसल खेल्न ६७ बर्षीय बस्नेत विनाकारण धरान आएका भने होइनन् । २६ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण फुटसलमा उनी इन्द्रप्रस्थ समाजबाट खेल्न आएका हुन् । ज्येष्ठ नागरिकहरु पनि स्वस्थ्य र सक्रिय छन् भन्ने सन्देश दिन आयोजित मैत्रीपुर्ण फुटसलमा पानवारीको इन्द्रप्रस्थ समाज र हाँसपोशास्थित ज्येष्ठ नागरिक समुहको टिम सहभागी थियो । साठी बर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरु खेलाडीकोरुपमा मैदानमा उत्रदा सबैमा युवा जोश थियो । हजुर बाहरु फुटसल खेल्न थालेपछि बिगफुटमा खेलअवधिभर हाँसो र रमिता बनेको थियो ।
मैत्रीपुर्ण खेलमा हाँसपोशाको ज्येष्ठ नागरिक समुहले १ गोलले जित्यो । समुहका ७५ बर्षीय नरबहादुर बिकले दिएको पासमा ६८ बर्षीय प्रेमबहादुर बस्नेतले गोल गरे । उनीहरुसँगै हासपोशाबाट ६८ बर्षीय गणेश भण्डारी, ६६ बर्षीय शेरबहादुर केसी, ६५ बर्षीय टंकबहादुर भुजेल र ६० बर्षीय हरिराम उदास मैदानमा उत्रिएका थिए । यस्तै, पानवारीको इन्द्रप्रस्थ समाजबाट ८१ बर्षीय नरबहादुर बुढाथोकी, ६७ बर्षीय विष्णु न्यौपाने, ६५ बर्षीय मिनबहादुर श्रेष्ठ, ६८ बर्षीय कृष्णप्रसाद गौतम, ७३ बर्षीय विष्णुप्रसाद चौलागाई र ६७ बर्षीय सन्तबहादुर बस्नेत मैदानमा उत्रिएका थिए । ‘खेल आयोजना गरेर साह्रै राम्रो काम भयो, यसले हामी ज्येष्ठ नागरिकहरुको हिनताबोध हटाउने काम ग¥यो । हामी पनि उफ्रिन, दौडन सक्छौं, कमजोर छैन भन्ने भावना जगाएको छ’–इन्द्रप्रस्थ समाजका अध्यक्ष कृष्णप्रसाद गौतमले भने–‘मन म¥यो भने त जिउ नै मर्ने हो, त्यसैले मन मार्नु हुदैन है भन्ने सन्देश दियो ।’ इटहरीको ज्येष्ठ नागरिक समुहका अनुगमन समितिका संयोजक गणेश भण्डारीले पनि अनुभवका खानी भएपनि ज्येष्ठ नागरिकहरुलाई घरपरिवार, समाज र राज्यले नै वेवास्ता गरिरहेको गुनासो गर्दै यस्तो कार्यक्रम राज्यस्तरबाटै आयोजना हुनुपर्ने धारणा व्यक्त गरे ।
विजेता खेलाडी र उपविजेता खेलाडीहरुलाई आयोजक एकल महिला समुहकी अध्यक्ष जयन्ती लाखे, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका समाजिक विकास अधिकृत सुनिल नेपाल, ज्येष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष सरला कायस्थलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रमुख अतिथि नेपालले ज्येष्ठ नागरिकहरु सक्रिय भइरहेमा देशलाई आवश्यक सिप र ज्ञान प्राप्त हुने धारणा राखे । साथै, ज्येष्ठ नागरिकहरुको काम छैन भन्ने पुरानो गलत मान्यतालाई समाजबाट विस्थापित गर्नुपनेै बताए । ज्येष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष सरला कायस्थले ज्येष्ठ नागरिकहरुलाई अस्ताउन लागेको डाँडामाथिको जुन भनेर अपहेलना गरेपनि उनीहरुमा युवाहरुको जस्तो जोश र जागर छ भन्ने प्रमाणित भएको बताइन् । ‘ज्येष्ठ नागरिकहरु लट्ठी टेक्ने, घिस्रने मात्र होइन । जीवनभर श्रम गरेको सिप र ज्ञान भएको मान्छे हुन्, उनीहरुको क्षमतालाई सदुपयोग गर्नुपर्छ । हामी पनि स्वास्थ्य छौं, के  ीगर्न सक्छौं’–उनले भनिन् ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे